८ महिना बितिसक्दा पनि किन भएन एमाले-माअोवादी पार्टी एकता ? यसो भन्छन् एमाले नेताहरू
बैशाख ३० गते, २०७५ आइतवार 13th May, 2018 Sun१०:४५:३३ मा प्रकाशित
काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताको शृङ्खला सुरु भएको ८ महिना बित्यो, यो बीचमा पार्टी एकता घोषणा हुन मात्र बाँकी रहेको भनिएको पनि धेरै भयो । पार्टी एकताका बिषयमा धेरै गृहकार्य टुङिगएका छन् पनि ।
अब मात्र बाँकी छ एकिकृत पार्टीको बिभिन्न कमिटिहरुमा रहने सदस्यहरुको संख्या, यहि कारण दुई पार्टी एकतामा बिलम्ब भैरहेको स्वमं नेताहरु स्विकार गर्छन । विवादित बिषयका सहमती गरेर पार्टी एकिकरणको औपचारिक मिति तय गर्ने जिम्मा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई दिइएको छ । यो बिचमा दुई अध्यक्षका बीचमा धेरै पटक वान टु वान वार्ता पनि भएका छन् । वार्तामा के भए भन्ने सार्वजपनक गरिएको छैन् ।
एमालेका उपाध्यक्ष तथा पार्टी एकता मस्यौदा कार्यदल सदस्य तथा एमाले उपाध्यक्ष भीम रावल भन्छन्, पार्टी एकिकरणको बिषयमा गरिने छलफलका सबै बिषय दिनकै सार्वजनिक गर्नुपर्छ भन्ने हुँदैन र गर्ने बिषय पनि रहेन । मुलभुत रुपमा एकिकरण तय भैसकेपछि, कतिपय बिषयमा पार्टीका शिर्षस्त नेताहरुबीच छलफल हुने नै भयो । अब मिल्न बाँकी केहि छैन्, दुई अध्यक्षले यो मितिमा घोषणा गरौँ भनेको दिन पार्टी एक भएको ओपचारिक घोषणा हुन्छ ।
यसअघि दुई दलले सुरूमा वैशाख ९ मै पार्टी एकता गर्ने बताए थिए । २२ गते गर्ने भनियो तर भएन ।
शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेको छ तर, जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषय मिलेका छैनन् ।
दुबै पार्टी एक नै हुने भइसकेपछि केन्द्रीय समितिको भागवण्डालाई लिएर किँन लफडा भन्ने प्रश्न समेत निक्कै उठ्ने गरेको छ । तर यो बिषय नै महत्वपुर्ण र पेचिलो भएको छ र हुनु स्वभाविभक भएको स्वमं एमाले माओवादी नेताहरुकै प्रतिक्रिया छ ।
यहि जिज्ञासा राख्दा एमालेका नेता तथा प्रतिवेदन मस्यौदा लेखन समितिका सदस्य रघुजी पन्तले भने ‘दुबै पार्टीले सुहाउने खालको प्रस्ताव राख्नुपर्यो । निहु खोज्ने खालको कुरा गरेर पार्टी एकता हुन सक्दैन । पार्टी एकता भावनाले हुने होईन । संख्या महत्वपुर्ण बिषय हो । देश संस्थाले चल्छ भने पार्टी एकतामा संख्या महत्वपुर्ण हुँदैन त रु हाम्रो संविधानले बहुमतको सरकार बन्ने भनेको छ, भनेको छ यो संख्या होईन रु भोलि पार्टीभित्र बिभिन्न निर्णय गर्नुपर्दा संख्याको महत्वपुर्ण भूमीका रहन्छ । त्यसकारण संख्या महत्वपुर्ण बिषय हो र यो टुङ्गिएपछि पार्टी एकताले मुर्त रुप लिन्छ ।’
स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगर र नगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी बनाउने तयारी छ ।
एमालेले यी समितिहरुमा चुनावमा प्राप्त परिणाम अनुसार ७०–३० को प्रस्ताव गरेको छ भने माओवादीले ५० को वरिपरिमा दुबै पार्टीका सदस्यहरु रहनुपर्ने अडान राखेको छ । यहि कारण मिलिसकेको भनिएको पार्टी एकताले औपचारिकता पाउन सकिरहेको छैन् ।
एकता महाधिवेशनसम्म सैद्धान्तिक–वैचारिक पक्षमा सहमति भए पनि समानता, न्यायोचित र सम्मानजक एकता हुने भन्दै दुवै नेताले संख्यात्मक हिस्सेदारीमा छलफल केन्द्रित गरेका छन् । तर, महाधिवेशनपछिको नेतृत्व र एकीकृत पार्टीको संख्यात्मक हिस्सेदारीमै कुरा नमिल्दा एकतामा ढिलाइ भइरहेको छ ।
‘एकता नहुने स्थिति त छैन, तर एकतापछि माओवादी फुटेर जाला कि भन्ने एमालेको डर र विलय नै भइने हो कि भन्ने माओवादीको डरले ढिलाइ भइरहेको हो,’ वाम विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘दुवैमा डर हट्नेबित्तिकै एकता हुन्छ, तर ढिलाइ भए पनि दिगो एकताको उपाय खोजी गर्नु उपयुक्त हुन्छ ।’
चुनावी गठबन्धन र पार्टी एकताको निर्णयसहित गत १७ असोजमा भएको ६ बुँदे सहमतिको शृंखलाले सात महिना पूरा गरे पनि संवाद शृंखलाबाट निष्कर्ष नआउँदा दुवै पार्टीका कार्यकर्तामा संशय बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: