Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

यातायात मन्त्रालय र व्यवसायीबीच यस्तो भयो सहमति

 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायी महासंघबीच यातायात एकाधिकार अन्त्य गर्ने विषयमा पाँचबुँदे सहमति भएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रका जुनसुकै प्रकारको एकाधिकार (सिन्डिकेट) को स्वरुप खारेजी गर्ने सहमति भएको जानकारी गराइयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको उपस्थितिमा आइतबार बेलुकी मन्त्रालयमा भएको वार्ताले सहमति जुटाएको हो । प्रचलित कानूनअनुसार एउटा मात्र सार्वजनिक सवारी भएका धनीले पनि यातायात सञ्चालन गर्न पाउने र सर्वोच्च अदालतले परमादेश जारी गरेअनुसार यातायात क्षेत्रलाई व्यवस्थित बनाउन जाँचबुझ आयोग गठनको प्रक्रिया छिटो अघि बढाउने सहमति भएको छ । यातायात व्यवसायीको संयुक्त आन्दोलन मूल समितिले घोषणा गरेका सम्पूर्ण कार्यक्रम फिर्ता लिन दुवै पक्ष सहमत भएका छन् । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन ३० दिनभित्र प्रतिवेदन दिने गरी कार्यदल गठन गर्ने सहमतिसमेत भएको छ । कार्यक्रममा मन्त्री महासेठले लामो समयदेखिको यातायात एकाधिकार अन्त्य गर्न यातायात व्यवसायीले नै सहयोग गरेको बताए । महासंघका बहुसंख्यक सदस्य नै एकाधिकारका विरुद्धमा लागेको उनको भनाइ थियो ।

\"\" “प्रचलित कानूनको अधिनमा रहेर जो सुकैले व्यवसाय गर्न पाउँछ, यातायात क्षेत्रलाई व्यवस्थित बनाउन कार्यदलको सुझावका आधारमा काम अघि बढ्छ, यातायात एकाधिकार खारेज भएपछि भोलिदेखि नै यातायात व्यवस्थित हुनेछ,” मन्त्री महासेठले भने । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले व्यवसायीले एकाधिकार नभई आलोपालो प्रणालीका आधारमा यातायात सञ्चालन गरेको दाबी गरे । महासंघ र यातायातका कुनै पनि संस्था खारेज नभएको उनको दाबी थियो । महासंघ र यातायात संस्थाका खाता बन्द गरिएकाले आजदेखि भएका दुर्घटनाका घाइतेको उपचार व्यवसायीले नगराउने महासंघले जनाएको छ । हाल दुई लाख सार्वजनिक यातायात सडकमा गुड्छन् । नयाँ र पुरानो बसपार्क व्यवस्थित नभए सडकबाटै सवारी चलाउने अध्यक्ष कर्माचार्यले बताए । सहमति भनिए पनि पत्रकार सम्मेलनमा वितरित पाँच बुँदा सम्झौतापत्रमा मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माको मात्र हस्ताक्षर छ । शर्माले पाँच बुँदा पढेर सुनाउनेबित्तिकै मन्त्रालयको हलमा अत्यधिक संख्यामा उपस्थित यातायात व्यवसायीले सहमतिका सबै बुँदा सार्वजनिक नगरिएको भन्दै विरोध जनाए । व्यवसायीलाई अध्यक्ष कर्माचार्य र महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले शान्त गराए । कार्यक्रममा मन्त्री आउन केही ढिला हुँदा यातायात व्यवसायी सबै क्षेत्रको एकाधिकार अन्त्य हुनुपर्ने भन्दै चर्को स्वरमा कराएका थिए । निर्धारित समयभन्दा अघि नै पुगेका यातायात व्यवसायीले हल खचाखच भरिएपछि पत्रकार उभिएर सुन्न बाध्य भए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending