Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

सगरमाथाको बाटो बनाउँछन् असी वर्षे शेर्पा

[caption id=\"attachment_123937\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

सोलुखुम्बु । ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उनी विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन् । गाला चाउरी परिसके, केश फुलिसक्यो, डाँडासमेत कुप्री प¥यो तर अझै जोस–जाँगर भने १६ वर्षे जवानीको जस्तै छ । आखाँ राम्रो नदेख्ने, कानसमेत सुन्न मुस्किल पर्छ, तर उनै वृद्ध बाटोमा बसेर चन्दा माग्छन् अनि बाटो बनाउने कार्यमा सक्रिय हुन्छन् । पैदलयात्रीबाट चन्दा मागेर नै बाटो बनाउन थालेको अहिले ३३ वर्ष भयो । आफ्नो ज्यानसमेत थेग्न नसक्ने अवस्थाको भए पनि अझै बाटो बनाउने कार्यमा सक्रिय छन् । जिल्लाको माथिल्लो क्षेत्र खुम्बूको विकासमा शेर्पाको महत्वपूर्ण योगदान बनेको छ । एक्लो प्रयासबाट पर्यटकीय क्षेत्रमा पथप्रदर्शक हिँड्ने घोरेटो बाटो मर्मत गरेर कहिल्यै नथाक्नुभएका शेर्पाले सरकारलाई नै चुनौती दिनुभएको छ । उहाँको वास्तविक नाम पासाङ शेर्पा भए पनि (लामा सेरु)को नामले समेत चिनिन्छ । चन्दाबाट उनले दिङ्बोचेदेखि फुगिथेंकासम्मको करीब १४ किलोमिटर बाटो बनाइसकेको शेर्पाले बताए । उनले भने “फेरिचेदेखि एभरेस्ट बेसक्याम्पसम्मको करीब पाँच किलोमिटर बाटो पनि बनाइसके, अहिले नाम्चे–त्याङ्बोचे हुँदै दिङ्बोचे जोड्ने अभियानमा छु । यो बाटोको दूरी करीब २० किलोमिटर छ । अब यो बाटो सक्न धेरै बाँकी छैन”, उनले भने “एकदुई किलोमिटर होला, ०७५ को वैशाखभित्र सक्ने तयारी छ ।” “बुढेसकाल लागे पनि मेरो तन र अभियानले बुढेसकाल लाग्यो भन्दैन”, शेर्पाले भने “एक मुट्ठी सास रहुन्जेल पनि म बाटो बनाउने कार्यमा नै हुन्छु ।” लुगाफाटा मैला लगाएका छन् । बाटोमा चन्दा बाकस राखेका छन् । बाटो हिँड्ने जोसुकैलाई सकेको सहयोग माग्ने उहाँको दैनिक काम नै हो । मागेर उहाँले अरूकै लागि काम गरिरहेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जको स्वीकृति लिएरै बाटो बनाउन लागेका शेर्पाले केही वर्षयता भने दुई जना मान्छे राखेर काम गराउँछन् । उनीहरूले बाटो बनाउने काम गर्छन् र पारिश्रमिक लिन्छन् । दुई जनालाई दिने पारिश्रमीक पनि चन्दाबाट उठेको रकम नै हो । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा बर्षेनी हजारौँ पदयात्री र आरोही जान्छन् । सोही बाटो भएर जाने पर्यटक र गाइडको स्वेच्छिक सहयोगले बाटो बनाउने काम सफल भएको छ । शेर्पाले भने “मेरो आफ्नो गुजारा पनि यही हो, काम गर्नेको पारिश्रमिक पनि त्यसैबाट पुग्छ, मैले कुनै पनि रकम हिनामिना गर्दिन सबै बाटो बनाउनुमै खर्च गर्छु ।”

शेर्पाले अहिलेसम्म करीब २० किलोमिटर ट्याक्सी गुड्ने बाटो बनाइसकेका छन् भने १६ वटा चौतारासमेत निर्माण गरिसकेका छन् । “पर्यटक भरियाका लागि ठाउँठाउँमा बिसाउनका लागि चौतारा निर्माण गरेको छु”, शेर्पाले भने “मैले पनि भारी बोकेर जाँदा बिसाउने ठाउँ कहाँ पाइन्छ भन्ने लाग्थ्यो, त्यही भोगाइले पनि सबैलाई सहज होस् भनेर चौतारा निर्माण गरेको हुँ ।” बाटो बनाउने, चौतारा निर्माण गर्ने मात्र नभई उहाँले धर्मकर्ममा समेत ध्यान दिएको पाइन्छ । सोही क्षेत्रमा करीब रु २५ लाख बराबरको लागतमा मानेसमेत निर्माण गरेको छु, शेर्पाले भने “सरकारले हेर्नुपर्ने यस क्षेत्रमा कसैले पनि हेरेनन् अझै पनि हेर्लान् भन्नेमा मलाई शंका छ ।” पर्यटन व्यवसायी तथा दलित समुदायका तर्फबाट पहिलो सगरमाथा आरोही विजय विश्वकर्मा (मिघिरे) भन्छन् “मान्छे हिँड्न नसकिने बाटो ट्याक्सी गुड्न सक्ने बनाइएको छ । उनी जस्तो बिकासप्रेमी वृद्धसँग हामीले शंका गर्नु आवश्यक छैन ।

सगरमाथा आरोहण शुल्क नै करोडाैं संकलन हुन्छ । तर यस क्षेत्रको विकासका लागि राज्यको लगानी कुन हो भन्ने प्रश्न छ । वर्षमा दुई सिजनमा सगरमाथा आरोहण हुने गरेको छ । एक सिजनमा हजाराँैको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक खुम्बू जान्छन् । ट्रेकिङ गाइड चुडामणि केसीले भने, “खुम्बू क्षेत्रको बाटो बनाएर पर्यटन तथा सर्वोच्च शिखर जाने आरोहीलाई सहज बनाउने काम पासाङ शेर्पाले नै गरेको हो यसमा त्यसैले सरकारले उनको योगदानको कदर गर्नुपर्छ ।” ७९ वर्षीय पासाङ शेर्पाबाट राज्य र आम युवाले विभिन्न पाठ सिक्नुपर्ने आम पर्यटन व्यवसायीको भनाइ छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending