Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

ढोरपाटन र आसपासका क्षेत्रको पर्यटकीय सम्भावना उजागर गरिने

\"\"बागलुङ । पर्यटकीय रुपमा लामो समयदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा परिचित भएर पनि विकासका दृष्टिले ढोरपाटन र आसपासका क्षेत्र ओझेलमा परिरहेको आज बुर्तिवाङमा आयोजित एक अन्तरक्रियामा जोड दिइएको छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा बुर्तिवाङमा भएको अन्तरक्रियामा शिकार आरक्षका रुपमा लामो समयदेखि परिचित यस क्षेत्रको विकास अपेक्षित रुपमा अघि बढन नसकेको वक्ताहरुले जोड दिएका हुन् । ढोरपाटन यस क्षेत्रको मात्र नभएर समग्र प्रदेश नं ४ र राष्ट्रकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सम्भावनायुक्त स्थल भएको प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले बताए। ‘सम्भावना भएर पनि ढोरपाटन र आसपासको अपेक्षित विकास हुन सकेको छैन,’ उनले भने, ‘यहाँको विकासका लागि अधिकार सम्पन्न ढोरपाटन विकास समिति बनाउनु अपरिहार्य छ ।’ विकास समितिमार्फत एक वर्षमा गुरुयोजना बनाएर अघि बढ्न सकियो भने यसले विकासमा फड्को मार्ने देखिन्छ । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले पोखरा र ढोरपाटनलाई पर्यटकीय रुपमा एकापसमा जोड्न सकिने बताउँदै यस क्षेत्रको विकासले समग्र प्रदेश नं ४ को पर्यटनमा टेवा पुग्ने धारणा राखे । ढोरपाटन र आसपासका क्षेत्रलाई पोखराको पर्यटनसँग जोड्ने उद्देश्यका साथ अवलोकन भ्रमण आयोजना गरिएको उनले बताए । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ऐतिहासिक ढोरपाटनमा कसरी अधिकतम पर्यटक पठाउन सकिन्छ भन्नेतर्फ सरोकारवाला सबैको ध्यान पुग्नु आवश्यक भएकामा जोड दिए । उनले पोखरासँग ढोरपाटनबीच पर्यटकीय साझेदारीको खाँचो औँल्याउँदै सञ्चालनमा आउन नसकेको ढोरपाटन विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले सन् १९८७ देखि सञ्चालनमा आएको ढोरपाटन शिकार आरक्ष र आसपासको क्षेत्र अझै पनि पर्यटकीय रुपमा अपेक्षित विकास हुन नसकेको अवस्थामा सरोकारवाला सबैको ध्यान पुग्नु जरुरी भएको बताए । प्रचारप्रसारका साथै सबैको प्रयास भएमा समग्र प्रदेश नं ४ लाई नेपालकै नमूना प्रदेका रुपमा स्थापना गर्न सकिने उनले बताए । प्रदेश सभा सदस्य टेकबहादुर घर्तीले ढोरपाटनलाई पत्रपत्रिकामा मात्र सिमिति नगरेर यसको कसरी विकास गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाले ढोरपाटनलगायत प्रदेशभित्रका सबै पर्यटकीय सम्भावनालाई उजागर गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका महासचिव हरिराम अधिकारीले ढोरपाटनलाई पोखराको पर्यटनसँग जोड्नुका साथै यसको प्रचारप्रसार लगायतका उद्देश्य राख्दै अवलोकन भ्रमण आयोजना गरिएको स्पष्ट पारे । कार्यक्रम संयोजक कुलचन्द्र शर्माले अध्ययन भ्रमणका क्रममा ढोरपाटन सहित यस आसपासका पर्यटकीय स्थलको पनि प्रवद्र्धनात्मक भ्रमण गरिने जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending