Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

मोदीको सुरक्षामा हतियारसहितका ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र्र मोदी नेपाल भ्रमण अवधिभर भारतीय सुरक्षा दस्ताकै घेराभित्र रहने भएका छन् । भ्रमणमा ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुनेछन् । त्यसमध्ये ४१ जना भने नेपाल आइसकेका छन् । २५ जना भने मोदीसँगै आउनेछन् । क्याप्टेनको कमान्डमा भारतीय सेनाको एक प्लाटुन नै मोदीको सुरक्षामा खटिनेछ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–गृह मन्त्रालयका अनुसार उनीहरू हतियारसहित रहनेछन् । गृहप्रवक्ता रामकृष्ण सुवेदीले विशिष्ट व्यक्ति भ्रमणका क्रममा हतियारसहित सुरक्षाकर्मी आउजाउ गर्नु सामान्य प्रक्रिया भएको बताए । उनले भने, ‘विशिष्ट व्यक्ति भ्रमणका क्रममा सुरक्षाकर्मी हतियारसहित खटिनु सामान्य प्रक्रिया हो । नेपालबाट अन्य मुलुक भ्रमण गर्ने क्रममा पनि यस्तो हुन्छ । अहिले हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको भ्रमणका क्रममा पनि यस्तै भएको हो ।’ गृह मन्त्रालयका अनुसार विशिष्ट व्यक्ति भ्रमणका क्रममा उनीहरूसँगै भ्रमणमा रहने सुरक्षाकर्मीका हतियारको लगत भने राखिनेछ । मोदी भ्रमणका क्रममा सुरक्षाकर्मीसँगै भित्रिएका हतियारको पनि लगत राखिएको गृहप्रवक्ता सुवेदीले बताए । उनले भने, ‘विशिष्ट व्यक्ति भ्रमणका क्रममा आउने सुरक्षाकर्मीका हतियारको लागत भने राखिन्छ । त्यसो हुँदा अहिले भएका भारतीय सुरक्षाकर्मी र उनीहरूसँगै भित्रिएका हतियारको पनि लगत राखिएका छन् । यो सामान्य प्रक्रिया हो । नेपालका विशिष्ट व्यक्ति भारत जाँदा पनि उनीहरूले सुरक्षाकर्मी र हतियारको लगत राख्छन् ।’ गृहका अनुसार भारतीय सुरक्षाकर्मी मोदी सुरक्षाको पहिलो घेरामा रहनेछन् । दोस्रो र तेस्रो घेरामा पनि भारतीय सुरक्षाकर्मीकै उपस्थिति रहनेछ । नेपाली सुरक्षाकर्मीको समन्वयमा कमान्ड पनि भारतीयले नै गर्नेछन्। नेपाली सुरक्षाकर्मीको कमान्ड भने नेपाली सेनाबाट हुनेछ । गृहका अनुसार मोदी भ्रमणमा खटिएका भारतीय सुरक्षाकर्मीको संख्या अहिलेसम्मकै ठूलो हो । यसअघिका भ्रमणमा भित्री सुरक्षाबाहेक अन्यत्रका लागि छुट्टै सुरक्षा दस्ता खटाउने चलन थिएन । गुप्तचर भने यसअघिका भ्रमणमा पनि पर्याप्त मात्रामा खटिने गरेका थिए । सुवेदीका अनुसार सुरक्षा दस्ता बढाउने र घटाउने प्रक्रिया सुरक्षा थ्रेट विश्लेषणका आधारमा तय हुन्छ । उनले भने, ‘सुरक्षाकर्मी कसरी, को, कहाँ र कति खटाउने भन्ने विषय सुरक्षा थ्रेट विश्लेषणकै आधारमा तय हुन्छ । यसपटक त्यस्तै भएको हो कि ?’ भ्रमण अवधिभर टेलिफोन र मोबाइल सिग्नल जाम गर्ने ‘ज्यामर मेसिन’ भने नेपालकै प्रयोग हुने भएको छ । यसले भ्रमण अवधिभर भ्रमण रुटमा पर्ने कम्तीमा सय मिटर क्षेत्रमा टेफिलोन तथा मोबाइल सिग्नल ‘डिम्टिभेट’ गर्नेछ । यसअघिका विशिष्ट व्यक्ति भ्रमणमा यस्ता मेसिन भारतबाटै ल्याउने गरिएको थियो । नेपाल भ्रमणभर स्थलमार्गमा प्रयोग हुने दुईवटा बम तथा बुलेटप्रुफ गाडी मंगलबार नै काठमाडौं ल्याइएको छ । त्यसमध्ये एउटा काठमाडौंमा प्रयोग हुनेछ भने अर्को जनकपुरमा प्रयोग हुनेछ । विशेष विमानबाट गाडी र हतियारसहितका ४१ भारतीय सुरक्षाकर्मी काठमाडौं उत्रिएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending