Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

२० वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमान्बाट दुई सन्तान

[caption id=\"attachment_48629\" align=\"alignleft\" width=\"750\"]\"\" सांकेतिक फोटो[/caption] रोल्पा । एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन् । गरिबी, बेरोजगारी, चेतना अभाव तथा अशिक्षा नै बालविवाहको मुख्य कारक तत्व रहेको अधिकारकर्मीको भनाइ छ । ‘जबसम्म जिल्लाका सम्पूर्ण किशोर किशोरी वा तिनका अभिभावक बालविवाहले निम्त्याउने समस्या तथा चुनौतीका बारेमा जानकार हुँदैनन् तबसम्म जिल्लामा बालविवाह न्यूनीकरण हुन सक्दैन’, पूर्व शिक्षक खोविलाल सुवेदीले भनिन् । उमेर नपुग्दै विवाह गर्ने र दुई तीन सन्तानका आमा बन्नु उनीहरुको रहर नभएर बाध्यता भएको पीडित महिलाको भनाइ छ । रोल्पा नगरपालिकाकी चाहना क्षेत्री अहिले २० वर्ष पुग्दै छिन् । यतिबेलासम्म उहाँ दुई सन्तानकी आमा बनिसक्नुभएको छ । ती दुई सन्तान उहाँका दुई श्रीमान्बाट जन्मिएका हुन् । उनले पहिलो श्रीमान्सँग सम्बन्धविच्छेद गरिसक्नुभएको छ भने हाल दोस्रो श्रीमान्बाट दोस्रो बच्चासमेत जन्मिसकेको छ । ‘लगातार तीन दिनको बिरामी परेर ममाथिकी दिदीको मृत्यु भएपछि मलाई आफ्नै भिनाजुले केहीवर्ष पहिले श्रीमतीका रुपमा उहाँको घरमा भित्र्याउनुभएको थियो तर भिनाजुको श्रीमती बन्नु मेरो रहर होइन बाध्यता थियो’ चाहनाले भनिन् । भिनाजुले दिदी मरे लगत्तै आफूलाई साथ दिन हारगुहार गर्न थाले । तिमीलाई तिम्री दिदीलाई भन्दा सुखसँग राख्छु, जिन्दगीभरि दुःख दिन्न । यदि मलाई साथ दिएनौँ भने तिम्रै घरमा झुण्डिएर मर्छु भन्दै बिलौना गर्न थाले । त्यसबेला म कक्षा ८ मा पढ्दै थिएँ । मलाई आफूभन्दा करीब १५ वर्ष जेठो भिनाजुसँग बिहे गर्ने नभएपनि बिलौना सुनेर मेरा बुबाआमाले पनि भिनाजुलाई साथ दिनुपर्ने बताउन थालेपछि म बन्धनमा परेर भिनाजुको घरमा भित्रिएकी थिएँ । भिनाजुले मेरो सिउँदोमा सिन्दूर लगाउन नपाउँदै म दुई जिउकी भएँ उनको घरमा म भित्रिएको करीब साडे एक महिनामा उनी धन कमाउने बहानामा भारतको सिमलाका लागि घरबाट हिँडेका थिए । उताबाट पर्केर बिहे गर्ने बाचा गर्दै मलाई झुठा आश्वासन बाँडेर हिँडेका भिनाजुले रोल्पाको सुलिचौरबाट अर्की श्रीमती लिएर हिँडेछन् । करीब ८–१० दिनसम्म त मैले गरेको फोन उनले उठाउँथे । त्यसपछि न फोन सम्पर्क गरे न त मैले गरेको फोन नै उठाउँथे तर पनि सुखदुःख सहँदै म उनको घरमा करीब १४ महिना बसे त्यसैबेला छोरी जन्मिई । श्रीमान् बनिसकेका भिनाजु घर फर्कंदा अर्की श्रीमती लिएर आए र मेरो वास्ता गर्नुको साटो उल्टो मलाई धम्कीदिने थर्काउने गर्न थाले । त्यसपछि म असह्य पीडाको भारी बोकेर त्यो घरबाट निस्किएँ । त्यसपछिका दिनमा एक्लो जीवन जीउन नसक्ने भएकाले मैले पनि करीब दुईवर्ष पहिले दोस्रो बिहे गरेँ । ‘केटामान्छेको जात स्वार्थी हुन्छ भन्ने सुनेकी थिएँ हो रैछ । पहिलो सन्तानले बाभन्दा भक्कानो फुट्छ अहिले दोस्रो सन्तानकी आमा बनिसकेकी छु’ भावुक बन्दै उनले भनिन् । यस्तै रोल्पा नगरपालिकाकी मीना विष्ट हाल १९ वर्षकी हुन् । आफ्नै दाइसँग इँटाभट्टामा घुम्न पुगेकी मीनाले १४ वर्षको उमेरमा पहिलो श्रीमान्सँग प्रेम विवाह गरिन् । हाल उनी पनि दुई श्रीमान्का दुई सन्तानकी आमा बनेकी छिन् । बिहे गरेपछि बेवास्ता गर्ने, खान लगाउन नदिने र कुटपिट गर्ने गरेकै कारण मीनाले पहिलो श्रीमान् छोड्नुपरेको थियो । ‘पहिलो श्रीमान्ले सँगै जीउने सँगै मर्ने सपना देखाएर बिहे ग¥यो तर वाचा पूरा गरेन । जसका कारण उसको घर छोडेर केही समय माइतीमै बसेँ । माइतीमा बसेकै बेला कामको खोजीमा काखको नानी च्यापेर इँटाभट्टा पुगेकी थिएँ त्यसैबेला दोस्रो बिहे गरेकी हुँ’, मीनाले भनिन् । चाहना र मीना त प्रतिनिधि पात्रमात्र हुन् रोल्पामा यस किसिमका विवसता बोकेर जीवन जिउन बाध्य भएका किशोरीको संख्या ठूलो छ । उनीहरु दुवैजनाको पहिलो श्रीमान्बाट जन्मिएका सन्तानसमेत आमाकै संरक्षणमा बस्दै आएका छन् । यसरी अबोध अवस्थामा आफूलाई जन्मदिने बाबुको माया नपाउँदा बालबालिकाको मस्तिष्कमा नकारात्मक असर त पर्छ नै त्योभन्दा बढी आमाले दोस्रो बिहे गर्दा उनीहरुलाई छुट्टै पीडामा जिउनुपर्दा कुलतमा लाग्ने, पढ्नुको साटो कलिलो उमेरमा कामको खोजीमा भौँतारिन बाध्य छन् । यस किसिमका बालबालिका अभिभावकको मायाका साथै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending