Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

ओलीको मिचाहा व्यबहारले झस्किए प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मंगलबार पूर्वप्रधानमन्त्रीको हैसियतमा बजेटसम्बन्धी छलफलमा बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किए । सत्तासाझेदार दलका हैसियतले बजेटमा छलफल हुने अपेक्षा गरेका दाहाल ओलीको छलफलमा औपचारिकता मात्र पूरा गरेर फर्किए । बजेट मात्र होइन, राष्ट्रिय योजना आयोगमा नियुक्तिलगायत महत्त्वपूर्ण निर्णय गर्दासमेत ओलीले दाहालसँग परामर्श गरेका थिएनन् । आजको कान्तिपुर दैनिकमा खबर छ–बजेटबारे माओवादीसँग कुनै परामर्श भएको छैन,’ माओवादीका एक नेताले भने, ‘बजेट मात्र होइन, प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोग गठन गर्दासमेत दाहालसँग परामर्श गरेनन् ।’ यसबारे दाहालले ओलीसँग चासो राखेका थिए, ‘हामीसँग परामर्शमा गठन गरेको भए हुन्थ्यो, यो त्यति ठीक भएन ।’ स्रोतका अनुसार ओलीले ‘यस पटक यस्तै भयो । तपार्इंको समर्थन भइहाल्छ भन्ने लाग्यो’ भन्ने जवाफ दिएका थिए । दाहालले माओवादीतर्फबाट योजना आयोगका लागि विद्यावारिधि उपाधिप्राप्त दुई व्यक्तिको नाम पनि दिएका थिए । ओलीले तिनलाई राखेनन् । माओवादीसँगको सल्लाहबिनै योजना आयोगलाई पूर्णता दिए । योजना आयोग पाँच सदस्यीय हुने गरी कार्यविधि बनाउँदा पनि दाहाल अनभिज्ञ रहे । यसअघि, सरकारका ३० सचिवको सरुवाबारे पनि माओवादी मन्त्रीहरूले निर्णय भइसकेपछि मात्र थाहा पाएका थिए । ती सचिवको सरुवा प्रधानमन्त्री ओली र एमालेका मन्त्रीहरूले गरेका थिए । त्यसमा माओवादी मन्त्रीले आपत्तिसमेत जनाएका थिए । माओवादीका एक मन्त्रीले सरुवा भएर आएका सचिवले आफ्नो निर्देशन आलटाल गर्न थालेको गुनासो गरेका छन् । ती सचिवहरूले ‘प्रधानमन्त्रीको आदेश यस्तो छ’ भन्दै माओवादी मन्त्रीलाई टेर्न छाडेको स्रोतको भनाइ छ । ओलीले आफू प्रधानमन्त्री भइसकेपछि कार्यविभाजन नियमावली हेरफेर गरी गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याए । जबकि यो कुरा गृहमन्त्री रामबहादुर थापाले निर्णय भइसकेपछि मात्र थाहा पाए । पहिले थापासँग कुनै परामर्श गरिएन । मन्त्री थापा मात्र होइन, यसले दाहाललाई समेत आश्चर्यमा पारेको एक नेताले जनाए । यसबारे दाहालले ओलीसँग कुरा गर्दा ‘शक्तिशाली प्रधानमन्त्री भएको तपार्इंलाई राम्रै लाग्छ’ भनेर टारेको एक माओवादी नेताको भनाइ छ । स्रोतका अनुसार ओलीले प्रधानमन्त्रीको शपथ (फागुन ३) लिने दिन माओवादीले मन्त्री नपठाउनुमा अघिल्लो दिन ललितपुरमा पार्टी एकतासम्बन्धी छलफलमा उत्पन्न असहज परिस्थिति कारक थियो । छलफलमा एमाले नेताहरूले जनताको बहुदलीय जनवाद मान्नैपर्ने जिकिर गरेपछि खासगरी दाहाललाई मन्त्री पठाउन मन लागेन । एमालेको बहुदलीय जनवाद र एक्काइसांै शताब्दीको जनवादलाई आगामी महाधिवेशनमा लैजाने सहमति भइसकेको थियो । ओलीको शपथग्रहणमा माओवादीले मन्त्री नपठाएर असन्तुष्टि प्रकट गरेको थियो । माओवादी नेता पार्टी एकता गर्न तयार भएर गएको बैठकमा असहज अवस्था सिर्जना भएपछि शंका उब्जियो । ‘हामीलाई विलय गराउने गरी ओलीलगायतको प्रस्ताव आएको थियो,’ बैठकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जबकि त्यो विषय पहिले नै महाधिवेशनमा लैजाने सहमति भएको थियो ।’ असहमतिको शृंखला यतिले मात्र टुंगिँदैन । चैत २ मा मन्त्रिपरिषद् विस्तार गर्दा सहरी विकासबाट खानेपानी मन्त्रालय टुक्र्याइयो । त्यसअघि ऊर्जा, जलस्रोतबाट सिँचाइ मन्त्रालय टुक्र्याउने निधो भएको थियो । त्यतिबेला एमाले, माओवादी र संघीय समाजवादी फोरमबीच भएको छलफलमा फोरमलाई सहरी विकास र खानेपानी मन्त्रालय दिने निधो भएको स्रोतको भनाइ छ । मन्त्रिपरिषद् विस्तारका दिन प्रधानमन्त्रीले सत्तासाझेदारसँग सल्लाह नगरी मन्त्रालय टुक्र्याएको माओवादीको आरोप छ । स्रोतका अनुसार दाहालकी बुहारी बिना मगरलाई सिँचाइमन्त्री बनाउने तय भएको थियो । ‘सिँचाइमन्त्री हुन गएकी बिना खानेपानी मन्त्री भइन्,’ स्रोतले सुनायो, ‘सहरी र अर्को एक मन्त्रालय लिन तयार भएको फोरम पनि बिच्कियो । अझै सरकारमा सहभागी भएको छैन ।’ प्रधानमन्त्री ओलीले सत्तासाझेदार दलसँग परामर्शबिना सरुवा गरेका सचिवले माओवादी मन्त्रीको स्पिरिटमा काम नगर्दा प्रभावकारी काम हुन नसकेको माओवादीको बुझाइ छ । ‘सुन प्रकरण, सिन्डिकेटबाहेक अरू देखिने गरी सरकारको काम हुन सकेको छैन,’ एक नेताले भने, ‘सचिवहरू प्रधानमन्त्रीतिर ढल्कँदा मन्त्रीलाई काम गर्न सजिलो हुँदैन ।’ स्रोतले सचिवहरू माओवादीको भन्दा एमालेको मुद्दालाई प्राथमिकता दिन केन्द्रित भइरहेको बतायो । एमाले–माओवादी पार्टी एकताका लागि भएका छलफलमा पछिल्लो समय खास उत्साह छैन । समानताका आधारमा पार्टी एकता हुनुपर्ने माओवादी प्रस्तावलाई एमालेले बेवास्ता गर्दै आएको छ । सैद्धान्तिक विवादलाई आगामी दिनमा टुंग्याउने गरी एकता गर्नेबारे खास विवाद छैन । तर एमाले पक्षबाट पछिल्लो समय एकताका लागि तदारुकता नदेखाइएको माओवादीको भनाइ छ । यही बुझेर हुनुपर्छ, माओवादी अध्यक्ष दाहालले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादवसँग ‘एकताको सम्भावना’ मा छलफल गरे । विगतमा माओवादीको मुद्दामा खासै असहमति प्रकट नगर्ने भट्टराई र यादवसँग भएको छलफलको जानकारी ओलीलाई दिइएको थियो । यी घटनाक्रमले ओली र दाहालबीच सम्बन्ध न्यानो रहेको देखाउँदैन । सोमबार ओलीले गरेको ट्विटले पनि यही संकेत गर्छ । ओलीले ट्विटमा भने, ‘हामी विकास र समृद्धिको एजेन्डामा हिँडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखा पर्छ । किनकि सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ ।’ यो पढेपछि दाहालले चित्त दुखाए । बुधबार ओलीले यसबारे राखेको जिज्ञासामा ‘सचिवालयले कमजोरी गरेको’ भनेर दाहाललाई बताएको स्रोतको भनाइ छ । माओवादी नेताहरू भने तत्काल त्यति आशावादी देखिँदैनन् । ‘घटनाक्रम सकारात्मक छैन, भत्केको पनि छैन,’ एक नेताको भनाइ छ । ओली–दाहालबीच देखिएको ‘खटपट’ ले पार्टी एकतालाई लम्ब्याइदिएको छ । ओलीका गतिविधिले माओवादी एकताका लागि हतार नगर्ने मनस्थितिमा पुगेको छ । ‘अब सोचेर, सम्झेर पार्टी एकता हुन्छ,’ ती नेताले भने । पार्टी एकताका लागि सक्रिय माओवादी नेता जनार्दन शर्माले आशंका मेटाउन बुधबार छलफल भएको बताए । ‘आशंका मेटाएर छिट्टै पार्टी एकता हुने गरी छलफल भइरहेको छ,’ उनले भने । ओली र दाहालबीच बिहीबार पार्टी एकता र बजेटबारे छलफल गर्ने तय भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending