Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

एमालेमा प्रवेश गर्न लागेको हल्ला चलेपछि नारायणकाजीले मुख खोले

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू नेकपा एमालेमा प्रवेश गर्ने भन्ने कुरा झुटो भएको बताएका छन् । यस्ता अनावश्यक कुराले कसैलाई पनि भ्रममा पार्न सक्ने अवस्था नरहेको भन्दै उनले आफ्ना बारेमा चलाइएको गलत हल्ला निराधार भएको बताए । \'निश्चित रुपमा मैले वामपन्थी गठबन्धन र पार्टी एकताका लागि पहल गरेको हुँ । तर निर्णायक पहल भने प्रचण्ड र केपी ओलीले नै गर्नुभएको हो । दुवै पार्टी एक हुँदैछ । म कमरेड प्रचण्डकै टिमसँग एकतावद्ध छु । अन्यथा सोच्नुपर्ने आवश्यकता छैन\' श्रेष्ठले भने । \'जहाँसम्म म एमालेमा जाने भनिएको छ, त्यो सर्वथा झुट हो । त्यसरी सोच्नुपर्ने आवश्यकता पनि छैन ।\' आफूले पार्टी एकताका लागि प्रचण्डलाई कुनै दबाब नदिएको तर सहयोग गरिरहेको श्रेष्ठले बताए । श्रेष्ठले एमाले र माओवादीबीचको पार्टी एकता छिटै हुने दाबी पनि गरे । फरक फरक पृष्ठभूमिका दलबिचको पार्टी एकता प्रक्रिया भएकाले केही ढिला हुनु स्वभाविक भएको श्रेष्ठको भनाई छ । एकताको मिति अहिले नै किटान गर्न नसकिए पनि छिटै एकता हुने उनको दाबी छ । पार्टी एकता लक्ष्यमुखी हुनुपर्ने भन्दै श्रेष्ठले केही समय शक्ति सुदृढ गर्नका लागि गरिने एकताले जनतालाई केही पनि दिन नसक्ने बताए । उनले केही समय सरकार चलाउनका लागि मात्रै एकता हुन लागेको नभै देश र जनतालाई उपलब्धि दिनका लागि दुई दल मिल्न लागेको बताए । जनताको जीवन फेर्ने गरी अगाडि बढ्नका लागि समाजिक न्यायसहितको समृद्धि हासिल गर्नु नै अहिलेको लक्ष्य भएको श्रेष्ठले बताए । संविधानअनुसार समाजवादको बाटोतर्फ जाने गरी सैद्धान्तिक रुपमा दुई दलबिच एकता गरिने उनको भनाई छ । दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता भएकाले सम्मानजनक एकता हुनुपर्ने श्रेष्ठको भनाई छ । \'लक्ष्यमुखी, सिद्धान्तनिष्ठ र सम्मानजनक एकता हुन्छ\' श्रेष्ठले भने । प्रधानमन्त्री पदलाई आलोपालो गर्ने कुरा आवश्यक नरहेको श्रेष्ठको भनाई छ । \'वामपन्थी गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा मात्रै हामी केन्द्रित र्छौँ ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending