यसरी हुँदैछ जेठ पहिलो हप्तामा एमाले–माओवादी नयाँ पार्टी घोषणा
बैशाख २४ गते, २०७५ सोमवार 7th May, 2018 Mon१०:४६:४६ मा प्रकाशित
काठमाडौं । एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने भएका छन् ।एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि ‘संयुक्त अधिवेशन’ बोलाउने समझदारी गरेका हुन् । जेठको पहिलो साता संयुक्त अधिवेशन बोलाउने सहमति भइसके पनि पार्टी एकता संयोजन समितिको बैठकमार्फत मिति तोक्ने तयारी छ ।
अाजको नयाँ पत्रिकामा खबर छ-बालुवाटारनिकट स्रोतले पनि केन्द्रीय कमिटीसहित दशवटै तहका कमिटीको आकार प्रतिशतमा नभएर दुवै पार्टीबाट योग्य नेता छनोट गरेर टुंग्याउने गरी अध्यक्षकै तहमा गृहकार्य भइरहेको दाबी गरेको छ ।
‘माओवादी केन्द्रका अध्यक्षज्यूले पनि पार्टीका तर्फबाट योग्यहरूको खाका तयार पारिसक्नुभएको छ,’ त्यसबाटै नयाँ पार्टीमा समावेश गर्नुहुनेछ, बालुवाटार स्रोतले भन्यो, ‘एमालेको तहगत संरचना रहेकाले छनोटका लागि कुनै समस्या छैन ।’
दुई अध्यक्षबीच २० वैशाखमा भएको लामो छलफलले एकतासँग जोडिएका सबै विषय टुंगो लगाएको हो । त्यस दिन ओली र प्रचण्डबीच दुईपटक छलफल भएको थियो भने एमाले नेता माधवकुमार नेपाल र प्रचण्डबीच पनि छुट्टै कुराकानी भएको थियो ।
प्रतिवेदनको भाषा कसरी मिलाउने भन्नेमा समेत सहमति जुटिसकेकाले त्यसलाई लिखित रूप दिने काम मात्र बाँकी रहेको माओवादी नेता जनार्दन शर्माले दाबी गरे ।
यस्तो छ समझदारी १. नाम र चुनाव चिह्न
विवादित भनिएको चुनाव चिह्न, विधानको प्रस्तावना र केन्द्रीय कमिटीको संख्यामा दुई अध्यक्षले सहमति गरेका छन् । एकीकृत नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न सूर्य राख्ने सहमति भएको छ ।
२. जनयुद्धको प्रसंग
तत्कालीन नेकपा माओवादी नेतृत्वमा भएको जनयुद्ध राजनीतिक परिवर्तनका लागि महŒवपूर्ण परिघटना भएको प्रसंग विधानमा लेख्ने सहमति भएको छ ।
३. केन्द्रीय कमिटी
केन्द्रीय कमिटी २९९ सदस्य बनाउने भनिएकोमा अब संख्या ३५१ बनाउने सहमति भएको छ । यसमा एमालेबाट करिब २०० र माओवादीबाट करिब १५० सदस्यले प्रतिनिधित्व गर्नेछन् । नेताहरूले प्रतिशत होइन, योग्यता र अनुभवका आधारमा नेताहरूलाई समेट्ने समझदारी बनाएका छन् ।
४. संयोजन समिति बैठक
दुई अध्यक्षको समझदारी अनुमोदन गर्दै घोषणासभाको मिति टुंगो लगाउन पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी छ । माओवादी नेता जनार्दन शर्माले दुई अध्यक्षबीच अब हुने भेटघाटलगत्तै संयोजन समितिको बैठक डाकिने बताए ।
५. दुवै पार्टी भंग हुने
एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै अन्तिम केन्द्रीय कमिटी बैठक बोलाउनेछन् । दुवै पार्टीका केन्द्रीय कमिटीले आ–आफ्नो पार्टी विघटन गर्ने र एकअर्कासँग एकीकरण गर्ने औपचारिक निर्णय गर्नेछन् ।
६. संयुक्त अधिवेशन
पार्टी एकता संयोजन समितिले तोकेको मितिमा दुवै पार्टीको संयुक्त अधिवेशन आयोजना हुनेछ । सो अधिवेशनले दुवै पार्टी भंग भएको निर्णय अनुमोदन गर्दै नेतृत्वसहित नयाँ पार्टी गठन गर्ने निर्णय गर्नेछ । सोही निर्णयअनुसार नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ ।
र,यो पनिप्रचण्ड नै एकिकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री यसरी बन्दैछन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: