Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

अन्तिममा त्रिवि सिनेट बैठक स्थगितः प्रधानमन्त्री कार्यालय र शिक्षाध्यक्षको यस्तो छ भनार्इ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिए । शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा उनको स्वास्थ्यावस्था राम्रो नभएका कारण लामो समय कुरेर पनि भेट गर्न नसकिएको उनले बताए । उनले भने “यो बैठक कुलपतिले बोलाएको हो, उनले शिक्षा मन्त्रीमार्फत सभा बैठक स्थगन गर्न भने मैले बैठक स्थगन गरेँ ।” उपकुलपति खनियाँले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग छलफल गरेर अर्को बैठक बोलाइने जानकारी दिए । त्रिविको आजको बैठकमा पुराना नियमलाई संशोधन तथा खारेज गर्ने जस्ता कार्यसूची थिए । उपकुलपति खनियाँका अनुसार प्राध्यापक, कर्मचारी र विद्यार्थीका मागलाई सम्बोधन गर्नुपर्ने लगायत सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाका विषयमा निर्णय गर्ने तयारी गरिएको थियो । शनिबार त्रिविको प्रि–सिनेट बसेर सिनेट बैठकका कार्यसूची तय गरिएको थियो । प्रतिवर्ष सिनेट बैठक दुई पटक बस्ने गर्छ । त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले शिक्षामन्त्रीमार्फत प्रधानमन्त्रीले बैठक स्थगन गरेको बताए । उनले भने “अन्तिममा आएर सिनेट बैठक स्थगन हुँदा दुःख लागेको छ ।”

सिनेटको कार्यसूची प्रष्ट भएनः प्रेस सल्लाहकार  प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीको स्वास्थ्यका कारण सिनेट बैठक स्थगन भएको भन्ने भनाइको खण्डन गरेको छ । प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको बताउँदै भने “प्रधानमन्त्री शनिबार दुई वटा कार्यक्रममा सहभागी हुनुभएको थियो भने आज बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।” डा अर्यालले सिनेट बैठकमा लैजान लागिएका कार्यसूची नै स्पष्ट नभएपछि प्रधानमन्त्री त्यहाँ सहभागी नभएको जानकारी दिए । उनले प्रधानमन्त्रीको स्वास्थ्यलाई देखाएर विषयवस्तु अन्यत्र मोड्न खोजिएको आरोप पनि लगाए । आंशिक शिक्षकद्वारा धर्ना  त्रिविअन्तर्गतका विभिन्न क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकले सेवा स्थायी गर्न माग गर्दै आज कीर्तिपुरमा धर्ना दिएका छन् । लामो समयदेखि सेवा गरिरहे पनि आफूहरुको स्तरोन्नति हुन नसकेको जनाउँदै उनीहरुले आज त्रिविसभा बैठक बस्ने सूचना पाएपछि त्यस आसपासका क्षेत्रमा विरोधका कार्यक्रम गरेका हुन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending