Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

न सहमति, न असहमति : माओवादी–एमाले एकताको भित्रि कथा

काठमाडौं ।  झण्डै १ वर्ष अघि घोषणा गरिएको माओवादी केन्द्र र एमालेबिचको पार्टी एकता आजसम्म पनि हुन सकेको छैन । होलाहोला जस्तो तर भइनहाल्ने एकता कहिले हुन्छ भनेर कसैले भन्न सक्ने अवस्था छैन । दुवै पार्टीका शिर्षस्थ नेताहरुले एकता छिट्टै हुने बताईरहे पनि त्यो ‘छिट्टै’ किन नआएको हो, कसैले बुझ्न सकेको छैन । असहमति, सहमतिमा टुंगियो भनेर आउने समाचारहरुमा समेत अब उनका कार्यकर्ता र आम सर्वसाधारणले पत्याउने अवस्था समेत छैन । किन भने ‘सहमति’ बनेको भनेर समाचारहरु धेरैपल्ट बाहिरिइसकेको छ । के मा छ असहमति ? असहमति केहीमा पनि छैन । सहमति पनि छैन । नेताहरु न सहमतिका आधार दिन सक्छन्, न असहमतिका आधारहरु नै भन्न सक्छन् । पछिल्लो समय, समानताका आधारमा संगठनात्मक एकता, जनताको जनवाद (पब्लिक डेमेक्रेसी) तात्कानिल कार्यदिशा र सहमतिको महाधिवेशन गरी मुख्य त तीन विषयमा सहमति जुटेको बताइएको थियो । तर जुटेको भनिएको सहमतिप्रतिको जाँगर एमाले–माओवादी दुवैका नेताहरुमा देखिएको छैन । मिल्न बाँकी विषयमा सहमति निस्किसकेपछि किन एकता नभएको हो, कसैले बताउन सक्दैनन् । आशंका र गलाउने रणनीति जिम्मेवार माथि उल्लेखित विषयमा सहमति जुटेको भएपनि सहमतिको कार्यान्वयन हुनेमा माओवादी केन्द्रले आशंका गरेको छ । साथै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी नेताहरु खुश छैनन् । अझ –३० सचिवहरुको सरुवा, योजना आयोगको गठनदेखि, बजेट तथा सरकारको नीति तथा कार्यक्रम लगायतका कतिपय निर्णयहरु माओवादी नेताहरुले मिडियामार्फत थाहा पाउन थाले । एकताको प्रक्रियामा रहेका दुवै दलका नेताहरुको परामर्श तथा सहभागीतामा हुनुपर्ने निर्णयहरुप्रति माओवादीका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीसँग प्रश्न उठाउँदा समेत वेवस्ता गरेको भन्र्दै ‘भर पर्न नसकिएको’ बताउने गरेका छन् । हुनपनि पछिल्लो समय ओलीले अति दुरगामी निर्णयहरुमा समेत प्रचण्डको सल्लाहा लिन आवश्यक ठान्दैनन् । ओलीको यस्तो कार्यशैलीले माओवादीमा ‘पार्टी एकता नहुँदै त यस्तो, भएपछि कस्तो होला ?’ भन्ने आशंकाले घर गरेको छ । यता एमाले नेताहरुले भने एकताप्रति उति चासो राखेका छैनन् । बरु माओवादी नेताहरुलाई चिड्याउन अग्रसरजस्तो देखिन्छन् । ओली भने एकतामा विलम्ब गरी प्रचण्डलाई गलाउने र एकतामा ल्याउने रणनीतिमा छन् कि झै देखिन्छन् । उनले पछिल्लो समय गरेको ट्विट र सरकारका कामकारवाहीमा प्रचण्डको परामर्श र सहभागीता जरुरी नठान्नुले यस्तै संकेत गर्दछ । ‘लम्पसारवाद’ र ‘राष्ट्रवाद’ नेताहरु चुपचाप रहेपनि भारतीय प्रधानमन्त्रीको भ्रमणलाई लिएर माओवादी –एमाले कार्यकर्ताबिच घोचपेच सूरु भईसकेको छ । सामाजिक संजालमा दुवै दलका कार्यकर्ता तथा मध्यमस्तरका नेताहरुले समेत ओली सरकार भारतसँगको झुकेको र लम्पसार परेको/नपरेको भनेर बहस चलाउन थालेका छन् । संविधान निर्माण लगत्तै माओवादीको समर्थनमा बनेको ओली सरकारपश्चातको प्रचण्ड नेतृत्वको सरकारलाई ‘लम्पसारवादी’ को संज्ञा दिएको एमालेलाई हाल भारतीय प्रधानमन्त्रीको नेपालमा गरिने अभिनन्दनप्रति उही संज्ञा माओवादी कार्यकर्ताले दिईरहेका छन् । राष्ट्रवादको नारामा भोट मागेका एमालेले पछिल्लो समय भारतप्रति गरेको व्यबहारप्रति माओवादीले मात्रै होईन आम सर्वसाधारणले समेत एमालेको ‘राष्ट्रवाद’ माथि प्रश्न उठाउन थालिसकेका छन् । अझ भारतीय राजदुतावासले सिधै ५ करोडसम्मको विकासको काम नेपालमा गर्न पाईने गरी ओली सरकारले गरेको निर्णयप्रति माओवादी नेताहरुले चर्को आलोचना गर्ने गरेका छन् । हुनपनि ओली सरकार हिजोको जस्तो ‘राष्ट्रवादी’ हुनेतिर भन्दा छिमेकी देश भारतसँग मिल्ने रणनीतिमा देखिन्छ । यसको पुष्टी प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेर र नेपालमा भारतीय सहयोगको रेलबारे निर्णय गरेर दिईसकेका छन् । जागर कसैको छैन माथि उल्लेखित खटपट र आशंका एंव रणनीतिका कारण एकताप्रतिको जाँगर दुबै दलका नेताहरुमा छैन । एमाले माओवादीलाई यसैगरी अल्झाउने र थकाएर मात्रै एकता गर्ने रणनीतिमा देखिन्छ भने माओवादी हतारो गर्ने मनस्थितिमा छैन । हतारमा निर्णय गर्ने भनेर आरोप लाग्ने गरेका प्रचण्ड भने भविस्यसम्मको अवस्था तथा परिणामबारे बिचार गरेर मात्रै पार्टी एकता गर्ने पक्षमा देखिन्छन् । यी दुई मनोविज्ञान र रणनीतिले काम गरेसम्म दुई पार्टीको एकताबारे अन्योलता हट्ने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending