Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

भारतीय प्रधानमन्त्री मोदीको दुई दिने राजकीय भ्रमण आजबाट : यस्तो छ तालिका

काठमाडौं  । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणमा आज नेपाल आउँदैछन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । उनको यो तेस्रो भ्रमण हो । मोदीले जनकपुरबाट भ्रमणको सुरुवात गर्ने भएका छन् । भारतीय वायु सेवाको विमानबाट भारतको पटना हुँदै विहान सवा १० मा जनकपुरमा ओर्लंदा उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् । मोदीले जनकपुरमा दुई घन्टा बिताउने कार्यक्रम छ । मोदीलाई जानकी मन्दिरमा नेपाली समकक्षी केपी ओलीले स्वागत गर्नेछन् । मन्दिरमा दुबै प्रधानमन्त्रीले पूजा अर्चना गरेपछि रामायण सर्किटअन्तर्गत जनकपुर अयोध्या बस सेवाको दुई प्रधानमन्त्रीबाट संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि बाह्रविघा मैदानमा नागरिक अभिनन्दनको गरिने छ । नागरिक अभिनन्दन लिएपछि भने राजनीतिक भेटघाटका लागि मोदी काठमाडौं आउनेछन् । हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनी बौद्धस्थित हायात होटल जाने र त्यसपछि गार्ड अफ अनरका लागि टुंडिखेल पुग्ने कार्यक्रम छ । आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट गर्नेछन् । यस्तै प्रधानमन्त्री मोदीले होटल द्वारिकाजमा विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नेछन् । आजै उनी र नेपाली समकक्षी प्रधानमन्त्री केपी ओलीले अरुण तेस्रो विद्युत परियोजनाको शिलान्यास गर्नेछन् । मोदी र प्रधानमन्त्री ओलीसहितको टोलीबीच भेटवार्ता पनि आजै साँझ हुनेछ । भोलि भने उनी विहानै मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने कार्यक्रम छ । मुक्तिनाथबाट काठमाडौं फर्केपछि राष्ट्रिय सभागृहमा गरिने नागरिक अभिनन्दनमा उनी सामेल हुनेछन् । यस भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । भ्रमणबाट पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुग्ने विश्वास गरिएको छ । जनकपुरधाम र मुक्तिनाथजस्ता प्रसिद्ध धार्मिक एवं सांस्कृतिक महत्वका सम्पदास्थलमा मोदीको भ्रमण हुँदा प्रकृतिप्रेमी पर्यटक र तीर्थाटनलाई विश्वमाझ थप परिचित गर्न सहयोग पुग्ने विश्वास पनि छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending