Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

महिलाजति चोरबाटो विदेशः जहाँ नेपाली महिलालाई पशुसरह खरिदबिक्री गरिन्छ

\"\"धनगढी । कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्किइन् । जाँदाजस्तो फर्किन सजिलो भएन, लक्ष्मीलाई । ‘घर फर्कन पाउँछु भन्ने आशा मरिसकेको थियो । मालिकका घरमा जेलसजाय भुक्तान गरिरहेको कैदीजस्ती भएकी थिए,’ उनी भन्छिन्, ‘अनेक जुक्ति लगाई मालिकलाई फकाएर धन्न घर फर्किन पाएँ ।’ वैदेशिक रोजगारीका लागि कैलालीमा राहदानी लिने महिलाको संख्या ५ हजार ८६ भए पनि तीमध्ये ७ सय ७ जनाले मात्रै श्रमस्वीकृति लिएका छन्, अरू कुन बाटो भएर पुगे खाडी ? भारतको दम्बोली । आजको कान्तिपुर दैनिकमा खबर छ–हो, त्यही ठाउँमा खरिद–बिक्री भएकी थिइन्, लक्ष्मी । ‘मालिक’ ले त्यही ठाउँबाट उनलाई जहाजमा राखेर आफ्नो देश कुवेत लगे । त्यहाँ करिब दुई वर्ष बन्धकझैं बस्नुपरेको उनले बताइन् । ‘बिहान ७ देखि राति १२ बजे काम गर्नुपथ्र्यो,’ उनले सम्झिइन्, ‘भर पेट खान पनि दिन्थेनन्, मालिकले आफूले छाडेको जुठो खाना दिन्थ्यो ।’ बच्चाको स्याहार गर्ने मूल काम भए पनि घर सफाइदेखि भाँडासम्म माझ्नुपथ्र्यो उनले । मालिक रिसालु प्रवृत्तिको थियो । गाली नगरेको र नकुटेको दिनै हुन्थेन । घरबाट बाहिर निस्केर पनि कता भाग्ने रु त्यहाँको प्रहरीले पक्रिने डर सधैं रहन्थ्यो । पीडा सहेर बाँच्नुको विकल्प थिएन । उनी मालिकलाई रिझाएर उम्कने जुक्ति लगाइरहेकी थिइन् । ‘दुई वर्षको अवधिमा मेरा हातका रेखा मेटिइसकेका थिए । भाग्यरेखाप्रतिको विश्वास त झनै टुटिसकेको थियो,’ लक्ष्मी भन्छिन् । एक दिन ‘मालिक–मालिक्नी’ असाध्यै खुसी मुडमा घर फर्किए । ‘मैले घरमा आमा एक्लै र बिरामी अवस्थामा रहेको भन्दै फर्किने इच्छा व्यक्त गरेँ । सोच्दै नसोचेको कुरो भयो । मालिकले हुन्छ भनिदिए,’ उनले सुनाइन् । तर, कुवेत एयरपोर्टबाट जहाजले भुईं नछोडासम्म उनी ढुक्क थिइनन् । मालिकको मुड परिवर्तन होला कि भन्ने आशंका थियो । मालिकले उनका हातमा जहाजको टिकट र डेढ वर्षको तलबबापत करिब दुई लाख नेपाली रुपैयाँ थमाइदिएको दियो । ‘तर मलाई त्यो बेला पैसाभन्दा टिकट पाउनु ठूलो कुरा लाग्यो,’ उनले भनिन् । लक्ष्मी कैलालीको दुर्गम गाउँ कनरीबाट भारतको दम्बोली कसरी पुगिन् त ? ‘गाउँकै स्कुलमा ८ कक्षामा पढ्थेँ । घरनजिकै नेपालगन्जकी एक महिला डेरा लिएर बस्थिन् । उनका श्रीमान् टोपबहादुर विदेश पठाउने काम गर्थे । ती महिलाले विदेशमा राम्रो कमाइ हुने र दुई वर्षमै धनगढीमा घर किन्न सकिने सपना देखाइन्,’ उनले भनिन्, ‘एक दिन टोपबहादुरले पासपोर्ट बनाएर ल्यायो । उसको पछि लागेर नेपालगन्जको रुपैडिया नाका भएर भारतको दम्बोली पुग्यौं ।’ उनले विदेश जानकै लागि नागरिकतामा दुई वर्ष बढाएर २० वर्ष उमेर लेखाएकी थिइन् । दम्बोलीमा नेपाली युवतीको खरिदबिक्री नै हुने गरेको उनले बताइन् । ‘त्यहाँको एउटा हलमा मजस्ता धेरै नेपाली दिदीबहिनीहरूलाई दिनभरि बसाइन्थ्यो । विदेशीहरू आउँथे । सबैलाई उभ्याएर छामछुम गरी हेरिन्थ्यो । मन परेकालाई लैजान्थे । मसँगैकी अर्की महिला साउदी अरब गइन्,’ उनी भन्छिन्, ‘नेपाली मात्र नभएर बंगाली र भारतीय महिला पनि त्यहाँ थिए ।’ दम्बोलीमा दुई महिना बसेपछि मालिकको रोजाइमा परेकी थिइन्, लक्ष्मी । उनी अहिले सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्ने एक संस्थामा स्वयंसेवा गर्छिन् । उनको काम वैदेशिक रोजगारीमा जाने चाहनेहरूलाई गैरकानुनी प्रक्रियाबाट जानबाट रोक्न यससम्बन्धी परामर्श दिनु हो । भारतको बाटो अवैध प्रक्रियाबाट वैदेशिक रोजगारीमा पुगेर कष्ट झेल्ने लक्ष्मी एक्ली होइनन् । पछिल्लो समय अरू थुप्रै चेली भारतीय बाटो भएर खाडी मुलुक पुग्ने गरेका छन् । त्यहाँ सोचेअनुसारको काम नपाएर दुस्ख मात्र झेल्दैनन्, श्रम तथा शारीरिक शोषणमा समेत पर्ने गरेका छन् । गैरकानुनी प्रक्रियाबाट विदेश पुगेर समस्यामा परेका थुप्रै महिलालाई उद्धार गरिरहेको सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले बताए । उनले कैलालीबाट गैरकानुनी तरिकाले विदेश पुगेका महिलाको संख्या ठूलो भएको बताए । सुरक्षित आप्रावासन परामर्श तथा सूचना केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष ०६९र०७० देखि हालसम्म कैलालीबाट वैदेशिक रोजगारीका लागि राहदानी लिने महिलाको संख्या ५ हजार ८६ छ । तीमध्ये ७ सय ७ जनाले मात्रै श्रमस्वीकृति लिएको देखिन्छ । यही अवधिमा कैलालीबाट ४१ हजार ४ सय ५७ पुरुषले राहदानी लिएका छन । तीमध्ये ३५ हजार ५ सय ६१ जना अर्थात् ८५ प्रतिशतले श्रमस्वीकृति लिएका छन् । महिलाका हकमा श्रमस्वीकृति लिने १३ प्रतिशत मात्र छन् । ‘जबकि राहदानी बनाएर घरमै बसेका महिलाको संख्या त्यति धेरै छैन,’ सूचना केन्द्रकी परामर्शदाता लक्ष्मीदेवी चौधरीले भनिन्, ‘राहदानी लिएका महिलालाई विभिन्न स्रोतबाट खोजेर सम्पर्क गर्दा १० मा एक जना मात्रै भेटिने गरेका छन् ।’ परियोजनाका जिल्ला संयोजक चौधरी राहदानी लिने अधिकांश महिलाले वैदेशिक रोजगारीको अवैध बाटो पछ्याएको बताउँछन् । ‘खोजी गर्दा पछिल्लो समय महिलाहरू भारतकै बाटो भएर विदेश पुगेको देखिन्छ,’ उनी भन्छन् । अहिले कैलाली जिल्ला प्रशासनभन्दा काठमाडांैस्थित श्रम मन्त्रालयबाट राहदानी लिनेको संख्या बढी छ । यस क्षेत्रमा कार्यरत संस्थाहरूले अवैध मार्गबाट वैदेशिक रोजगारीमा जानेको संख्या १० हजार पुगेको दाबी गरेका छन् । अधिकांश महिलाले राहदानी काठमाडांैबाट बनाउने गरेको पनि खुलेको छ । ‘दलालले महिलालाई फकाएर अवैध मार्गबाट सुटुक्क लैजान खोज्छन्,’ केन्द्रकी परामर्शदाता चौधरीले भनिन्, ‘यसरी भागेर जाने महिलाको रेकर्ड राख्न सकिएको छैन ।’ उनका अनुसार वैदेशिक रोजगारीमा जाने महिलाले परिवारलाई समेत जानकारी दिएका हुँदैनन् । ‘परिवारले स्वीकृति नदेला कि भन्ने आशंकामा महिलाहरू सुटुक्क विदेशको भिसा लगाउँछन्,’ उनले भनिन्, ‘उता समस्या परेपछि मात्रै परिवारलाई खबर गर्ने चलन छ ।’ चौधरीले वैदेशिक रोजगारी क्रममा समस्या खेपेका १० महिलाले उद्धारका लागि आफ्नो संस्थामा निवेदन दिएको बताइन् । २ सय ५१ जना पुरुषको पनि निवेदन परेको छ । पुरुषले बिरामी परेको, दलालले ठगेको, सम्झौताअनुसारको काम र तलब नपाएको समस्या बढी सुनाउने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending