Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

३३ केजी सुन तस्करी काण्डः ३० अभियुक्तको बयान सकियो, थुनछेक बहस बिहीबारदेखि

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपीहरूको थुनछेक बहस बिहीबार सुरु गरिने भएको छ । बुधबार कानुन दिवसका अवसरमा अदालत बन्द हुने भएकाले बिहीबार मात्रै बहस सुरु हुने भएको हो । प्रहरी नियन्त्रणमा रहेका सबै ३० जनाको बयान मंगलबार जिल्ला अदालतले टुंग्याएको छ । सोमबारसम्म २७ जनाको बयान सकिएकामा मंगलबार थप तीन जनाको बयान लिइएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ–प्रतिवादीका पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या बढी हुने अनुमानका आधारमा थुनछेकको बहस कम्तीमा पनि एक सातासम्म चल्ने सम्बद्ध कानुन व्यवसायीको अनुमान छ । सबै अभियुक्तको बयान न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा लिइएको हो । अदालतले गत बिहीबारदेखि बयान लिन सुरु गरेको थियो । पाँच दिनको अवधिमा सबैको बयान सकिएको हो । यस क्रममा कतिपयले प्रहरीमा दिएकै बयान दोहोर्‍याएका छन् भने अधिकांशले बयान फेरेका छन् । मोरङ बार एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र थापाका अनुसार प्रहरीले अभियोगपत्रमा उल्लेख गरेको बयानभन्दा फरक विवरण अभियुक्तहरूले अदालतसमक्ष दिएका छन् । मंगलबार तत्कालीन बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउतको बयान लिएसँगै बयान प्रक्रिया पूरा भएको हो । यसअघि पूर्व डीआइजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा र जवान विष्णुबहादुर खडकाको बयान लिइएको थियो । यसैगरी विमानस्थलका कर्मचारीहरू राजन थापा, पुण्य लामा, गोपाल श्रेष्ठ, हेमन्त गौचन, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारूको बयान सकिएको थियो । बयान लिइएकामा राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र कृष्ण भन्ने नरेन्द्र कार्की छन् । त्यसैगरी व्यापारी भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य र महावीर गोल्यान, विमानस्थलका कर्मचारीहरू लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी र बालकृष्ण श्रेष्ठको बयान लिइएको थियो । बयान दिने प्रहरीका उच्च अधिकारीले आफूहरूमाथिको आरोप अस्वीकार गरेका छन् । विमानस्थलका कर्मचारीहरूले सुन आएकोबारे आफूहरूलाई केही थाहा नभएको अदालतसमक्ष बताएका छन् । आफूहरूले कार्यालयको कर्मचारीका हैसियतमा पूरा गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको उनीहरूको भनाइ थियो । प्रहरीले अभियोगपत्रसाथ प्रस्तुत गरेको बयानलाई उनीहरूले अदालतसमक्ष इन्कार गरेका छन् । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कुल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन् । प्रहरीले मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सहित फरारको खोजी गरिरहेको जनाएको छ । जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरूविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending