Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

प्रचण्डको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

 

चितवन । नेकपा (माओवादी केन्द्र्र्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् । अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् । क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रबाट पनि योजनाको माग गर्दै कार्यालयमा निवेदन परेका छन् । प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालय स्थापना गरेका छन् । कार्यालयकी सचिव निशा न्यौपाने अधिकारीका अनुसार विभिन्न शीर्षकमा अर्बौं रुपैयाँ बजेट बराबरका योजना कार्यालयमा माग भई आएका छन् । उनका अनुसार सडक, ढल निकास, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, पर्यटन, रोजगारलगायतका शीर्षकमा योजना माग गर्दै जनसम्पर्क कार्यालयमा निवेदन परेका हुन् । कार्यालयमा आएका निवेदनमध्ये साना सिँचाइ आयोजनाका लागि धेरै निवेदन परेका छन् । निवेदनमा साना बोरिङ हातेट्र्याक्टरलगायतका पाँच हजार थान माग गरिएको छ । सबैभन्दा कम आधारभूत विद्यालय शिक्षक दरबन्दी मिलानको रहेको छ । बृहत् सिँचाइका लागि खगेरी सिँचाइ र नारायणी लिफ्टको सञ्चालनका लागि दुई वटा निवेदन परेका छन् । कार्यालयमा आएका निवेदनमध्ये खानेपानीको ४७, सार्वजनिक शौचालयको ७०, माडीमा रहेका १३ खोलामा तटबन्ध माग, निकुञ्जको सीमामा ३८ किलोमिटर मेस जालिका लागि, भरतपुर महानगरपालिका वडा नम्बर १३, २४, २६, २७, २८ मा रहेका १४५ किलोमिटर सडक कालोपत्रेका लागि निवेदन परेका छन् । यस्तै संस्कृति संरक्षण र सम्बद्र्धनका लागि पाँच, पर्यटन विकासका लागि दुई, भरतपुर अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गर्न, माडी अस्पताल र वकुलहर अस्पतालको स्तरोन्नति गर्न, वडा नम्बर २५ मा २५ श्ययाको अस्पताल निर्माण गर्न, छ वटा स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीको माग भएको उनले बताइन । कृषि विश्व विद्यालयको एक आंगिक क्याम्पस चितवनमा राख्न र अध्ययन गर्ने विद्यार्थीको कोटा थप गर्न शिक्षा क्षेत्रतर्फ माग भएको छ । पूर्वी चितवनको शक्तिखोरमा रहेको औद्योगिक क्षेत्रको विकास र व्यवस्थापन, घरेलु तथा साना उद्योग सञ्चालनका लागि सहयोग माग गरेर निवेदन आएको उनले बताइन । बढ्दो बेरोजगारीका कारण सचिवालयमा जागिरका लागि ३० वटा, एउटा रंगशाला र अन्य स–साना खेलकुद मैदान गरी १२ वटा, मठमन्दिर व्यवस्थापनका लागि ३६ वटा निवेदन परेका छन् । आर्थिक वर्ष शुरु हुन लागेको र बजेट तयार गर्ने समय भएकाले कार्यालयले सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिलाई आफ्ना विकासका योजना ल्याउनका लागि आग्रह गरेको अधिकारीले बताइन । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending