Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

यसकारण एमाले-माअोवादी एकता वैशाख ९ मै घोषणा हुनेमा आशंका

\"\"काठमाडाैं । एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ । पार्टी एकतासम्बन्धी विधान र राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले वैशाख ९ मा पार्टी एकता गर्न सुझाएको थियो । त्यही दिन घोषणा गर्ने गरी दुवै दलले आ–आफ्नो पार्टीमा आन्तरिक तयारी अघि बढाउने भनिएको थियो । तर, वाम एकता संयोजन समिति बैठकले एकताको औपचारिक मिति तय गर्दै दुई दलबीच विवादित विषय निरूपण नगर्दा दुवै दलमा संशय छाएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भारत भ्रमणमा जानुअघि गत २२ गते समितिको बैठक बसेको थियो । अाजको कान्तिपुरमा खबर छ-उक्त बैठकले भारत भ्रमणलगत्तै विवादित विषय टुंगो लगाउने समझदारी गरेको थियो । तर, प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि बैठक नै बस्न सकेको छैन । कहिले बैठक बस्ने भन्ने तय नभएको समितिका सदस्यसमेत रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउने भनिएको हो, नेताहरूको व्यस्तताका कारण बैठक बस्न सकेको छैन,’ उनले भने । एमाले र माओवादीबीच एकताका लागि आन्तरिक तयारी गर्न एउटा व्यवस्थापन समिति बनाउने भनिएको थियो । जनपरिचालनलगायत कामका लागि सहजीकरण गर्न त्यस्तो समिति आवश्यक ठानिएको थियो । तर, त्यो समिति नै बनेको छैन । त्यसैले जनवर्गीय संगठन परिचालन गर्ने भनिए पनि उनीहरूले एकतासम्बन्धी काम अघि बढाएका छैनन् । एमाले र माओवादीबीच तीनवटा विषयमा अझै विवाद छ । जनयुद्ध, चुनाव चिहन र एकीकृत पार्टीको केन्द्रीय समितिमा कुन पार्टीका कति जना रहने भन्ने विषय टुंगो लगाउन बाँकी छ । माओवादीले बराबरी हैसियतमा एकता गर्नुपर्ने धारणा राखेपछि दुई दलबीचको दूरी केही बढेको छ । त्यस्तै प्रधानमन्त्री ओलीले सरकारमा एकलौटी ढंगले निर्णय गर्न थालेको गुनासो पनि माओवादी पक्षले गरेको छ । पछिल्लो ३० सचिव सरुवा प्रकरणलाई लिएर माओवादी मन्त्रीहरू रुष्ट छन् । एकीकृत पार्टी नभएकै अवस्थामा प्रधानमन्त्रीको यो शैलीले एउटै पार्टी भएपछि झन् बढी दबदबा कायम गर्न सक्ने शंका माओवादीले गरेको छ । यो विषयमा कुरा गर्न मन्त्रीहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह पनि गरिसकेका छन् । ‘एउटै पार्टी मात्र हुँदा त छलफल हुन्छ तर अहिले फरक–फरक पार्टी अस्तित्वमा रहँदा पनि सामान्य छलफल गरिएन, छलफल गरेरै उहाँलाई लागेको निर्णय गरेको भए केही बिग्रिने थिएन,’ माओवादीका एक मन्त्रीले भने, ‘त्यसैले आगामी दिनमा पार्टीभित्रको कार्यशैली पनि यही ढंगको हुने हो कि भन्ने लागेर एकपटक कुरा गर्न अध्यक्षलाई आग्रह गरेका छौं ।’ यो प्रकरणपछि प्रधानमन्त्री ओली र दाहालबीच प्रहरी महानिरीक्षक नियुक्ति सन्दर्भमा औपचारिक कुराकानी भयो । तर, पार्टी एकता र सरकारको कार्यशैलीका विषयमा कुराकानी हुन सकेको छैन । बुधबार एकता संयोजन समितिको बैठक बोलाइएको थियो । तर, माओवादी अध्यक्ष दाहाल बिरामी भएको भन्दै स्थगित गरियो । दाहालको अस्वस्थता शारीरिक हो कि राजनीतिक भन्नेबारे अहिले दुई दल वृत्तमा चर्चा भइरहेको छ । दाहाल बिहीबार चितवन पुगेका छन् । शुक्रबार पनि उनी त्यहीँ रहनेछन् । प्रधानमन्त्री ओली शुक्रबार कर्णाली जाने कार्यक्रम छ । उनी वैशाख १ गते शनिबार रारामा हुने कार्यक्रममा सहभागी हुनेछन् । त्यसैले अझै दुई दिन एकतासम्बन्धी बैठक बस्ने छैन । एकताका लागि अनौपचारिक रूपमा तय गरिएको मिति आउन करिब एक साता बाँकी रहँदा विवादित मुद्दा टुंगो लाग्न नसकेपछि संशय बढेको हो । यद्यपि पार्टी एकताकै विषयमा छलफल गर्न भन्दै एमालेले बोलाएको वैशाख ६ को पोलिटब्युरो र ७ गतेको केन्द्रीय समिति बैठक भने यथावत् छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending