Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

फुर्सदिला प्रदेश प्रमुखः कोही पुस्तक पढेर कोही योगा र ध्यान गरेर दिन कटाउँछन्

काठमाडौं । सातै प्रदेशका प्रमुखलाई आजकाल खासै चटारो छैन । भूमिका नै कम भएपछि चटारो होस् नै कसरी ? खासमा उनीहरू फुर्सदमै छन् । कार्यालयमा न मारामार काम छ, न त भेटघाट नै बाक्लो चल्छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–त्यसैले, हिजो हरपल सक्रिय रहेका उनीहरूलाई आजको निस्क्रिय दैनिकी पट्यारिलो लाग्दै छ । प्रदेश प्रमुखको कार्यालयमा कति हुन्छन् जनशक्ति ? प्रदेश प्रमुखको कार्यालयमा सामान्यतः सचिवदेखि कार्यालय सहयोगीसम्म गरी १८ जनासम्म कर्मचारीको दरबन्दी हुन्छ । निजामती सेवाका सहसचिव कार्यालय सचिव रहन्छन् । २ उपसचिव, ७ शाखा अधिकृत र २ नायब सुब्बाको दरबन्दी हुन्छ । खरिदारलगायत अन्य पदमा पनि दरबन्दी हुन्छ । प्रमुखले निजी सचिवालयतर्फ भने १२ जनासम्म नियुक्त गर्न पाउँछन् । निवासमै कार्यालय कम्पाउन्डभित्रै दिन बित्छ गोविन्दबहादुर तुम्बाहाङले जीवनको लामो समय प्राध्यापनमै बिताए । दैनिक सयौँ विद्यार्थी र सहकर्मीसँगको घुलमिलमा उनलाई दिन बितेको पत्तै हुँदैनथ्यो । तर, अहिले उनको दैनिकी चक, डस्टर र मार्कर खेलाउँदाको भन्दा ठीक उल्टो छ । घरभित्रै १६ घन्टा बिताउनु १६ दिन बिताएजस्तो लागिरहेछ । बिहान ५ बजे उठिसक्ने तुम्बाहाङलाई निवास छाडेर कार्यालय दगुर्नु पर्दैन । उनको घरमै छ कार्यालय छ । उठेर आधा घन्टाजति कम्पाउन्डमै ओहोरदोहोर गरेपछि एक झमट नुहाउँछन् । ‘बिहानको खाजा लिएपछि पत्रपत्रिकामा भुल्दाभुल्दै १० बजिसकेको हुन्छ । अनि, कार्यालयको कामतिर लाग्छु,’ प्रमुख तुम्बाहाङले भने, ‘सम्बन्धित कसैलाई केही काम पर्‍यो भने निवासमै पत्र लिएर आउँछन् ।’ उनको दैनिकीमा भेटघाटको तालिका खासै हुँदैन । त्यसैले दिनभर फुर्सदिला हुन्छन् । यो समय पुस्तक पढेर दिन छोट्याउँछन् । ‘दिउँसो कार्यक्रम हुँदैन, कहिलेकाहीँ हुने हो, त्यसैले दिउँसो व्यस्त हुन्नँ,’ तुम्बाहाङले सुनाए । समाचारमा अपडेट हुनु, उनको खास तालिकामा पर्छ । कुनै दिन बिहान पत्रिका आएन भने बेलुकीपख टेलिभिजन समाचारबाट अपडेट हुन्छन् । बेलुकाको खाना ७ बजेतिर खाने उनी ९ बजेसम्म सुतिसक्छन् । यो बीचमा टेलिभिजनमै भुल्छन् । भेटघाट गर्‍यो दिन कटायो पूर्वप्रशासक रत्नेश्वरलाल कायस्थ योजनाविद् पनि हुन् । संघीय समाजवादी फोरमको राजनीतिमा सक्रिय थिए । हिजोको दौडधुपपूर्ण जीवन आज फेरिएको छ । प्रदेश प्रमुख नियुक्त भएपछि जनकपुरमा दिन काट्न सजिलो लागेको छैन उनलाई । कार्यालयमा खासै काम हुँदैन, कोही भेट्न आइदिए गफिने हो । कसैले बोलाइदिए कार्यक्रममा पुग्ने हो, तर यस्तो मौका मुस्किलले जुर्छ । ५ बजे उठ्ने कायस्थ प्रणायाम गर्छन् ७ बजेसम्म । ‘त्यसपछि करिब ४५ मिनेट जनकपुर क्षेत्रमै ३–४ किमी पैदल हिंड्छु र फर्किएपछि पत्रपत्रिका पढ्न थाल्छु,’ कायस्थले सुनाए । समाचार पढ्दापढ्दै १० बजिसक्छ, यो समयमा कहिलेकाहीँ भेटघाट पनि हुन्छ । खाना खाइवरी कार्यालय पुग्ने उनी साँझ ५ बजेतिर मात्रै निवास फर्किन्छन् । तर, कार्यालयमा रहँदा दिन के गरी कटाउँ भन्ने हुन्छ । कतै कसैले कार्यक्रममा बोलाएको दिन दिन बिताउन सजिलो भएको अनुभव उनले सुनाए । ‘२–३ दिनमा एउटा सामाजिक कार्यक्रममा निमन्त्रणा हुन्छ, उद्घाटन र शिलान्यास गर्छु,’ उनले भने । निवास फर्किएपछि ७ बजेतिर खाना खाने उनी केही घन्टा पुस्तक पढ्न र टिभी हेर्न खर्चिन्छन् । ‘राजनीतिक विश्लेषणात्मक बहस कार्यक्रम छ भने टिभी हेर्छु, नत्र पुस्तक पढ्नतिर लाग्छु,’ कायस्थले सुनाए । व्यस्त रहनुपर्ने बानी बाध्यवश बन्धनमा सामाजिक अभियन्ता अनुराधा कोइरालाको विगत निकै व्यस्त थियो । तर, प्रदेश प्रमुख भइसकेपछि बाध्यतावश उनी बन्धनमा छिन् । संविधानले जुन पायो त्यो कार्यक्रममा जान र जहाँ पायो त्यहाँ निस्किन छुट दिएको छैन । अरू प्रदेश प्रमुखजस्तै कोइराला पनि आजकाल फुर्सदमै छिन् । ‘केही काम गरिरहनुपर्ने सक्रिय मान्छे हुँ, तर अहिले हैसियतले पनि धेरै सक्रिय हुन दिएन,’ उनले नयाँ पत्रिकालाई सुनाइन् । बिहान बेलुका निवासमै पूजापाठमा रुमलिन्छिन् । ‘बिहान ५ बजेतिर उठेर नुहाईधुवाई गरेपछि पूजापाठतिर लाग्छु । त्यसपछि पत्रपत्रिका पढेर केही घन्टा बिताउँछु,’ उनले भनिन् । दिउँसोको समयमा कहिलेकाहीँ उद्घाटन र शिलान्यासका लागि निम्ता आउँछन् । उनी पुग्छिन् । ‘निम्तो आएका केही सामाजिक कार्यक्रममा सहभागी हुन्छु त्यस्ता कार्यक्रम पनि धेरै हुँदैनन्,’ कोइरालाले सुनाइन् । कार्यालयमा १० देखि ५ बजेसम्म रहँदा खासै काम हुँदैन । तर, नियमित जान त परिहाल्यो । कार्यालयमा उनको भेटघाट पनि खासै हुँदैन । राजनीतिक व्यक्तित्व नभएका कारण भेटघाटका लागि कमै पुग्छन् । फुर्सद मिल्यो कि कानुन पढ्यो प्रदेश प्रमुखमा नियुक्त हुनुभन्दाअघि बाबुराम कुँवरको दैनिकी निकै सक्रिय हुन्थ्यो । वरिष्ठ अधिवक्ता भएका कारण मुद्दा मामिलाका काम भ्याई –नभ्याई हुन्थ्यो । तर, अहिले उनको दैनिक गति सुस्त छ । कुवँरले भने, ‘बिहान हेल्थ क्लबबाट फर्केपछि नुवाईधुवाई सक्दा साढे ७ बजिसक्छ । त्यसपछि पत्रपत्रिका पढ्न सुरु गर्छु ।’ बिहान कहिलेकाहीँ भेटघाटका कार्यक्रम पनि हुन्छन् । १० बजे खाना खाइसकेर कार्यालय पुगिसक्छन् । तर, काम खासै हुँदैन । ‘कार्यालयमा पुगेर प्रशासनिक र व्यवस्थापकीय कार्यक्रम हेर्छु, र त्यसैअनुसार काम गर्छु,’ कुवँरले दैनिकी सुनाए, ‘फुर्सदमा संविधान तथा कानुनका किताब अध्ययन गर्छु । पुरानो पेसाका सहकर्मीहरूसँगै उनको भेटघाट र कुराकानी बढी हुन्छ । अन्य सार्वजनिक कार्यक्रमहरूमा भने पुग्दैनन् । उनी भन्छन्, ‘त्यस्ता कार्यक्रममा जान खासै रुचि पनि हुँदैन ।’ कुवँर आध्यात्मिक पनि छन् । त्यसैले, आध्यात्मिक कार्यक्रमहरूमा भने सहभागी हुन्छन् । ‘आध्यात्मिक कार्यक्रममा सहभागी हुँदा शान्ति र तनावबाट मुक्ति हुन्छ,’ उनले मनका कुरा गरे । साँझ घर फर्किएपछि भने दिनभरको समाचारमा अपडेट हुन्छन् । साँझ सामान्य कसरत पनि गर्छन् । सुझाब लिन आउनेलाई बाटो देखाइदिन्छु झा प्रदेश प्रमुख बनेपछि पहिलेजस्तो सक्रिय छैनन् । तर, अन्य प्रदेश प्रमुखको तुलनामा उनको व्यस्तता बढी नै छ । किनभने उनी पूर्वसचिव मात्रै होइनन्, पूर्वमन्त्री बनिसकेका व्यक्तित्व हुन् । उनीसँग विभिन्न योजनाका सुझाब लिन आउनेको संख्या अहिले पनि पातलो छैन । ‘मसँग आएर विकासका योजना र कार्यक्रम माग्छन् । तर, बजेट पारिदिने वा दिने अधिकार प्रदेश प्रमुखलाई छैन,’ उनले भने, ‘व्यक्तिका आवश्यकताअनुसार योजना र कार्यक्रमका लागि कुन मन्त्रालय र मन्त्री भेट्नुपर्ने हो भनिदिन्छु ।’ बिहान ५ बजे उठिसक्ने उनी एक घन्टाजति मर्निङ वाक गर्छन् । त्यसपछि सरसफाई गरेर पत्रपत्रिकामा भुल्छन् । निवासमै बिहानैदेखि भेटघाट सुरु हुन्छ । दिउँसो कार्यालयमा पनि भेटघाटले निरन्तरता पाउँछ । उनले दिउँसोको कार्यक्रम सुनाए, ‘विधेयक प्रमाणीकरण गर्नेबाहेक कार्यालयमा काम नै पर्दैन । त्यसैले, भेटघाटमै समय बित्छ । कहिलेकाहीँ सामाजिक कार्यक्रममा पनि पुग्छु ।’ कामै नभए पनि साँझ ५ बजेसम्मको पूरा अवधि कार्यालयको कुर्सीमै बिताउँछन् झा । साँझ निवास फर्किए ८ बजेभित्र खाना खाइसकेर उनी केहीबेर पुस्तक पढ्छन् र १० बजेभित्र सुतिसक्छन् । एउटै कम्पाउन्डमा निवास र अफिस छिनछिनमै कहिले यता, कहिले उता सुर्खेतमा दुर्गाकेशर खनालको ‘टिपिकल’ परिचय डिके सर हो । शिक्षण पेसामा रहँदा डिके सर बनेका उनी राजनीतिमा पनि सक्रिय रहे । प्रदेश प्रमुख बस्नुपर्ने घेराभित्रै रहेर पनि उनी सकेसम्म सक्रिय हुन खोज्छन् । दैनिक भेटघाट र कार्यक्रमहरूमा सहभागी भइरहन्छन् । तर, दिनहुँ कार्यक्रम नहुने भएपछि कार्यालयमै दिन काट्छन् । ‘बिहान ४ बजे उठेर नित्यकर्ममा लाग्छु । ५ देखि ६ बजेसम्म योगा गर्छु । मर्निङ वाकमा पनि निस्किन्छु,’ उनले बिहानको कार्यतालिका सुनाउँदै भने, ‘७ बजेपछि घर फर्किएर एक कप चिया पिउँदै पत्रपत्रिका पढ्छु । बिहान केही भेटघाट पनि भइरहेकै हुन्छ ।’ निवासको आडैमा कार्यालय छ । चार पाइला हिँडेर १० बजे कार्यालय छिर्छन्, जाँगर चले विधेयकहरू अध्ययन गर्छन् । तर, ११ बजे खाना खान फेरि निवासमै फर्किन्छन् । त्यसपछि पुनः १ बजे कार्यालय छिर्छन् । कार्यालयमा रहँदा विधेयकहरू पढ्ने र प्रमाणीकरण गर्नेबाहेक काम खासै हुँदैन । आक्कलझुक्कल सार्वजनिक कार्यक्रममा सहभागी हुन तथा उद्घाटन र शिलान्यास गर्न पुग्छन् । साँझ ५ बजे घर फर्किएपछि पनि भेटघाट हुन्छ । ‘साँझतिर पनि मन्त्री, सांसद, राजनीतिकर्मी तथा अन्य सामाजिक क्षेत्रका व्यक्तिसहित साथीभाइहरू भेटघाटमा आउनुहुन्छ,’ खनालले भने । बेलुका टिभी हेर्ने बानी उनको पनि छ । अरू काम छैन मुख्य ध्यान स्वास्थ्यमा मल्लको दैनिकी पनि फुर्सदिलो छ । दिनभर खासै कार्यक्रम हुँदैन । आफ्नै स्वास्थ्यको बाहेक चिन्ता गर्नुपर्ने अरू विशेष भूमिका पनि छैन । बिहान साढे ५ बजेतिर उठ्ने मल्ल लगत्तै मनतातो पनि पिउँछन् । एक घन्टाजति योगा र ध्यान गर्छन् । त्यतिवेलासम्म झन्डै ७ बजिसकेको हुन्छ । अब, उनको दैनिक तालिकामा चिया पिउने वेला हुन्छ । ‘सात बजेतिर योगा, ध्यान सबै सकेर चिया पिउँछु, अनि पत्रपत्रिका पढन सुरु गर्छु,’ मल्लले भने । दिन के गरेर बिताउने ? उनी समय कटाउन साथीभाइलाई भेट्न बोलाउँछन् । कोही बिहान आउँछन्, कोही दिउँसो । बिहान ११ बजेपछि कार्यालय पुग्ने उनी साँझ ५ बजेसम्म बस्छन्, कामै नभए पनि । कार्यालयमा भेटघाट नै उनको प्रमुख काम हुन्छ । बाहिर कार्यक्रमतिर सहभागी हुने मौका आक्कलझुक्कल जुर्छ । मल्लको टिभी हेर्ने बानी भने छैन । बरु, साहित्य र कानुनका किताब पढ्छन् । राति साढे ८ बजेभित्र खाना खाने उनी सुत्नुअघि एकपटक नियमित ध्यान गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending