Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा टोली जनकपुरमा

\"\"जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन् । कान्तिपुर दैनिक मा खबर छ – भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केच तयार पारेको छ। नेपाली सुरक्षाकर्मीको सल्लाहमा तयार पारिएको मोदीको सुरक्षा घेराको स्केच अत्यन्तै गोप्य राखिएको छ। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका बेला पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको बताए। काठमाडौंबाट हेलिकप्टरमा जनकपुर आउने भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी तैनाथ रहनेछन्। मोदीको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेनालाई खटाइएको छ। दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र मोदीको सबभन्दा नजिकको अन्तिम घेरामा भारतीय सुरक्षाकर्मी खटिनेछ। राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोसाकमा अर्को घेरामा तैनाथ गरिनेछ। सुरक्षाकर्मीले मोदी चढेको हेलिकप्टरको हेलिप्याड, उनको नागरिक अभिनन्दन गरिने मञ्च र पन्डाल तथा कति दूरीमा सर्वसाधारण राख्ने र त्यहाँको सुरक्षा व्यवस्था कसरी मिलाउने, त्यसको स्केच तयार पारेको छ। ‘मोदीको भ्रमणका बेला जनकपुरको शान्ति–सुरक्षाको बन्दोबस्त उच्चस्तरको मिलाइनेछ,’ आन्तरिक मामिलामन्त्री यादवले भने, ‘सुरक्षा बन्दोबस्त कडा हुनेछ।’ वैशाख २८ गते नेपाल भ्रमणमा काठमाडौं पुग्ने भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टरबाट जनकपुर आउने कार्यक्रम छ। मोदीको जनकपुर भ्रमणबारे नेपाल र भारतको सरकारले औपचारिक पुष्टि नगरे पनि यहाँ उनको आगमनको तयारी तीव्र पारिएको छ। डीआईजीको नेतृत्वमा भारतबाट आएका सुरक्षाकर्मीले जनकपुर भ्रमणको क्रममा मोदी पुग्ने रंगभूमि मैदान र जानकी मन्दिरमा विशेष निगरानी बढाएको छ। नेपाली सुरक्षाकर्मीसँग मिलेर भारतीय सुरक्षाअधिकारीले रंगभूमि मैदानदेखि जानकी मन्दिरसम्मको सडकमा अपनाइने सुरक्षा बन्दोबस्त मिलाएको छ। मोदी रंगभूमि मैदानमा अवतरण गरेपछि सडक मार्ग प्रयोग गर्दै जानकी मन्दिर पुग्नेछन्। रंगभूमि मैदानदेखि करिब ५ सय मिटरको दूरीमा रहेको जानकी मन्दिरसम्म पुग्न मोदीले गाडीको प्रयोग गर्नेछन् कि पैदल यात्रा, त्यो खुलाइएको छैन। सुरक्षाकर्मीले गाडी वा पैदल दुवै अवस्थामा हुने मोदीको यात्रालाई केन्द्रित गरेर सुरक्षाको बन्दोबस्त मिलाएको छ। भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्रालयको टिम मंगलबार यहाँ आउँदै छ। परराष्ट्र मन्त्रालयको टिमले मोदीको जनकपुर भ्रमणको तयारी र अपनाइएको सुरक्षा व्यवस्थाबारे समेत जानकारी लिने स्रोतले बतायो। मोदीको जनकपुर भ्रमणलाई सुरक्षित बनाउन नेपाली सुरक्षा निकायका उच्च अधिकारीहरू बुधबार यहाँ आउँदै छन्। आन्तरिक मामिलामन्त्री यादवका अनुसार बुधबार जनकपुर आउने उच्च सुरक्षाअधिकारी मोदीको भ्रमण अवधिसम्म यहीँ खटिनेछन्। मोदीको जनकपुर भ्रमणका बेला करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। आन्तरिक मामिलामन्त्री यादवले मोदीको सुरक्षा बन्दोबस्तका लागि प्रदेशको सुरक्षाकर्मी अपुग भए बाहिरबाट समेत झिकाउने बताए। मोदीको जनकपुर भ्रमणको सुरक्षाको कमान्ड मन्त्री यादवले आफैं सम्हालेका छन्। उनको अध्यक्षतामा बनेको सुरक्षा समितिमा आन्तरिक मामिला राज्यमन्त्री, मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका सचिव छन्। सुरक्षा ‘खतरा’ हुन नदिन प्रदेश सरकारले जनकपुर आउने र बाहिरिने मानिसहरूको निगरानी र तथ्यांक संकलन थालेको छ। ट्राफिक प्रहरीलाई यो अवधिमा जनकपुर आउने र बाहिरिने व्यक्तिको सबै विवरण राख्न प्रदेश सरकारले निर्देशन दिएको छ। यहाँको होटल तथा पसलमा समेत निगरानी बढाइएको छ। होटल सञ्चालकलाई ग्राहकको प्रमाण खुल्ने सबै विवरण दुरुस्त राख्न भनिएको छ। सुरक्षाकर्मीले चेकजाँच समेत गरिरहेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending