Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

भारतका तीन पूर्वराजदूत १८ दिनदेखि के गर्दैछन् काठमाडौंमा ?

काठमाडौं । भारतका तीन पूर्वराजदूत १८ दिनदेखि नेपालमा छन् । उनीहरू कुनै राजनीतिक भेटघाटका लागि आएका भने होइनन् । पर्यटकका रूपमा आए पनि राजदूत भएर गइसकेकाले आफ्ना निकटस्थलाई मात्र भेट्दा पनि राजनीतिक भेटघाट नै हुने अधिकारीहरू बताउँछन् । आजको कान्तिपुर दैनिकमा खबर छ–उनीहरू अहिले राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरूलाई भेट गरिरहेका छन् । उनीहरूले व्यापारिक समुदायलाई पनि भेटेको बताइएको छ । पूर्वराजदूतहरू देव मुखर्जी, श्यामशरण र रञ्जित रे यतिबेला काठमाडौंको द्वारिका होटलमा बसेर भेटघाटमा व्यस्त छन् । उनीहरू शनिबार स्वदेश फर्कंदै छन् । निजी भ्रमणमा आएकाले अनौपचारिक छलफल भएको भेटेर फर्कनेहरू बताउँछन् । संविधानपछिको अवस्था, वर्तमान सरकार र नेपाल–भारत सम्बन्ध लगायतको विषयमा उनीहरू गफिरहेका थिए । नेपालको हिमाली क्षेत्रका प्रशंसक हुन्– तीनै पूर्वराजदूत । काठमाडौंमा रहँदा उनीहरूले नेपालको सौन्दर्यको प्रशंसा गरिरहन्थे । नेपालको विकास पर्यटन र ऊर्जा नै हो भन्दै आएका उनीहरू अहिले आफैं पर्यटकका रूपमा नेपाल आएका हुन् । दुनेबाट फोक्सुन्डो ताल हुँदै पुनस् दुने नै फर्केका उनीहरू अधिकांश समय हिँडे । ‘लोअर डोल्पो सर्किट’ मा उनीहरूले ट्रेक गरेका हुन् । अप्रिल ९ मा काठमाडौं आएका उनीहरू दुई दिनपछि यात्रा सुरु गरेका थिए । नेपाल आएको जानकारी परराष्ट्र मन्त्रालयलाई रहेको भए पनि उनीहरूको चाहनाअनुसार गोप्य राखिदिएको थियो । त्यो क्षेत्रको ट्रेकका लागि अध्यागमन विभागको अनुमतिसमेत लिनुपर्ने भएकाले उनीहरू त्यो प्रक्रियासमेत पूरा गरेर नै त्यस क्षेत्रको भ्रमण गरेका हुन् । एक साताको १० डलर अनुमतिका लागि तिर्नुपर्ने हुनाले त्यो समेत अनुमति लिएर विशुद्ध पर्यटकका रूपमा उनीहरूले भ्रमण गरे । उनीहरू दुई साता त्यस क्षेत्र घुमेर बिहीबार काठमाडौं फर्केका हुन् । तीनै जना नेपालको ‘कुर्सियल’ समयमा राजदूत भएका थिए । राजा वीरेन्द्रको वंश नास (राजदरबार हत्याकाण्ड) हुँदाको असहज परिस्थितिमा मुखर्जी नेपालमा राजदूत थिए । उनी त्यसको केही समयमा फर्केपछि डा. आईपी सिंह ८ महिना राजदूत रहे । त्यसपछि श्यामशरण राजदूतका रूपमा आए । राजाको प्रत्यक्ष शासनकाल र माओवादी द्वन्द्वको समयमा उनी नेपालमा राजदूत रहे । दुई वर्षभन्दा बढी समय राजदूत रहेका श्यामशरण भारतीय विदेश सचिव भएर फर्के । उनी फर्केपछि उनको समेत संलग्नतामा तत्कालीन विद्रोही माओवादी र दलहरूबीच १२ बुँदे दिल्ली सम्झौता भएको थियो । गणतन्त्र संस्थागत गर्ने, संविधान जारी हुने, निर्वाचन प्रक्रिया अघि बढाउनेजस्ता कार्यको प्रत्यक्षदर्शी भए राजदूत रञ्जित रे । मञ्जिभसिंह पुरी आउनुअघि रञ्जित रे नै यहाँ राजदूत थिए । उनको कालमा नै नेपाल–भारत सम्बन्धमा बादल लागेको थियो । नेपालीले पाँच महिना नाकाबन्दी खेप्नुपरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending