Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

समाजवादको ठूलो कुरा गरेर विकास हुँदैन : डा. बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले समाजवादको कुरा गरेर मात्र विकास नहुने बताएका छन् । साथै उनले भौतिक र सामाजिक पूर्वाधार विकास गर्नु सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैकठमा प्रिबजेटमाथिको छलफलमा बोल्दै डा. भट्टराईले भने,’आगामी बजेटको प्राथमिकता र वित्तीय संरचनाको कुरा गर्दा समाजवादको ठूला कुरा गरेर हुँदैन, भौतिक र सामाजिक पूर्वाधार तयार गर्नुपर्छ ।’ देशको विकास र समृद्धिको सपना पूरा गर्न भौतिक र सामाजिक पूर्वाधार विकासको विषयलाई बजेटमा मुख्य प्राथमिकतामा राख्न सुझाव दिएका छन् । पूर्वपश्चिम सडक, रेल मार्ग, जल मार्ग, हवाइ मार्ग लगायत कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गरे मात्र समृद्धिको लागि मार्ग प्रशस्त हुने उनको भनाई छ । सामाजिक पूर्वाधार विना औद्योगिक अर्थतन्त्र नबन्ने भन्दै उनले शिक्षामा क्रान्ति ल्याउनुपर्ने बताए । अहिलेको शिक्षा प्रणालीलाई परिर्वतन गरेर प्राविधिक बनाउनुपर्ने संयोजक भट्टराईले बताए । उनले कृषिको आधुनिकीकरणका लागि सिँचाइको उपयुक्त व्यवस्था गरी बैज्ञानिक बाली प्रणाली अपनाउनुपर्नेमा जोड दिए । पर्यटनलाई प्राथमिता दिदै रोजगारीको अवसर श्रृजनाको लागि तुलनात्मक लाभको क्षेत्र पहिचान गरी उद्योग विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । अनुत्पादक क्षेत्रको लगानी घटाउन सरकारलाई सुझाव दिदै उनले बैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई सशक्त र कामकाजी बनाउनुपर्ने आवश्यकता औल्याए । उनले सबैलाई खुसी पार्ने प्रयत्न भन्दा पनि प्राथमिकताको निर्धारणमा ध्यान केन्द्रित गर्नुपर्ने पर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । यस्तै भूमि व्यवस्थापनमा विशेष ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गर्दै संयोजक भट्टराईले सामान्य निरन्तरतामा मात्रै बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरे विकासको गति पहिल्याउन नसकिने बताए । उनले दुवै छिमेकी मुलुकसँग मित्रवत सम्बन्ध कायम राखेर लगानी भित्र्याउन सरकारलाई सुझाव दिए । भ्रष्टाचार निवारण गर्ने निकाय नै भ्रष्टाचारमा लागेको देखिएको उल्लेख गर्दे उनले भ्रष्टाचार निवारणमा आमुल परिर्वतन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending