Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

प्रधानमन्त्रीदेखि कलाकारसम्मले गराए विद्यार्थी भर्ना , कसले कसको लिए जिम्मा ?

\"\"काठमाडौं । विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् । प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर रहेका बालबालिका विद्यालयबाहिर रहेकाले प्रधानमन्त्री र मन्त्रीहरूले अभिभावकत्व ग्रहण गरेका हुन् । बालबालिकालाई विद्यालय ल्याउन प्रधानमन्त्रीको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानका क्रममा मन्त्रीहरूले समेत अभिभावकत्व ग्रहण गरेका हुन् । आजको नयाँपत्रिका दैनिकमा खबर छ– १ वैशाखमा प्रधानमन्त्री तथा मन्त्रीहरूले विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकालाई जिम्मा लिएर भर्ना गरेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री, सांसद तथा मन्त्रीहरूले समेत अभिभावकत्व ग्रहण गरेका छन् । बालबालिकालाई विद्यालय ल्याउन सरकारले ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ प्रधानमन्त्रीको नेतृत्वमा भर्ना अभियान सञ्चालन गरिएको हो । कलाकारहरूसमेत भर्ना अभियानमा जुटेका छन् । अनिवार्य शिक्षा ऐनअघि नै विद्यालय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले अनिवार्य शिक्षा ऐन आउनुअघि नै सबैलाई विद्यालय ल्याउन खोजेको बताए । त्यसका लागि विद्यालय उमेर समूहका तर, विद्यालय बाहिर रहेका बालबालिकालाई अभिभावकत्व ग्रहण गरेर विद्यालयमा ल्याउने पोखरेलले बताए । बालबालिका भर्ना गरेर विद्यालयमा टिकाउन खोजेको उनको भनाइ छ । उनले यो वर्ष भर्ना गरेका बालबालिकालाई विद्यालयमा निरन्तरता दिने काम सरकारले गर्ने बताए । उनले समताको सूचीमा रहेकालाई अभिभावकत्व ग्रहण गरेर विद्यालयमा ल्याउन आग्रह गरेका छन् । अभिभावकत्व ग्रहण गर्नेले के गर्नुपर्छ ? आर्थिक अवस्था निकै कमजोर भएका र शारीरिक रूपमा अस्वस्थ भएका बालबालिका विद्यालय बाहिर छन् । बालबालिकालाई विद्यालयमा ल्याउन सरकारले अभिभावकत्व ग्रहण र अभिभावकलाई सहायता कार्यक्रमको नीतिसमेत लिएको छ । स्वेच्छिक अभिभावकत्व ग्रहण गर्नेले न्यूनतम स्टेसनरी, पोसाक र दिवाखाजाको व्यवस्था गर्नुपर्नेछ । विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख वा पिछडिएका वर्ग र समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न सरकारले आह्वान गरेको छ । आधारभूत तहमै सवा तीन लाख विद्यालय बाहिर सरकारी तथ्यांकअनुसार अहिले आधारभूत तह (कक्षा ८ सम्म) अध्ययन गर्ने उमेरका सवा तीन लाख बालबालिका विद्यालयको पहुँचबाहिर छन् । शिक्षा विभागका निर्देशक केशव दाहालका अनुसार आधारभूत तहमा तीन लाख १३ हजार २८९ बालबालिका विद्यालयबाहिर छन् । कक्षा १–५ सम्म अध्ययन गर्ने उमेर समूहका ८८ हजार दुई सय ६ बालबालिका विद्यालय बाहिर छन् । माथिल्लो तहमा भने विद्यालय उमेर समूहका बालबालिका विद्यालय नजाने समस्या झनै धेरै छ । विगतमा भन्दा विद्यालय बाहिर रहने विद्यार्थीको संख्या केही घटेको छ । संविधानले नै आधारभूत तह ९कक्षा ८ सम्म०लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । शिक्षा मन्त्रालयले समेत केही जिल्लामा अनिवार्य शिक्षा कार्यक्रम पाइलटिङको रूपमा लागु गरेको थियो । तर, सोही तहमै लाखौँ बालबालिका विद्यालय बाहिर रहँदा धेरै चुनौती थपिएको विज्ञ बताउँछन् । सबैभन्दा बढी समस्या तराईमा सबैभन्दा बढी तराईमा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छन् । प्रदेश २ मा मात्र एक लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले तराई मधेसका जिल्लामा धेरै बालबालिका विद्यालय बाहिर भएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरेका छन् । धेरै समस्या भएकाले भर्ना अभियानका क्रममा प्रधानमन्त्री सिरहामा जाने कार्यक्रम छ । ५ वैशाखलाई भर्ना अभियानको विशेष दिनका रूपमा सरकारले मनाउँदै छ । कसले कसको लिए जिम्मा ? प्रधानमन्त्री केपी ओलीले मुगुका ठिन्लेसाँबु लामा, रक्षामन्त्री ईश्वर पोखरेलले सूर्यदेवी रोकाया र पुस्कर रोकाया, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कार्मासाङ्जिन लामा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पुन्नबहादुर कुमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीकी अस्मिता परियार, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अभिषेक नेपाली र शिखा जिरेल (दोलखा)को अभिवाकत्व लिएका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरोज नेपाली, प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नम्रता राना तथा सभामुख अर्जुनबहादुर थापाले गंगा रोकाया र जमुना रोकाया, पूर्वसभामुख सुवास नेम्वाङले विनिता नेपाली, पूर्वमन्त्री जनार्दन शर्माले सन्तोष भियाल र कांग्रेस नेता गगन थापाले रसिका श्रेष्ठ (बूढानीलकण्ठ)को अभिभावकत्व ग्रहण गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending