Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

गृहमन्त्री बादलले दिए तल्लो तहका हजाराैं प्रहरी खुशी हुने यस्तो निर्देशन

\"\"काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाका निर्देशनपछि सशस्त्र प्रहरी वलको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्रमा लामो समयदेखि रोकिएको सिपाहीदेखि एसएसपीसम्मको बढुवा प्रक्रिया सुरु भएको हो । गृहमन्त्री थापाको ८२ बुंदे कार्ययोजनामा समेत प्रहरी र सशस्त्रमा रोकिएको बढुवा सुचारु गर्ने उल्लेख थियो । दुवै सुरक्षा निकायको माथिल्लो तहको बढुवा मात्र हुने गरेको भन्दै तल्लो तहमा निराशा उत्पन्न भएको अवस्थामा गृहमन्त्रीको निर्देशनपछि सशस्त्रमा बढुवा प्रक्रिया सुचारु भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको ध्यान सिपाही र मध्यम तहका अधिकृतको बढुवामा भन्दा माथिल्लो तहका अधिकारीको बढुवामा मात्रै केन्द्रित भएपछि गृहमन्त्री थापाले तल्लो तहका अधिकृतहरुको बढुवा प्रक्रिया तुरुन्त अघि बढाउन निर्देशन दिएका थिए । आईजीपी खनाल फाजिलमा रहेका एआईजीको सरुवा गर्न र रिक्त उच्च अधिकारीको बढुवा गर्न लविङमा लागेका थिए । गृहमन्त्री थापालाई खनालले उच्च अधिकारीहरुको बढुवा गर्न लागेको सूचना पुगेपछि मंगलबार तत्काल तल्लो तहमा रोकिएको बढुवा सुचारु गर्न निर्देशन दिएका थिए । गहृमन्त्रीको निर्देशनपछि सशस्त्रका डिआईजी सुरज कुमार श्रेष्ठले बधबार साँझ बढुवाको सुचना प्रकाशित गरेका थिए । सशस्त्र प्रहरी सेवा साधारण समूह, हवल्दार, वरिष्ठ हवल्दार, सहायक निरीक्षक, नायव निरीक्षक, वरिष्ठ नायव निरीक्षक, निरीक्षक र एसएसपीसम्मको ९ पदमा बढुवाका लागि ७ दिनभित्र मुल्याङकन फारम भर्न सूचना प्रकाशित गरिएको हो । सशस्त्र प्रहरी वलमा योग्य उम्मेदावरले ७ दिनभित्र आफू बढुवा हुन योग्य कारणसहित मुल्याङ्कन फारम भर्ने नियम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending