Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सेटिङ मिलाउन होटल-होटलमा मन्त्रीका अाफन्तका कोठा: ओली सरकारको सुशासन सुन्ने मात्रै त होईन ?

\"\"काठमाडौं । सुशासनको चर्को नारा दिएको केपी ओली सरकारका मन्त्रीहरुको आसपासको सर्कलले उही पुराना दिनहरुको झझल्को दिएको छ । सिंहदरबारबाट खबरडबलीलार्इ प्राप्त स्रोतका अनुसार सरकारी कामहरुलाई कमिसनको भागबण्डा गराउन उद्दत दलालहरु फेरी सक्रिय भएका छन् । नेकपा माअोवादी केन्द्रको समर्थनमा प्रधानमन्त्रीमा ओली नियुक्त हुनासाथ केही हच्किएका दलालहरु मन्त्रीहरुका आफन्तहरुको सहयोगमा सिंहदरबारभित्रि मात्रै होइन \'पावरफुल\' मन्त्रीहरुका बेडरुमसम्म पुग्न थालेका छन् । ओली सरकारबाट देशमा केहि विकास होला कि भन्ने आस गरेका सिंहदरबारका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा खबरडबलीसँग भन्छन्–‘ शेरबहादुर देउवा नेतृत्व सरकारको पालाका दलालहरु नै सिंहदरबार पुनः सक्रिय हुन थालेका छन् । उनीहरुले ठुला ठेक्का, सरकारी सुचना आव्हानका नीतिगत सवाल, सरुवा, बढुवाहरुको सेटिङ् मिलाईरहेका छन् ।’ केही ठुला मन्त्रालयका मन्त्रीका आफन्तहरु नै अहिले दलालहरुको चंगुलमा फसिसकेको स्रोत बताउँछ । हुन त नेताहरुले यस्ता मामलामा उदारता समेत देखाउँदै आएका छन् । भाई, भतिजा तथा छोराहरुलाई स्वकिय सचिवालयमा राखेर कमिशन लिनलाई पनि मन्त्रीहरुलाई सजिलो ठानेका छन् । प्रधानमन्त्री, गृहमन्त्री तथा अन्य केही पावरफुल मन्त्रीका पारिवारिक सदस्यहरु आजकाल होटल, रेष्टुरेण्ट तथा क्याँफेहरुमा उनै दलालहरुको साथ देखिन थालेका छन् । अझ प्रहरी अधिकृतहरुको सरुवा र बढुवाको सेटिङ् मिलाउन गृहमन्त्री रामबहादुर थापा बादलका एकदमै नजिकका आफन्त २४ औं घण्टा लागिरहेको स्रोतले खबरडबलीलार्इ बतायो । सुशासनको चर्को नारा दिईरहेका बादल भने आफ्ना आफन्तहरुको यस्तो हप्ता असुली र सरुवा, बढुवाको धन्दाबारे बेखबर रहेको स्रोत बताउँछ । उनीहरुलाई प्रभावमा पार्न केही दलालहरु दरबारमार्ग अन्नपूर्ण होटलमा समेत बसिरहेका छन् । साथै पूर्वका एक दलालले गृहको सेटिङ् मिलाउन भन्दै कुपण्डोलको हिमालयन होटल र कमलादी पछाडीपट्टी रहेको ल्याण्डमार्क होटलमा डेरा जमाएको स्रोतले जानकारी दियो । स्रोत भन्छ– ‘दलालहरुले प्रहरीका केही उच्च अधिकृत तथा मन्त्रीका आफन्तहरुबीचको भेटघाट तथा सेटिङ् यिनै होटलहरु मिलाउने गरेका छन् ।’ उनका अनुसार उनै दलालहरुसँग रातभर रक्सि पिएर मन्त्रीका आफन्तहरुले रात बिताउने समेत गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending