Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

घेराबन्दीमा प्रचण्डः आफ्नैहरुको बढी दवाव

\"\"काठमाडौं । भोटेकोसी किनारको ‘सुकुटे बीच’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ। राजनीतिक तनाव भयो कि, दाहाल ‘रिफ्रेस’ हुन हरेक पटक सुकुटे पुग्ने गर्छन्। यसपटक पनि दाहाल तनाव साम्य पार्न आइतबार सुकुटे पुगेका छन्। पूर्वनिर्धारित सहमतिअनुसार राजनीतिक गतिविधि अघि बढे एमाले-माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्रका नेताको ‘दबाब’ तीव्र छ। एकीकरण हुँदा सैद्धान्तिक रूपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष त छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिबेला सबैभन्दा ठूलो दबाब नेता व्यवस्थापनमा परेको छ। उच्च स्रोतका अनुसार एमालेसँग पार्टी एकतापछि केन्द्रीय तह सानो हुने भएपछि आफूलाई कुनै पनि हालतमा केन्द्रीय तहमा पार्न नेताले दाहाललाई तीव्र दबाब दिइरहेका छन्। दाहाल आफैं पनि पार्टी एकतापछिको आफ्नो स्थान र भूमिकाबारे पिरलोमा रहेको उनीनिकट नेताहरूको भनाइ छ। ‘अध्यक्षज्यू रिफ्रेस हुन सुकुटे पुग्नुको खास कारण पनि यही हो’ दाहाल नजिकका एक नेताले अन्नपूर्ण पोस्ट्सँग भने, ‘पार्टी एकता नगर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट दिइएको दबाबका कारण धेरथोर तनाव होला तर यसलाई उहाँले इग्नोर गरिरहेजस्तो लाग्छ।’ एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित दुवै कार्यदलको सुझावका आधारमा वैशाख ९ गते पार्टी एकता गर्ने घोषणा गरिएको थियो। तर, पार्टी नेताको व्यवस्थापनमा समस्या देखिएपछि दाहालले पछिल्लोपटक ‘बराबरी’ का आधारमा एकता गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन्। दुई दलबीच एकता गर्न बनेको कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समितिको प्रस्ताव गरेको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार माओवादी केन्द्रको मात्र ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति, ३ सय ९९ सदस्यीय पोलिटब्युरो र ३४ सदस्यीय स्थायी समिति छ। पार्टी एकताका क्रममा माओवादी केन्द्रका अधिकांश नेताको तह ‘घटुवा’ हुने निश्चित भएपछि पार्टीभित्र उत्पन्न तरंगले अध्यक्ष दाहाल तनावमा छन्। एमाले एक नेताका अनुसार पार्टी एकताका लागि एमालेतर्फ कुनै समस्या छैन। तर, दाहालले आन्तरिक व्यवस्थापन कसरी गर्छन् भन्नेमा ९ गतेको एकता घोषणामा भरपर्ने एमालेका ती नेताको भनाइ छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणअगावै पार्टी एकताको कोसिस गरे पनि दाहालले आन्तरिक व्यवस्थापन गर्न नसक्दा त्यतिखेर एकता घोषणा नभएको एमाले नेताको भनाइ छ। ‘केन्द्रीय कमिटीमा सम्मानजनक व्यवस्थापन गर्ने नीतिगत निर्णय हुन्छ’, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकता हुन्छ, आन्तरिक तयारी भइरहेका छन्।’ पार्टी एकीकरण प्रक्रिया संवादविहीन रहकै अवस्थामा दाहाल सिन्धुपाल्चोकको सुकुटे पुगे पनि एक÷दुई दिनभित्र एमाले अध्यक्ष ओली र दाहालबीच कुराकानी हुने नेताहरू बताउँछन्। पार्टी एकताका कारण उत्पन्न तनावबाट मुक्त हुन र थप गृहकार्य गर्न दाहाल सुकुटे पुगेको माओवादी केन्द्रका नेताको भनाइ छ। दाहालसँगै माओवादी केन्द्रका नेता अग्नि सापकोटा पनि सुकुटेमै छन्। सुकुटेमा दाहालले एकताबारे गृहकार्य गर्ने नेताहरूको बुझाइ छ। यसअघि दाहाल तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव दर्ता गर्ने बेलामा पनि सुकुटे गएका थिए। पार्टी एकताको गृहकार्य गर्न बनेको कार्यदल र राजनीतिक प्रतिवेदन कार्यदलका प्रतिवेदन बुझ्ने क्रममा वैशाख ९ गते कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन एमाले माओवादी पार्टी एकता गर्ने घोषणा गरिएको थियो। एमाले संसदीय दलका उपनेता एवं कार्यदलका नेता सुवास नेम्बाङले प्रधानमन्त्री ओलीको भारत भ्रमण र प्रधानमन्त्रीको रारा भ्रमणका कारण पार्टी एकता प्रक्रियामा केही ढिलोजस्तो देखिए पनि ओली र दाहालबीच केही दिनभित्रै बैठक बस्ने बताए। ‘आज(भोलिमै दुई नेता बस्नुहुन्छ। त्यसपछि एकता संयोजन समितिको बैठक बस्छ। पूर्वनिर्धारित वैशाख ९ गते नै पार्टी एकता घोषणा हुन्छ,’ नेम्बाङले भने। पार्टी एकताबारे छलफल गर्न एमालेले यसै साता पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। माओवादी नेता मणि थापाले भने वैशाख ९ गते नै एकता घोषणा गर्न आवश्यक गृहकार्य पूरा हुने सम्भावना नरहेको बताए। ओली–दाहाल भेटका शृंखला चैत १२ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमक्ष एकीकृत पार्टीका कमिटीमा दुवै पक्षका बराबरी संख्याका नेता(कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव चैत १५ गते प्रधानमन्त्रीको भारत भ्रमणअगाडि नै पार्टी एकता गर्ने प्रस्ताव प्रधानमन्त्री केपी ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा जाने तयारीका कारण टरेको चैत २० गते एमाले(माओवादीले वैशाख ९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै दुवै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुने। चैत २१ गते एमाले(माओवादीले वैशाख ९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै दुवै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुन लागेको हो। चैत २२ गते एमाले(माओवादीले वैशाख ९ गते काठमाडौंमा भव्य सभा आयोजना गरी पार्टी एकताको घोषणा गर्ने भएका छन्। बिहीबार बसेको पार्टी एकता संयोजन समिति बैठकले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकताको घोषणा गर्ने निर्णय गरेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए। वैशाख ३–४ गते वार्ता हुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमक्ष एकीकृत पार्टीका कमिटीमा दुवै पक्षका बराबरी संख्याका नेता(कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending