Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

विद्यालयसम्बन्धी अभिलेख उपलब्ध गराउन काठमाडौं महानगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिका, शिक्षा विभागले ‘शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय’ काठमाडौंलाई विद्यालय व्यवस्थापनसम्बन्धी अभिलेख हस्तान्तरण गर्न आग्रह गरेको छ। विभागका प्रमुख प्रल्हाद अर्यालले इकाइ कार्यालयलाई पत्र पठाउँदै काममा सहज बनाइदिनका लागि विद्यालयका व्यवस्थापनसम्बन्धी सबै अभिलेख हस्तान्तरण गर्न आग्रह गरेका हुन्। उनले जिल्लाको माध्यमिकसम्मको शिक्षाको काम संविधानअनुसार स्थानीय तहले गर्ने भएकाले अहिलेसम्म कुनै अभिलेख नआउँदा काम गर्न समस्या परेको उनले बताए। अर्यालले पटक–पटक तत्कालीन जिल्ला शिक्षा कार्यालयसँग अनुरोध गर्दा पनि हस्तान्तरण नगरिएकाले पुनः इकाइ कार्यालयलाई हस्तान्तरण गर्नका लागि पत्र लेखिएको जानकारी दिए। ‘हामीलाई संविधानले माध्यमिक तहसम्मको काम गर्ने अधिकार दिएको छ’, उनले भने, ‘तर अभिलेख नहुँदा काममा समस्या परेको छ। तत्कालीन जिल्ला शिक्षा अधिकारीले हस्तान्तरण नगरेको हुनाले पुनः पत्राचार गरेका हौँ।’ यस्तै उपसचिव अर्यालले महानगरमा भवन अभाव भएकाले इकाइ कार्यालयमा नै कार्यालय स्थापना गर्नका लागि कोठासहित आवश्यक फर्निचर उपलब्ध गराउन आग्रह गरेका छन्। अभिलेख अन्यत्र लैजानुभन्दा त्यही भवनमा राख्दा सजिलो हुने भएकाले एक फ्ल्याटसहित फर्निचर एक हप्ताभित्र उपलब्ध गराउन आग्रह गरिएको अर्यालले जानकारी दिए। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE