Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

५ वर्षमा पनि बाँड्न नसकेको गरीब परिचयपत्र कृषिमन्त्री चक्रपाणिले कसरी बाँड्छन् ६ महिनामा ?

काठमाडाैं । सरकारले गरीबको पहिचान गर्न भन्दै काम शुरू गरेको झण्डै पाँच वर्ष बितिसक्दा पनि औपचारिक रूपमा उनीहरूलाई परिचयपत्र वितरण थाल्न सकेको छैन । आवश्यक स्रोत-साधन, जनशक्ति र गरिबी नियन्त्रण गर्न स्पष्ट कार्ययोजना अभाव तथा निर्वाचनका कारण परिचयपत्र वितरणमा ढिलाइ भएको भन्दै सम्बन्धित निकाय पन्छिन खोजेको देखिन्छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बलदेबले भने आगामी ६ महिनामा २६ जिल्लामा र दुई वर्षमा देशैभरि गरीबको पहिचान गरी परिचयपत्र वितरण गर्ने नयाँ योजना सार्वजनिक गरेका छन् । हालसम्म गरिएको अध्ययन अनुसार २६ जिल्लामा झण्डै चार लाख परिवार गरीबका रूपमा पहिचान गरिएको र तीमध्ये आधाजसो अत्यन्त गरीबको सूचीमा पर्ने अधिकारीहरूले बताएका छन्। नेपालका कुल ५५ लाख परिवारमध्ये २६ जिल्लाका १२ लाख परिवारमा हालसम्म अध्ययन भएको छ भने बाँकी ५१ जिल्लामा अध्ययन शुरू भएको छैन । गरीब भनी पहिचान गरिएकालाई परिचयपत्र दिइ राज्यबाट निश्चित सुविधाहरू दिने भनिए पनि त्यसमा ढिलाइ भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । ढिलाइ भएको स्वीकार्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने, \"पाँच वर्षअघि शुरू भएको भए पनि कहिले योजना आयोगले नेतृत्व गर्ने, कहिले समन्वय बोर्ड बनाइने अनि त्यहाँ पदाधिकारी नहुने र पछिल्लो समय चाँहि चुनावले यसलाई दुःख दियो । परिचयपत्र वितरणसँगै दिइने सेवा सुविधा पनि निर्धारण गर्न पाए हुन्थ्यो भन्ने लगायतका कुराले पनि केही ढिलो भएको हो ।\" हाल कृषि मन्त्रालयमा गाभिएको गरिबी निवारण मन्त्रालय अन्तर्गत गठित गरीब घरपरिवार सहयोग समन्वय बोर्डले अति गरीब, गरीब र गरिबीको संघारमा रहेकाहरूको सूची तयार पारेको थियो । आगामी दुई वर्षभित्र देशभर गरीबको पहिचान गरी उनीहरूलाई आत्मनिर्भर र व्यावसायिक बनाउने गरी कार्यक्रम ल्याइने कृषिमन्त्री  खनालले बताए । उनले भने, \"आगामी ६ महिनाभित्र परिचयपत्र वितरणको कार्य प्रारम्भ गरिने र बाँकी ५१ जिल्लामा गरीब घरपरिवारको पहिचान गरी दुई वर्षभित्र परिचयपत्र वितरणको कार्य थालिनेछ । साथै यस्ता परिवारलाई आत्मनिर्भर र व्यवसायी बनाउन आवश्यकतामा आधारित ऋण ब्याज अनुदान र किसान शिक्षाका विशेष कार्यक्रम ल्याइनेछ ।\" गरीबको पहिचान भएपछि उनीहरूलाई दिइने विशेष सरकारी सुविधा पनि तोकिने बताइएको छ । तर कतिपयले गरीब पहिचान गर्ने सूचकहरू वैज्ञानिक नभएको भन्दै सरकारी अध्ययनप्रति आशङ्का गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending