Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

वर्ष ०७५ : आशाको आगमन

\"\"संविधान कार्यान्वयनमा गति राजनीतिक स्थिरता सुनिश्चित वाम सरकारलाई दुईतिहाइ मत छ । स्थिर सरकारलाई विकास, र सुशासनमा सकारात्मक परिणाम ल्याउन तुलनात्मक रूपमा सजिलो हुन्छ । सरकारको आयु छोटो भएकै कारण बहुसंख्यक कर्मचारीले असहयोग गरेको पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अनुभव छ । ‘एउटा दस्तखत गर्न पनि विदेश भ्रमणको आस राख्ने कर्मचारी पनि भोगियो,’ थापा भन्छन्, ‘मन्त्री पाँच वर्षका लागि भन्ने मात्र परेको भए त्यो हदको छाडा हुन सक्दैन थिए-अाजको नयाँ पत्रिकामा खबर छ ।’ मन्त्रिपरिषद्को अनुहार तुलनात्मक रूपमा आशालाग्दो प्रधानमन्त्री केपी ओलीले छानेका अनुहारले पनि आशा जगाएको छ । अर्थशास्त्री डा. युवराज खतिवडा पार्टीबाहिर पनि आसलाग्दो अनुहारको छवि बनाएका गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, लालबाबु पण्डित मन्त्री छन् । माओवादी कोटामा मन्त्री बनेका रामबहादुर थापा, मातृका यादव पनि आर्थिक मामिलामा विवादित छैनन् । वर्षमान पुन पनि ऊर्जाशील छन् । उनीहरू सर्वसाधारणलाई निराश हुन नदिन केही गर्न दबाबमा छन् । आन्दोलनरत असन्तुष्ट समूह पनि मूलधारमा प्रवेश ०६२/६३ को परिवर्तनदेखि आन्दोलनमा रहेका असन्तुष्ट समूह राजनीतिक प्रणालीमा मूल प्रवाहमा छिरेका छन् । प्रदेश २ को सरकार हाँकिरहेका मधेसी दल संघीय सरकारमा पनि जान तयार छन् । सरकार पनि फोरमलाई सरकारमा जोड्न इच्छुक देखिन्छ । संविधान संशोधनको प्रतिकारमा उत्रिएको एमाले नै संशोधनमार्फत मधेसी पार्टीको मुद्दालाई किनारा लगाउन उदार देखिएकाले मधेसको असन्तुष्टि सम्बोधन हुने देखिन्छ । प्रधानमन्त्रीको बुलन्द हौसला प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा केही गरेर छाड्नेमा प्रतिबद्ध देखिन्छन् । आफ्नो अहिलेको जिन्दगीलाई नाफाको आयु भन्ने गरेका ओलीले व्यक्तिगत लोभलालचबाट मुक्त भइसकेको घोषणा गरेका छन् । प्रधानमन्त्रीय पद्धतिअनुसार अधिकारको प्रयोग गर्न थालेका छन् । पछिल्लोपटक सचिवको सरुवा प्रधानमन्त्रीले चाहेअनुसार भयो, यसअघि मन्त्रीले आफूअनुकूलका सचिव छान्ने, मिलेमतोमा अनियमितता गर्ने प्रवृत्ति थियो । सचिवमार्फत मन्त्रीको कार्यसम्पादन ‘चेक’ गर्ने शैली नरेन्द्र मोदीले पनि अपनाएका छन् । ओलीले पनि त्यही शैली पछ्याएका छन् । साँच्चिकै लोभलालच त्याग्न सके सकारात्मक परिणाम ०७५ मा देखिनेछ । अघिल्लोपटक प्रधानमन्त्री हुँदा ठूला पूर्वाधारको सपना बाँडेका ओलीको अभियान जारी छ । सपना देख्नु खराब होइन । ओलीको विगत आसलाग्दो छैन तर, अहिले रहस्यमयी लाग्छन् कृष्ण खनाल राजनीतिक विश्लेषक लामो समयदेखि अस्थिरता र संक्रमण भोगेको देशमा यतिवेला स्थिरताको आस देखिएको छ । सरकारसँग जनअपेक्षा चुलिनुको मुख्य स्रोत स्थिरताको आस हो । वाम मतदाता बहुसंख्यक भएको देश भएकाले वाम गठबन्धनको सरकार बन्दा थप उत्साह देखिएको छ, एउटा माहोल देखिएको छ । मिडिया आदिमा वामपन्थीको बलियो नेटवर्क छ, यसैले माहोल बनाउन नियोजित प्रयत्न पनि भएको हुन सक्छ । म आफैँ पनि सरकारको अहिलेसम्मको कार्यसम्पादनलाई वाहियात भन्न सक्तिनँ । केपी ओलीको विगत हेर्दा आशावादी हुन सक्तिनँ । परीक्षण भइसकेका नेता हुन्, उनको विगतबाट आस जगाउन सकिन्न । तर, अहिलेका ओलीलाई हेर्दा रहस्यमयी लाग्छन् । उनी विगतभन्दा उल्टो, स्वार्थभन्दा माथि उठ्न खोजेका देखिन्छन् । उमेर, स्वास्थ्य आदिको कारणले मरिलानु के छ र, केही कीर्ति छाडेर जानुपर्छ भन्ने चेत आएको उनको अभिव्यक्तिबाट अनुमान गर्न सकिन्छ । मृत्युचेतना सबैभन्दा ठूलो चेतना हो, यो चेतले मान्छेलाई निष्क्रिय इमानदार बनाउँछ । यसैले उनी बृहत्तर हितमा अघि जान खोजेको हो कि भन्ने देखिन्छ । उनको नयाँ व्यक्तित्व विनिर्माण भएको छ । परीक्षण भइसकेका नेता भएकाले उनको क्षमताको भर गर्दिनँ । तर, निष्क्रिय इमानदारिता मात्र देखाए पनि धेरै सकारात्मक परिवर्तन हुन सक्छ । सबैभन्दा असन्तुष्ट मधेस, प्रणालीमा आउनु अर्को आसलाग्दो कुरा हो । विप्लव र सिके राउतले हल्लाउन खोजेर केही हल्लिनेवाला छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending