भूगोल राष्ट्र राज्य संविधानले परिकल्पना गरे अनुरुपका सम्बृद्धिका आयाम धेरै हुन् सक्छ ब्यबहारत ; अर्धसामन्ती र अर्ध पुँजीवादी अबस्थामा रुमलिएको नेपाललाई समाजवादको यात्रामा हिडाउन अत्यन्तै कठिन छ । समाजवाद कार्ल माक्सको (१८१८-१८१३) परिकल्पित चरण हो । सर्बहारा वर्गबीचको एकता र संघर्षको अभ्यासमार्फत समाजवाद आउछ जुन अत्यन्तै कठिन भए पनि सम्भव छ । त्यसैले समाजवाद एउटा लक्ष्य मात्र भएका कारणले गर्दा हामी सबैको ध्यान विकाश, सम्बृद्धि, सुशाशन, समानतामा हुनु आवश्यक हुन्छ ।मुलत; अझैपनि अल्पविकसित मुलुकमा अड्किएको नेपालमा समाजवाद र सम्बृद्धि लक्ष्य यात्रा कसरी सम्भव होला ? यसका आधार रणनीति के हुन् सक्ला यो एउटा गम्भीर प्रश्न हामीबीच देखिएको छ । तर सोचविचार पुर्बक समस्याको समाधान तर्फ लागियो भने नेपालको हावा, पानि ,माटो सुहाउँदो सम्बृद्धि र समाजवादको यात्रा-लक्ष्य हामीले प्राप्त गर्न सक्छौ । देशमा शान्ति अमनचयन र कानुनी शासनलाई संस्थागत मात्र सकियो भने नेपालमा हजारौ किसिमका-हजारौ शिर्षकमा लगानी भित्रिन सक्छ जुन हाम्रो लागि बरदान साबित हुनेछ ।भएका उधोग कलकारखानामा राजनीतिक हस्तक्षेप मात्र बन्द गर्दै खुला प्रतिस्पर्धात्मक बजार अर्थनीतिलाई अगाडी लैजाने हो भने पुँजी र मुनाफामा धेरै भन्दा धेरै व्यक्तिको अपनत्व हुन्छ । जसले समान किसिमको आर्थिक स्थिति भएको नागरिक तयार गर्न सकिन्छ । जसले गर्दा हामीले आंकलन गरेको समाजवादको एउटा आधार निर्माण हुन्छ । [caption id=\"attachment_186501\" align=\"alignleft\" width=\"259\"] लेखक[/caption] विश्वब्यापिकरणको प्रभावले हामीलाई केहि हतोत्साहित त पक्कै बनाएको छ । भ्रामक आर्थिक बृद्दि , प्राबिधिक अन्तराल र ब्यापक गरिबी जस्ता हल्लाले हामीलाई अझ शिथिल बनाउने पुँजीवादी शक्तिशाली रास्ट्रको रणनीति रहेको छ । जसले हाम्रो मनोबलाई गिराउँदै एक किसिमको हेजेमोनी कायम गराउन भूमिका खेल्छ जुन अत्यन्तै दुर्भाग्यपूर्ण अबस्था हो । यसलाई हामीले गम्भीर रुपमा बुझेर आफ्ना सुधारका पाटालाई बृहतर बनाउन सकेनौ भने हामि सम्बृद्धि पथमा लाग्न सक्दैनौ । सधै भरि हाम्रा कच्चा पदार्थ र श्रम सस्तो मुल्यमा लैजाने र त्यहा निर्मित तयारि उत्पादनलाई हामीले महँगो मुल्यमा आयात गर्नुपर्ने अबस्था रहुन्जेल विकासले गति लिन सक्दैन । र सम्बृद्धिलार्इ नारा मात्र बनाउन सकिन्छ ब्यबहारत ; त्यो पुरा हुन् सक्दैन । त्यस तर्फ सरोकारवालाको बिशेष ध्यान पुग्नु आवश्यक हुन्छ । नेपालमै भएको पुँजी, श्रम, सिप, कला, सस्कृति, भुधरातल, पर्यटन, जलश्रोत, जलाबिधुत, कृषि, पशुपालन लगाएत हाम्रा मौलिक प्राकृतिक पहिचानका श्रोतको समुचित परिचालनले मात्र हाम्रो सम्बृद्धिको यात्रा निर्धारण गर्न सकिन्छ । नेपालमा देखिएको जुन किसिमको बर्गीय अन्तराल र अन्तरविरोध छ त्यसको समुचित ब्यबस्थापन र सम्बोधनले मात्र समाजवादलाई अर्थपूर्ण बनाउन सक्दछ । उत्पादन प्रणालीमा पुँजीपति बर्गकै हालीमुहाली रहने अबस्था कायम रहुन्जेल समाजबाद आउँन सक्दैन । त्यसका निमित्त सरकार राजनीतिक दल, नागरिक समाज , संचार जगत र जनताबीचको एकता , पारस्पारिकता र सहकार्यको सम्बन्धले मात्र ब्यबहारत ; समाजवादको परिकल्पना गर्न सकिन्छ । समाजमा देखिने हुँदा खाने र हुने खाने बर्गबीचको अन्तराललाई निवारण नगर्दा सम्म समाज पुँजीबादी चक्रव्यूहमा रुमलिरहंन्छ । सामाजिक साँस्कृतिक र आर्थिक रुपमा देखिएका जुन किसिमका अन्तराल छ त्यसलाई कानुनी र ब्यबहारिक रुपले सम्बोधन गर्दै समाधान र समानता तर्फ लैजान सकियो भने समाजवादको रुपरेखा कोरिन्छ । अल्पविकसित मुलुक कसरी आत्मनिर्भर हुँदै समाजवादको यात्रा अगाडी बढ्ने ? यो एउटा आफैमा चुनौतिपूर्ण प्रश्न हो । यसको खास र ठेट उत्तर दिन सायद कठिन होला तर अवश्य आफ्ना मौलिकतालाई संरक्षण र सम्बर्दन गर्दै बजारीकरण सकियो भने हामीलाई सम्पन्नताको सुखद आगमनले न्यानो स्पर्श गर्नेछ । हामीले हाम्रा पुराना कला सँस्कृति र धरोहरलाई संरक्षण प्रबर्दन गर्दै नेपाल सरकार मार्फत विश्व माझ मात्र पुर्याउन सक्यौ भने मात्र हजारौ पर्यटकको आगमन हुनेछ । जसले बिदेशी मुद्रा आर्जनको सुबर्ण अवसर प्रदान गर्नेछ । हाम्रा पहाडका हरेक गाउँमा होमस्टे संचालन, पहाडका खोचमा बन्जीजम्पलगायत साहसिक खेल , कोशी गण्डकी कर्णालीमा पर्याप्त मात्रामा जल पर्यटनको र पुर्वाधार खडा गर्न सक्यौ भने हामी आर्थिक रुपमा निक्कै अब्बल हुन् सक्छौ । हिमाल आरोहनलाइ कानुनी रुपमा अझै सहज बनाउँदै आर्थिक रुपमा सरल बनाउन सकियो भने हिमाल आरोहनको क्रेज अझ बढ्न जान्छ जसले राष्ट्रिय आम्दानी बृद्दि गर्न भूमिका खेल्छ । हामी कँहा एक किसिमको गलत सोचाई छ । सम्बृद्धि भन्ने बितिकै ठुला ठुला भवन रेल भौतिक पुर्बधारको बिकास मात्र हो भने छ जुन केहि हदसम्म सहि साबित भएपनि पूर्ण किसिमको सम्बृद्धिको परिभाषा यतिमा मात्र सिमित रहन सक्दैन । भूगोल राष्ट्र राज्य संविधानले परिकल्पना गरे अनुरुपका सम्बृद्धिका आयाम धेरै हुन् सक्छ ब्यबहारत ; अर्धसामन्ती र अर्ध पुँजीवादी अबस्थामा रुमलिएको नेपाललाई समाजवादको यात्रामा हिडाउन अत्यन्तै कठिन छ । समाजवाद कार्ल माक्सको (१८१८-१८१३) परिकल्पित चरण हो । सर्बहारा वर्गबीचको एकता र संघर्षको अभ्यासमार्फत समाजवाद आउछ जुन अत्यन्तै कठिन भए पनि सम्भव छ । त्यसैले समाजवाद एउटा लक्ष्य मात्र भएका कारणले गर्दा हामी सबैको ध्यान विकाश, सम्बृद्धि, सुशाशन, समानतामा हुनु आवश्यक हुन्छ । (लेखक समाजशास्त्रमा स्न्ताकोत्तर गर्दै छन्)
प्रतिकृया लेख्नुहोस्: