Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

मोदीसँग प्रचण्डले भने-सीमामा भारतीय सुरक्षाकर्मीले ज्यादती गरे, तत्काल कदम चाल्नुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा हिजो साँझ आयोजना गरिएको रात्रीभोजका अवसरमा अध्यक्ष प्रचण्डले उक्त कुरा राखेका हुन । अनौपचारिक भेटका अवसरमा प्रचण्डले सीमा क्षेत्रको समस्या तत्काल अन्त्य नभए गत वर्षको जस्तो गोविन्द गौतम घटना दोहोरिने सक्नेतर्फ सचेत गराएको बैठकमा सहभागी श्रोतले बताएको छ । “कञ्चनपुरको सीमा क्षेत्रमा तनाव अन्त्य हुन सकेको छैन, जनता भडकिन सक्छन्, फेरी गोविन्द गौतम घटना हुनसक्छ।” प्रचण्डले भने, “स्थायी समाधान खोज्नु पर्यो ।”आफूले सरकारमा छँदा सीमा सुरक्षाको विषयलाई गम्भीरतापूर्वक पहल गरेको स्मरण गराउँदै प्रचण्डले सीमा सर्भेको काम तत्काल सम्पन्न गर्नुपर्ने र दुबै देशबीचको सम्बन्धलाई सम्मानजनक ढंगले अझै विकास गर्नुपर्ने बताएको श्रोतले जनायो । उक्त अवसरमा प्रचण्डले भारतसँगको विगतको सम्बन्धमा ऐतिहासिक परिवर्तन गर्नुपर्नेमा समेत जोड दिएका थिए । दुबै छिमेकीहरु तीब्र आर्थिक विकासतर्फ अघि बढेको बेला नेपालले समेत दुबैका बीच पुलको काम गर्न सक्ने प्रचण्डको भनाई थियो । नेपाल भारतवादी या चीनवादी भनेर प्रचार गरिनेतर्फ संकेत गर्दै प्रचण्डले नयाँ संविधानको कार्यान्वयनसँगै नेपालले दुबै छिमेकीबीच सन्तुलित सम्बन्धका आधारमा समृद्धि हासिल गर्न खोजेको बताएका थिए । “अब नेपाललाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आवश्यक छ, हामी दुई देशबीच पुल बन्न सक्छौं, दक्षिण एशियालाई नै नयाँ आर्थिक र राजनीतिक केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौं ।” प्रचण्डको भनाई थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending