Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

विपद् व्यवस्थापनका लागि ‘मन्त्रालय’ कि ‘प्राधिकरण’ भन्नेमा विवाद

काठमाडौँ, भूकम्पबाट उत्पन्न विपत्तिको दिगो व्यवस्थापनका लागि मन्त्रालय गठन गर्ने कि अधिकार सम्पन्न प्राधिकरण बनाउने भन्ने सम्बन्धमा मुलुकको राजनीतिक बृहत्मा बहस सुरु भएको छ ।
विभिन्न दलका नेताहरुले विपद् व्यवस्थापनका लागि नयाँ मन्त्रालय गठन गर्ने वा शक्तिशाली प्राधिकरण बनाउनुपर्ने आवाज उठाइरहेका बेला संसदीय समितिमा समेत त्यसबारेमा छलफल सुरु भएको छ ।
व्यवस्थापिका–संसद्को अर्थ समितिको आजको बैठकमा पनि भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्वास र पुनःनिर्माणका लागि छुट्टै मन्त्रालय गठन गर्नुपर्ने, प्रधानमन्त्री कार्यालयको मातहतमा रहने गरी अधिकार सम्पन्न प्राधिकरण बनाउनुुपर्ने वा दुवै हुनुपर्ने भन्ने सम्बन्धमा छलफल सुरु भएको छ ।
बैठकमा प्रभावित क्षेत्रका जनतालाई तत्काल अस्थायी बसोवासका लागि त्रिपालका साथै जस्तापाता वितरण गर्नुपर्ने, सरकारले पुनःनिर्माणका लागि घोषणा गरेको २०० अर्बको कोष थोरै हुने भन्दै त्यसलाई बढाउनुपर्ने, उद्धार तथा राहत कार्यमा दिनरात नभनी खट्नेलाई पुरस्कार र कालोबजारी एवम् काम नगर्नेलाई कारबाही गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
सांसदहरुले आर्थिक वर्ष २०७२÷७३ लाई विपद् वर्ष घोषणा गरी सरकारका सबै अङ्ग, निकाय, प्रतिष्ठानलगायतले वार्षिकोत्सव, स्वर्णमहोत्सव, रजतजयन्तीजस्ता कार्यक्रम नमनाउने र त्यसबाट बचत हुने रकम पुनःनिर्माण कोषमा दाखिला गर्नुपर्ने बताएका थिए ।
समितिका सभापति प्रकाश ज्वालाको सभापतित्वमा सम्पन्न बैठकमा सांसदहरुले राहत तथा उद्धारको कार्यलाई एकद्वार प्रणालीका आधारमा पारदर्शी, निष्पक्ष र प्रभावकारी रूपमा निरन्तरता दिनुपर्ने र घाइतेको उपचार सरकारले निःशुल्क गर्नुपर्ने जोड दिनुभएको थियो ।
बैठकमा अर्थ समितिका ५२ जना सांसदहरुको १५ दिनको तलब बराबर हुन आउने रकम रु ११ लाख ४९ हजार ७०० भूकम्पपीडितलाई सहयोग गर्नेबारेमा समेत छलफल भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending