Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

यसरी हुँदैछ विप्लवलाई उचालेर प्रचण्डलाई खतरामा पार्ने षडयन्त्र

\"\"काठमाडौं । वामपन्थीहरुको दुई तिहाई सरकार गठन भएपछि त्यसबाट अत्तालिएकाहरुले कम्युनिष्टहरुलाई नै एक अर्कासँग लडाउने षडयन्त्र गर्न थालेका छन् । ओली सरकार गठनपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि दमन गर्ने वातावरण तयार पार्न बिभिन्न तत्वहरु सक्रिय भएका हुन । स्वयम् विप्लवकै पार्टीभित्रबाट समेत सत्ता नेतृत्वलाई उत्तेजित पार्ने काम पछिल्लो दिनमा भएको देखिन्छ । केही समयअघि एउटा सार्वजनिक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनभित्रकै केही तत्वहरुलाई उपयोग गरेर भयानक हत्याकाण्ड मच्चाउन देशी विदेशी प्रतिक्रियावादीहरु सक्रिय भएको अभिव्यक्ति दिएका थिए । प्रचण्डको अभिव्यक्तिलाई त्यतिखेर सामान्यरुपमा लिइएपनि त्यसयता देखिएका केही घटनाक्रमले राज्यसंयन्त्रलाई उचाल्ने र विप्लवभित्रका समेत केही नेता र कार्यकर्तालाई उत्तेजित पारेर भीडन्तको स्थितिमा पुर्याउने कसरत भएको देखिन्छ ।
बाटो फरक भएको दावी गरेपनि माओवादी केन्द्र र विप्लव पक्ष दुबैको मुख्य उद्देश्य न्यायपूर्ण नेपालको निर्माण हो । वैचारिकरुपमा एकले तत्कालमा लोकतान्त्रिक चरणहरु पार गर्दै समाजवादमा जाने कुरा गरेको छ भने अर्कोले नयाँ जनवादी क्रान्तिका कार्यभार पुरा गर्दै समाजवादमा जाने भनेको छ । दुबैमा राजनीतिक इमान्दारित रित्तिएको छैन ।
यसको पछिल्लो कडीमा दुईवटा घटना करिब करिब एकै समयमा देखा परे । पहिलो, केन्द्रीय जन अदालतको नाममा प्रचण्डका नाममा सार्वजनिक विज्ञप्ती जारी गरेर तथाकथित ‘पूर्जि’ सार्वजनिक भयो । यो, पूर्जि माओवादी केन्द्र समर्थकलाई उत्तेजित पार्ने कदम थियो । केन्द्रीय जन अदालत विप्वल समर्थित हो या होइन भन्ने कुरा आधिकारिकरुपमा पार्टीले भनेको छैन । तर, यो पूर्जिको नौटंकी दुबै पक्षका माओवादीबीच झन अविश्वास र भीडन्त चर्काउने एउटा षडयन्त्रका रुपमा धेरैले बुझे । दोश्रो, यो पूर्जिको प्रचार गरिएकै बेला नेपालमा रहेका निर्माण व्यवसायीहरुलाई अगाडि सारेर विप्लव नेतृत्वको पार्टीका शीर्ष नेताहरुलाई भीडन्तमा मार्नुपर्ने आशयको समाचार सार्वजनिक भयो । यो समाचार, सोझोरुपमा विप्लव पक्षलाई झन भडकाउने र उत्तेजित पार्ने थियो । यसबाट उत्तेजित भएर निर्माण व्यवसायीविरुद्ध विप्लव पक्ष जाइलाग्ने अवस्था सिर्जना भएमा राज्यपक्षले निर्माण व्यवसायीलाई संरक्षण गर्न विप्लव पक्षमाथि दमन गर्नैपर्ने अवस्था उत्पन्न हुन सक्थ्यो । जबकि आधिकारिकरुपमा आएका धारणा अनुसार, न त निर्माण व्यवसायीले त्यसरी विप्लव पक्षलाई भौतिकरुपमा सिध्याउनुपर्ने वकालत गरेका थिए । न, विप्लव पक्षकै नीति पनि प्रचण्डलगायतलाई कारवाही गर्ने छ ।
यो नेपाली माओवादी धारको एउटा विशिष्ट पक्ष पनि हो । तर यसलाई समाप्त पार्न र माओवादी र माओवादीबीच नै शत्रुतापूर्ण अवस्था सिर्जना गरेर एकबाट अर्कोलाई निषेध गर्ने षडयन्त्र अहिले तीब्र बनेको छ ।
यी घटनाक्रमहरुले विप्लव पक्ष र राज्यपक्ष, विप्लव पक्ष र प्रचण्ड नेतृत्वको माओवादी पक्षबीच भीडन्तको अवस्था सिर्जना गर्ने षडयन्त्र भइरहेको स्पष्ट देखिन्छ । यतिखेर वामपन्थी एकीकरणसँगै हिजो माओवादी आन्दोलनमा रहेका केही समूह र वामपन्थीहरुको वर्चश्व देख्न नचाहने प्रतिक्रियावादी समूहको निशाना प्रचण्ड बनेका छन् । प्रचण्ड यसकारण निशाना बनेका छन्, किनभने नेपालको राजनीति उनले डोर्याएका एजेण्डा वरिपरि विगत २५ वर्षदेखि घुमेको छ । साथै अहिले प्रचण्ड नभई राजनीतिक गतिरोध अन्त्य हुन सक्दैन भन्ने स्थापित भएको छ । शान्ति प्रक्रियामा अवतरण हुँदा रणनीतिकरुपमा कमजोर बनेको माओवादी त्यसपछिको राजनीतिमा एजेण्डाका हिसाबले प्रधान अवस्थामा पुग्ने कुरा प्रचण्डकै कारण सम्भ बनेको तथ्य नकार्न मिल्दैन । अर्कोतर्फ, राजतन्त्रको अन्त्यको कल्पना पनि गर्न नसक्ने, समानुपातिक, समावेशी संघीयताको कुरा पनि गर्न नरुचाउने शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत समाजवादी यात्रामा डोर्याउने कुरा पनि प्रचण्डकै कारण सम्भव भएको तथ्य समेत बिर्सिन मिल्दैन । प्रचण्ड यसरी स्थापित हुन कतिपयका लागि टाउको दुखाईको विषय बनेको छ र उनीहरुले यसलाई यो वा त्योरुपमा भताभुंग पार्न षडयन्त्र बुन्न थालेका छन् । यसका लागि सबैभन्दा सजिलो उपाय भनेको विप्लव पक्षलाई उचाल्ने नै उनीहरुले देखेका छन् । विश्व कम्युनिष्ट आन्दोलनमा समेत यसप्रकारका विद्रोही समूहरुलाई सिध्याउने र खासगरी जनताका जनपक्षीय आन्दोलनलाई समाप्त पार्ने सबैभन्दा बढी प्रचलित रणनीति नै आन्दोलनभित्रकै बिभिन्न पक्षलाई एक आपसमा लडाउने नै हो । तर, नेपालमा विप्लव, वैद्य जस्ता नेताहरु प्रचण्डबाट अलग भएपनि त्यहाँ आजसम्म शत्रुतापूर्ण सम्बन्धको विकास भएको छैन । माओवादी धारका यी बिभिन्न खेमाबीच सैद्धान्तिक र वैचारिक विमती जति नै भएपनि उनीहरु असभ्य, अनैतिक र शत्रुतापूर्ण अन्तरविरोध र गालीगलौजमा उत्रेका छैनन् । न त उनीहरुबीच भौतिक आक्रमण नै हुने गरेको छ । यो नेपाली माओवादी धारको एउटा विशिष्ट पक्ष पनि हो । तर यसलाई समाप्त पार्न र माओवादी र माओवादीबीच नै शत्रुतापूर्ण अवस्था सिर्जना गरेर एकबाट अर्कोलाई निषेध गर्ने षडयन्त्र अहिले तीब्र बनेको छ । यो अभ्यास सबैभन्दा बढी पश्चिम बंगाल र छिमेकी राज्यमा भारतीय सत्तापक्षले गरेको अभ्यास हो । जहाँ भारतीय नक्सलाईट माओवादीविरुद्ध माक्र्सवादी कम्युनिष्ट पार्टीलाई उनीहरुले उपयोग गर्दै आएका छन् । अवस्था यस्तो हुन्छ कि जनताको पक्षमा उभिएको दावी गर्ने शक्तिहरु बीच नै भीडन्त हुन्छ, एकले अर्कोलाई सिध्याउँन कोशिस गर्छन् । र, पर डीलमा उभिएर प्रतिक्रियावादी, जनविरोधी शक्तिहरु हाँसिरहेका हुन्छन् । अहिले त्यही अभ्यास नेपालमा पनि हुन खोजेको देखिन्छ ।
तर, नेपालमा विप्लव, वैद्य जस्ता नेताहरु प्रचण्डबाट अलग भएपनि त्यहाँ आजसम्म शत्रुतापूर्ण सम्बन्धको विकास भएको छैन ।
पछिल्ला घटनामा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले गम्भीर समीक्षा गर्नु जरुरी छ । प्रचण्डको नाममा उर्दी जारी गर्ने काम विप्लव पक्षलाई सुहाउँदैन । यस्तो प्रचार गर्नेमाथि पार्टीभित्रबाट कार्वाही गर्ने प्रक्रियामा विप्लवहरु अघि बढ्नुपर्छ । अर्कोतर्फ विप्लवमाथि दमन गर्न सत्ताको उपयोग गर्न खोज्ने तत्वहरुविरुद्ध माओवादी केन्द्रले सजगता अपनाउनु जरुरी रहेको छ । बाटो फरक भएको दावी गरेपनि माओवादी केन्द्र र विप्लव पक्ष दुबैको मुख्य उद्देश्य न्यायपूर्ण नेपालको निर्माण हो । वैचारिकरुपमा एकले तत्कालमा लोकतान्त्रिक चरणहरु पार गर्दै समाजवादमा जाने कुरा गरेको छ भने अर्कोले नयाँ जनवादी क्रान्तिका कार्यभार पुरा गर्दै समाजवादमा जाने भनेको छ । दुबैमा राजनीतिक इमान्दारित रित्तिएको छैन । त्यो स्थितिमा दुबै पक्षले कार्यनीतिक मुद्दाहरुमा एक ठाउँमा आउन सक्ने बाटो खोज्दै अघि बढ्नु पर्छ । तर दुबै पक्षबीच एकले अर्कालाई निषेध गर्न खोज्नेहरु हावी भएपनि यसको सबैभन्दा गम्भीर परिणाम नेपालको जनपक्षीय आन्दोलनले नै बेहोर्नु परेको हुन्छ । यो विषयमा सबैभन्दा बढी सजगता विप्लव पक्षले नै देखाउनुपर्ने देखिन्छ । अहिलेको राज्यसत्ताको चरित्र जतिसुकै बुर्जवा भएपनि यो ठ्याक्कै हिजो जनयुद्दको क्रममा रहेको राज्यसत्ता नै भने कदापी होइन भन्ने कुरा उनीहरुले बुझ्नु पर्छ । यसरी जान सकिएन भने यदु वंशमा एकले अर्कोलाई सिध्याएर वंश नै समाप्त भएजस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा जनपक्षीय शक्ति नै विलोप हुने खतरालाई दुबै पक्षले बुझ्न जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending