Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

माओवादी एमाले एकता : यि हुन् टुंगिन बाँकी तीन विषय

\"\"आशंका आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमा प्रधानमन्त्री ओलीले सोमबार प्रचण्डसँगको वार्ताबारे ब्रिफिङ गरेपछि एमाले नेताहरूले दुई पार्टीबीच मुख्य अविश्वास आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमै देखिएको निष्कर्ष निकालेका छन् । आलोपालो अध्यक्षता कसरी गर्ने र हैसियत के हुने विषय अधिकांश अन्तरिम विधानले नै टुंग्याइसकेकाले प्रधानमन्त्रीका विषयमा प्रचण्डलाई कन्भिन्स गरेर अघि बढ्ने बैठकले निष्कर्ष निकालेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–‘प्रधानमन्त्रीको विषय लिखित नै गर्दा पार्टी एकताको सन्देश नजाने भएकाले त्यसो गर्नु राम्रो होइन, तर आलोपालोबारे वान अन वानमा हुन्छ कि, संयोजन समितिमै छलफल गरेर कसरी हुन्छ, टुंगो लगाउनु नै राम्रो हुन्छ भन्ने सुझाव दिएका छौँ,’ एक एमाले नेताले भने । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि आशंका निवारण गर्ने उपायको खोजी गर्दै तत्काल एकता टुंग्याउनुपर्नेमा जोड दिएका थिए । दुई अध्यक्षबीच अढाइ घन्टा छलफल प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच एकताका टुंगिन बाँकी विषय पार्टी एकता संयोजन समितिमा छलफल गर्ने समझदारी भएको छ । दुई नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार भएको छलफलमा मंगलबार बस्ने संयोजन समिति बैठकमा छलफल गर्ने समझदारी भएको हो । ‘उहाँहरूबीचको भेटवार्तापछि एकता संयोजन समितिको बैठक बोलाइएको हो,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने, ‘के कुराकानी भयो विस्तृत जानकारी नभए पनि बाँकी विषय टुंग्याएर एकता छिटो गर्ने दिशामै छलफल भएको छ ।’ एमाले र माओवादीले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा एकता घोषणा गर्ने बताउँदै आएका छन् । अध्यक्षद्वय ओली र प्रचण्डबीच सोमबार बिहान साढे दुई घन्टा छलफल भएको थियो । साढे १० बजेदेखि १ बजेसम्म भएको छलफलका लागि प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सीधै प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच एकतासम्बन्धी कार्यदलले बुझाएको राजनीतिक र सांगठनिक प्रतिवेदनमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बजगाईंले बताए । ‘छलफलमा भएको समझदारीअनुसार मंगलबार एकता संयोजन समितिको बैठक बोलाइएको हो,’ उनले भने । टुंगिन बाँकी तीन विषय संख्या अनुपात कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित १० वटै तहका कमिटीको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने विषय टुंगो लाग्न बाँकी छ । यद्यपि, दुवै पार्टीका नेताहरूले एकतामा नीति, सिद्धान्त र लक्ष्य महत्वपूर्ण रहेकाले कसको कति प्रतिशत सहभागिता भन्ने विषय ठूलो नरहेको बताउँदै आएका छन् । एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिटलाई ध्यान दिँदै अनुपात मिलाउने पक्षमा छ । तर, माओवादी भने त्यसरी जाँदा विलयको अर्थ लाग्ने भन्दै समानतालाई आधार मान्नुपर्ने अडानमा छ । दुई दलका दुई रणनीतिकै कारण कार्यदलले टुंग्याउन नसकेका विवादित विषय शीर्ष नेता सम्मिलित संयोजन समितिमा आइपुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending