Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

वर्ष ०७५ : आशाको आगमन

\"\"संविधान कार्यान्वयनमा गति राजनीतिक स्थिरता सुनिश्चित वाम सरकारलाई दुईतिहाइ मत छ । स्थिर सरकारलाई विकास, र सुशासनमा सकारात्मक परिणाम ल्याउन तुलनात्मक रूपमा सजिलो हुन्छ । सरकारको आयु छोटो भएकै कारण बहुसंख्यक कर्मचारीले असहयोग गरेको पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अनुभव छ । ‘एउटा दस्तखत गर्न पनि विदेश भ्रमणको आस राख्ने कर्मचारी पनि भोगियो,’ थापा भन्छन्, ‘मन्त्री पाँच वर्षका लागि भन्ने मात्र परेको भए त्यो हदको छाडा हुन सक्दैन थिए-अाजको नयाँ पत्रिकामा खबर छ ।’ मन्त्रिपरिषद्को अनुहार तुलनात्मक रूपमा आशालाग्दो प्रधानमन्त्री केपी ओलीले छानेका अनुहारले पनि आशा जगाएको छ । अर्थशास्त्री डा. युवराज खतिवडा पार्टीबाहिर पनि आसलाग्दो अनुहारको छवि बनाएका गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, लालबाबु पण्डित मन्त्री छन् । माओवादी कोटामा मन्त्री बनेका रामबहादुर थापा, मातृका यादव पनि आर्थिक मामिलामा विवादित छैनन् । वर्षमान पुन पनि ऊर्जाशील छन् । उनीहरू सर्वसाधारणलाई निराश हुन नदिन केही गर्न दबाबमा छन् । आन्दोलनरत असन्तुष्ट समूह पनि मूलधारमा प्रवेश ०६२/६३ को परिवर्तनदेखि आन्दोलनमा रहेका असन्तुष्ट समूह राजनीतिक प्रणालीमा मूल प्रवाहमा छिरेका छन् । प्रदेश २ को सरकार हाँकिरहेका मधेसी दल संघीय सरकारमा पनि जान तयार छन् । सरकार पनि फोरमलाई सरकारमा जोड्न इच्छुक देखिन्छ । संविधान संशोधनको प्रतिकारमा उत्रिएको एमाले नै संशोधनमार्फत मधेसी पार्टीको मुद्दालाई किनारा लगाउन उदार देखिएकाले मधेसको असन्तुष्टि सम्बोधन हुने देखिन्छ । प्रधानमन्त्रीको बुलन्द हौसला प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा केही गरेर छाड्नेमा प्रतिबद्ध देखिन्छन् । आफ्नो अहिलेको जिन्दगीलाई नाफाको आयु भन्ने गरेका ओलीले व्यक्तिगत लोभलालचबाट मुक्त भइसकेको घोषणा गरेका छन् । प्रधानमन्त्रीय पद्धतिअनुसार अधिकारको प्रयोग गर्न थालेका छन् । पछिल्लोपटक सचिवको सरुवा प्रधानमन्त्रीले चाहेअनुसार भयो, यसअघि मन्त्रीले आफूअनुकूलका सचिव छान्ने, मिलेमतोमा अनियमितता गर्ने प्रवृत्ति थियो । सचिवमार्फत मन्त्रीको कार्यसम्पादन ‘चेक’ गर्ने शैली नरेन्द्र मोदीले पनि अपनाएका छन् । ओलीले पनि त्यही शैली पछ्याएका छन् । साँच्चिकै लोभलालच त्याग्न सके सकारात्मक परिणाम ०७५ मा देखिनेछ । अघिल्लोपटक प्रधानमन्त्री हुँदा ठूला पूर्वाधारको सपना बाँडेका ओलीको अभियान जारी छ । सपना देख्नु खराब होइन । ओलीको विगत आसलाग्दो छैन तर, अहिले रहस्यमयी लाग्छन् कृष्ण खनाल राजनीतिक विश्लेषक लामो समयदेखि अस्थिरता र संक्रमण भोगेको देशमा यतिवेला स्थिरताको आस देखिएको छ । सरकारसँग जनअपेक्षा चुलिनुको मुख्य स्रोत स्थिरताको आस हो । वाम मतदाता बहुसंख्यक भएको देश भएकाले वाम गठबन्धनको सरकार बन्दा थप उत्साह देखिएको छ, एउटा माहोल देखिएको छ । मिडिया आदिमा वामपन्थीको बलियो नेटवर्क छ, यसैले माहोल बनाउन नियोजित प्रयत्न पनि भएको हुन सक्छ । म आफैँ पनि सरकारको अहिलेसम्मको कार्यसम्पादनलाई वाहियात भन्न सक्तिनँ । केपी ओलीको विगत हेर्दा आशावादी हुन सक्तिनँ । परीक्षण भइसकेका नेता हुन्, उनको विगतबाट आस जगाउन सकिन्न । तर, अहिलेका ओलीलाई हेर्दा रहस्यमयी लाग्छन् । उनी विगतभन्दा उल्टो, स्वार्थभन्दा माथि उठ्न खोजेका देखिन्छन् । उमेर, स्वास्थ्य आदिको कारणले मरिलानु के छ र, केही कीर्ति छाडेर जानुपर्छ भन्ने चेत आएको उनको अभिव्यक्तिबाट अनुमान गर्न सकिन्छ । मृत्युचेतना सबैभन्दा ठूलो चेतना हो, यो चेतले मान्छेलाई निष्क्रिय इमानदार बनाउँछ । यसैले उनी बृहत्तर हितमा अघि जान खोजेको हो कि भन्ने देखिन्छ । उनको नयाँ व्यक्तित्व विनिर्माण भएको छ । परीक्षण भइसकेका नेता भएकाले उनको क्षमताको भर गर्दिनँ । तर, निष्क्रिय इमानदारिता मात्र देखाए पनि धेरै सकारात्मक परिवर्तन हुन सक्छ । सबैभन्दा असन्तुष्ट मधेस, प्रणालीमा आउनु अर्को आसलाग्दो कुरा हो । विप्लव र सिके राउतले हल्लाउन खोजेर केही हल्लिनेवाला छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending