Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

आईपीएलको नाममा जुवा, एकै खेलमा करोडौं हारजित

\"\"काठमाडाैं ।  भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगन्जमा त्यसैका नाममा करोडौँको जुवा चलिरहेको छ। आईपीएलका हरेक खेलमा हारजितका लागि अवैध जुवा खुलेआम चलाइएको हो। अाजको अन्नपूर्णमा खबर छ-आईपीएलको सट्टाबाजीमा वीरगन्जमा मात्रै दैनिक अधिकतम् एक करोड रुपैयाँसम्मको हारजितको बाजी लाग्ने गरेको छ। आइपिएलमा हारजितको बाजी लगाउनेमा यहाँका क्रिकेट प्रेमी युवा मात्र नभई औद्योगिक घरानाका व्यपारी, राजश्व छलेर सामान भित्रयाउने तस्कर, नेता र ठेकेदारसमेत छन्। वीरगन्जमा सट्टाबाजीको अवैध कारोबारका लागि दलालहरुले लागि गोप्यरुपमा कार्यालय नै सन्चालन गरेका छन्।आईपीएल म्याचमा हारजीतको बाजी लगाउँदै आएका आदर्शनगरका एक व्यपारीका अनुसार आदर्शनगर, मुर्ली श्रीपुर र घण्टाघर क्षेत्रमा कोठा भाडामा लिएर दलालहरुले गोप्य रुपमा सट्टाबाजीको कार्यालय सञ्चालन गरेका हुन्। सट्टाबाजीको अवैध कारोबार गर्ने सट्टाबाज र हारजितको रकम बाजी लगाउने व्यक्तिबीच मध्यस्थकर्ता गर्ने स्थानीय दलाललाई बुक्की भनिन्छ। वीरगन्जमा आईपीएल सट्टाबाजीको धन्दामा संलग्न बुक्कीहरु दलाल मात्रै हुन्। सट्टाबाजको मुख्य गिरोह भारतको राजस्थानस्थित जयपुरमा छ। जयपुरमा रहेका सट्टाबाजको गिरोहले वीरगन्जमा ६ जना व्यक्तिलाई दलाली गर्ने जिम्मा दिएका छन्। कसरी लगाइन्छ बाजी ? वीरगन्जका बुक्कीहरुले सट्टाबाजी खेल्ने जुवाडे (ग्राहक) हरुले लगाएको बाजीको रकमबारे जयपुरका सट्टेबाजलाई फोनमार्फत जानकारी गराउँछन्। हारजित भएपछि बाजी जित्ने ग्राहकलाई रकम भुक्तानी दिने र हार्ने ग्राहकले जम्मा गराएको रकम जयपुर पठाउने काम बुक्कीहरुले गर्छन् । दलाली बापत बुक्कीहरुले निश्चित रकम कमिशन पाउँछन्। बाजी लगाएको रकमको २० प्रतिशत कमिशन बुक्कीहरुले लिन्छन्। आईपीएलको हरेक म्याचमा वीरगन्जका एक बुक्कीलाई १५ देखि २० लाख रुपैयाँ आम्दानी हुन्छ। बुक्कीले जयपुरमा रहेका मुख्य गिरोहलाई न्यूनतम २० देखि २५ लाख भारु धरौटी जम्मा गराएपछि मात्र सट्टाबाजको धन्दा चलाउने अनुमति पाउँछ। यसरी हुन्छ जुवा वीरगन्जमा एक म्याचमा एक बुक्कीमार्फत अधिकतम ५० लाख रुपैयाँसम्मको सट्टाबाजी लाग्ने गरेको छ। सट्टाबाजी प्रत्येक म्याचमा खेल्ने टीमको हारजित, ओभरमा बन्ने रनको संख्या, खेलाडीले बनाउने व्याक्तिगत रन र विकेटका लागि लाग्ने गरेको छ। हारजितको बाजी लगाउने जुवाडेले बुक्कीको कार्यालयमा न्युनतम् १० हजार रुपैयाँ धरौटी जम्मा गराएर आफनो मोबाइल नम्बर टिपाउनु पर्छ। धरौटी रकम जम्मा गराएर मोबाइल नम्बर टिपाएपछि मात्रै बुक्कीले आफनो गोप्य मोबाइल नम्बर सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउँछन्। बुक्कीले अग्रिम रकम जम्मा गराएको व्यक्तिबाहेक अरु कसैसँग सट्टाबाजी नै लगाउदैनन्। आईपीएलमा सट्टाबाजी लगाउँदै आएका मु्र्ली श्रीपुरका क्रिकेट प्रेमी एक युवक भने, ‘बुक्कीको मोबाइलमा जसको नम्बर सेभ छ, उसले मात्रै बाजी लगाउन पाउँछ, नम्बर सेभ छैन भने फोन गर्दा बुक्कीले कल नै रिजेक्ट गरिदिन्छ।’ ‘१० हजार भन्दा कम रकमको बाजी  बुक्कीले लगाउदैनन्’, उनले भने, ‘मैले पनि उद्घाटन खेलमा मुम्बई इण्डियन्सको पक्षमा २० हजारको बाजी लगाएको थिएँ, तर हारेँ। २० लाखसम्मको बाजी ठूला उद्योगी व्यपारी र तस्करहरुले भने एउटै म्याचमा २० लाख रुपैयाँसम्मको बाजी लगाउने गरेको पनि उनले बताए। आईपीएल चलिरहेका बेला वीरगन्जमा प्रत्येक दिन सट्टाबाजीमा दैनिक एक करोड रुपैयाँसम्मको हारजित हुँदा पनि प्रहरीले भेउ पाउन सकेको छैन। पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बूले भने क्रिकेट म्याचको सट्टाबाजी धन्दा वीरगन्जमा पनि चलिरहेको विषयमा अहिलेसम्म जानकारी नै नभएको बताए। ‘वीरगन्जमा रकमको हारजित हुने गरी सट्टाबाजी धन्दा पनि भइरहेको छ भन्ने पहिलो पटक सुन्दैछु’,  उनले भने, ‘अब हामी यस कुराको पत्ता लगाउँछौँ। पर्सा प्रहरीका प्रवक्ता लिम्बूले वीरगन्जमा अहिले चलिरहेको सट्टाबाजी धन्दाबारेमा अनभिज्ञता जनाए पनि सन् २०१५ को आइपिएल चलेका बेला २०७२ वैशाख २४ गते वीरगन्जकै आदर्शनगरबाट प्रहरीले सट्टाबाजी धन्दा चलाएका गिरोहका पाँच जनालाई ठूलो रकमसहित पक्राउ गरेको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending