Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

मन्त्री मातृका यादवको चेतावनीः जसले सिन्डिकेट गर्छ त्यसलाई जेल हाल्छाैं

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल भएको बताएका हुन् । उनले भने,‘गृहमन्त्रालयबाट सुरु भएको अभियान अहिले सफल भएको छ, यातायात व्यवसायीहरु गाडी चलाउन तयार भएका छन्, गाडीको सिट क्षमताभन्दा बढि यात्रु बोकेर जनताको जीवनप्रति नै खेल्नेहरु अहिले तह लागेका छन्, अहिले व्यवसायीहरुले पनि हाम्रो अभियानलाई सहयोग गरेका छन्, हामी सबै पक्षलाई धन्यवाद दिन चाहन्छौं किनकी अब ज्यानमारा सिण्डिकेट अन्त्य भएको छ।’ साक्षात्कारमा बोल्दै मन्त्री यादवले आफूहरुले सबै प्रकारका सिण्डिकेटको अन्त्य गर्ने विश्वास दिलाए । उनले भने,‘हाम्रो नीति नै सबै क्षेत्रको सिण्डिकेटको अन्त्य गर्नु हो, हामी अहिले त्यही अभियानमा छौं।’ प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि समृद्ध नेपाल र सुखी नेपाली बनाउँछौं भनेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्छ भनेकोले सरकार सोही अभियानमा लागेको उनको भनाई थियो । उनले थपे,‘हामी भ्रष्टाचार सहँदैनौं, हुन त नारा दिन सजिलो छ, तर यसलाई व्यवहारमा उतार्न गाह्रो हुँदो रहेछ।’ उनले नेपालमा अब कुनैपनि सिण्डिकेट नरहने बताउँदै सिण्डिकेट गर्नेलाई सरकारले जेल हाल्ने चेतावनी दिए । पेट्रोलियम पदार्थमा पनि सिण्डिकेट छ नि भनेर सोधिएको एक प्रश्नमा मन्त्री यादवले भने,‘नेपाल आयल निगममार्फत सरकारले नै पेटो«लियम पदार्थको काम सञ्चालन गरिरहेको छ, यसलाई सिण्डिकेट भन्न मिल्दैन्, तरपनि हामी यसमा पनि प्रतिष्पर्धा चाहन्छौं।’ नेपालमा खुल्ला उदारीकरण र निजीकरणको नाममा राष्ट्रिय उद्योगहरु बेचेर खाएको उनको आरोप छ । पूर्वअर्थमन्त्री डा. रामशरण महतप्रति लक्षित गर्दै मन्त्री यादवले भने,‘जसको अर्थ नीतिले मुलुकको अर्थतन्त्र ध्वस्त भयो उनै व्यक्तिलाई बेष्ट फाईनान्स मिनिष्टर भनेर अवार्ड दिए, अहिले उत्कृष्ट अर्थमन्त्री भनेर मुल्यांकन गर्नेहरु नेपालको अर्थतन्त्र ध्वस्त भयो भनेर मज्जा लिईरहेका छन्।’ आफ्नो नेतृत्वको मन्त्रालय मातहातका क्षेत्रभित्र रहेका सिण्डिकेटहरु तोड्न आफू लागिपरिरहेको मन्त्री यादवको भनाई छ । विराटनगर जुट मिल अहिले रुघ्न अवस्थामा रहेको उल्लेख गर्दै उनले भने,‘जुट मिलमा रहेका मेशिनहरु बोक्न सक्नेजति बोकेर नसक्नेजति ट्रकमा हालेरपनि सामानहरु चोरिएका छन्, सञ्चालक समितिका एक सदस्यलाई सोध्दा कहाँ चोरी हुन्छ भनेर जवाफ दिन्छ, किनकी अहिले सरकारी सम्पत्ति लुट्ने मानसिकता छ नि।’ यी सबै समस्याहरुको हल गर्नको लागि एउटा सशक्त न्यायिक छानबिन समिति गठन गरिनेपनि उनले जनाए । ‘विभिन्न क्षेत्रमा भएका हिनामिनाहरुलाई छानबिनको दायरामा ल्याउनको लागि र कारबाही गर्न हामी तयार छौं।’–उनको चेतावनी थियो । बन्द रहेका उद्योग तथा कलकारखानाहरुलाई सरकारले सञ्चालन गर्ने विश्वास दिलाउँदै उनले सरकारले कुनैपनि उद्योग धन्धाहरु नबेच्ने स्पष्ट पारे । उनले भने,‘जनताले सरकारले उद्योग चलाउँछ भन्ने विश्वासमा सस्तोमा जग्गा दिएका हुन नि, तर अहिले प्लटिङ भैरहेका छन्, अब त्यस्तो हुँदैन्, हामी चाहान्छौं अब आउने नीति तथा कार्यक्रममा पनि यसबारेमा यथेष्ट कुराहरु आउँछन्।’ उनले बन्द रहेका सरकारी उद्योगधन्धाहरु सञ्चालन गर्न सरकारले निजी क्षेत्रसँगपनि सहकार्य गर्ने बताए । त्यस्तै मजदुरलाईपनि लगानीको लागि आह्वान गर्ने जसले गर्दा उनीहरुलाई पनि आफ्नो भन्ने अपनत्व हुने उनको विश्वास छ । यद्धपी उनले यसबारेमा अहिले छलफलमात्रै भएकोले ठोस निर्णय भैनसकेको जिकिर गरे । मन्त्री यादवले नेपाल आयल निगमसँग तेलको भण्डारण गर्ने क्षमता नरहेको बताउँदै अब आफूले भण्डारण क्षमता बढाउनेगरि काम थालेको बताए । उनले भने,‘नीति तथा कार्यक्रममा यी सबै विषयमा कुराहरु आउँछन्, अहिले हामी छलफलको चरणमा छौं।’ उनले अब आउने नीति तथा कार्यक्रममा ‘रोजगारको लागि उत्पादन’ भन्ने नारा राख्नेबारेपनि छलफल भैरहेको अग्रिम जानकारी दिए । उनले नेपालको व्यापार घाटा घटाउनको लागि सरकारले उत्पादन बढाउनुपर्नेमा जोड दिए । ‘अल्लो, अदुवा, अलैंची र पस्मिनाजस्ता उत्पादनहरु हाम्रो ब्राण्ड हुन्, यीनीहरुको मार्केट बढाउनुपर्छ।’–उनले थपे। तिलगंगा आँखा अस्पतालले नेपालमै लेन्स उत्पादनको काम गरिरहेकोले सरकारले दश करोड रुपैयाँ सहयोग प्रदान गरेको बताउँदै मन्त्री यादवले भने,‘नेपालमा सियोपनि उत्पादन हुँदैन भन्ने थियो, तर यहाँ लेन्स उत्पादन भैरहेको छ, यो कुरा कसैलाईपनि थाहा छैन, अब हामीले स्वदेशी उत्पादनहरुलाई निर्यात गरेर विदेशी उत्पादनहरुको आयात कम गर्नुपर्छ।’ उनले नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा जान रहर नभएको भन्दै अब स्वदेशमै आकर्षण पैदा गर्नेगरि सरकारले काम गर्ने जनाए । यद्धपी उनले छु मन्तर भनेजस्तो रातारात हुने काम नभएको स्पष्ट पारे । उनले भने,‘हामी मुलुकमै युवाहरुलई रोजगारी दिलाउनेगरि काम गर्छौं, तर समय लाग्छ, स्टेपवाईज काम हुन्छ।’ सस्तोमा श्रम बेच्ने र महँगोमा किन्ने काम भैरहेकोप्रति उनको दुखेसो थियो । उनले भने,‘अब यस्तो हुनुहुँदैन, सस्तोमा श्रम बेच्ने र महँगोमा किन्नेको खैरियत छैन्।’ उनले क्षमता अभिवृद्धिको लागि स्कुल खोल्नेपनि तयारी भैरहेको जनाए । नेपालमा अहिले पेट्रोलियम पदार्थको मुल्य भारतभन्दापनि कम रहेकोले विद्यार्थीहरुलाई अन्र्तराष्ट्रिय परिस्थिति बुझिदिनको लागि समेत उनले आग्रह गरे । उनले भने,‘हामी कुनै पनि चीज लुकाउने पक्षमा छैनौं, म सबै कुरामा खुल्ला छु।’ मन्त्रालयले अनुगमन गरेन कि भनेर अहिले चर्चा भैरहेकोप्रति टिप्पणी गर्दै उनले भने,‘अहिलेपनि अनुगमनको काम भैरहेको छ, तर प्रचार कम छ, हिजोको जस्तो चर्चा चाहीँ छैन, तर काम भैरहेको छ।’ उनले कालोबजारीयाहरु अहिले शान्त रहेको पनि बताए । उनले भने,‘कालोबजारीयाहरु अहिले शान्तमात्रै होईन, सलबलाउने र चलबलाउनेपनि गरेका छैनन्, मन्त्रीलाई कसरी किन्न सकिन्छ भनेर उनीहरु सोचिरहेका होलान्, तर त्यस्तो कदापी हुँदैन्।’ मोदीलाई उच्च सम्मानका साथ स्वागत गर्छौ : मन्त्री यादव मन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा सरकारले उच्च सम्मानका साथ स्वागत गर्ने विश्वास दिलाए । आफूहरु भारत भ्रमणमा जाँदा नेपालको प्रधानमन्त्रीलाई भव्य स्वागत भएको स्मरण गराउँदै उनले भने,‘केही समय अघि हामी भारत भ्रमणमा गएका थियौं, हाम्रो प्रधानमन्त्रीलाई भारतमा भव्य स्वागत भएको थियो, हामी पनि उहाँलाई भव्य स्वागत गर्छौं।’ नेपालीहरुको संस्कार नै पाहुनालाई स्वागत गर्ने भएकोले मोदीको स्वागतको लागि कुनै कसर बाँकी नराख्ने मन्त्री यादवको भनाई थियो । उनले भने,‘हामी उहाँलाई उच्च सम्मानका साथ स्वागत गर्छौं, उहाँको भ्रमणको दौरान हाम्रो प्रधानमन्त्री र मोदीबीच छलफल हुन्छ, मोदीको भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुदृढ हुन्छ र अझै उचाईमा पुग्छ।’ फरक प्रसँगमा उनले एमाले र माओवादी केन्द्रबीचको एकता हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको पनि सुनाए । यद्धपी उनले दुवै पार्टीका प्रमुख नेताहरुले एकता हुने भनिरहेकोले यसबारेमा अझ बढि जानकारी उनीहरुसँग लिँदा राम्रो हुने तर्क गरे । उनले थपे,‘दुई पार्टीबीचको एकताले देश र जनतालाई नै फाईदा छ नि, यो कुरा व्यवहारमा देखिरहेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending