Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

उर्जामन्त्री बर्षमानको मन छुने सम्बोधन (पूर्णपाठसहित)

\"\"काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन अनन्तले बूढीगण्डकी सरोकार समितिको ज्ञापनपत्र बुझेका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री पुनले मन छुने सम्बोधन गरेका छन् । बूढीगण्डकी सरोकार समितिको ज्ञापनपत्र बुझेपछि उर्जामन्त्री बर्षमान पुनले गरेको सम्बोधनको सम्पादित अंश बुढिगण्डकी जलबिद्युत आयोजना यो हाम्रो राष्ट्रिय गौरवको आयोजना हो । र त्यही तदरुकताका साथ हामी सम्पन्न पनि गर्छौे । विचमा राजनितिक संक्रमणका कारण केहि समस्या परेको छ भन्ने कुरा तपाईहरुको यो प्रस्तुतीले पनि देखिएको छ । काठमाडौँ, पोखरा लगायतका असाध्यै बिद्युतको माग हुने, खपत हुने लोड सेण्टरदेखि नजिक यो परियोजना निकै महत्वको छ । यस्तो आयोजना गर्नुपर्छ भन्ने यहाँहरुको एकप्रकारको स्पिड छ सरकारको पनी त्यही छ । सबैको कुरा मिलेपछि त्यतिबेला यसको सुरुवात भएको हो । तर यो विचमा धैरे कारणहरुले काम अगाडी बढेको छैन भन्ने यहाँहरुको प्रस्तृतीबाट पनि देखियो । अहिले आयोजना प्रमुखलले पनि भन्नुभयो केहि कोसिस पनि भईरहेको छ तर यसमा केहि अफ्ठेरा पनि छन् भन्ने नै देखियो । यो समस्यालाई कसरी हल गरेर जाने भन्ने विषयमा हामी छलफलमै छौ । यो आयोजना कुन मोडालिटिमा लैजाने भन्ने कुरा हामी सरोकारवाला, सरकार र सम्बन्धित क्षेत्र भएर छिट्टै टुंगो लगाउंछौ । सुरुमा हामीले यो परियोजनालाई विकास समिति मोडेलमा लगेका थियौ । सबै जोश जागर पनि थियो । हाम्रो चाँही नियमित भन्दा चाँडै हुन्छ भनेर हामी यो मोडेलमा गएका थियौैं । तर यो विचमा बनेका धेरै सरकारले गरेका निर्णयले केही समस्या भने सिर्जना भएको छ । तपाईहरुको कुरा सुन्दा यो आयोजना नै अलपत्र पर्छ कि भनेर तपाईहरुमा अबिश्वास बढेको रहेछ । जुनसुकै मोडालिटिमा भएपनि यो आयोजना छिटो हुने मोडालिटिमा हामी जान्छौ । आायोजना जसरी पनि बनाउछौँ । तपाईहरु ढुक्क भए हुन्छ । विचमा यो आयोजना हामी छाड्दैनौ भनेर म सरकारको तर्फबाट प्रतिबद्धता ब्यक्त गर्छु । राज्य जहिले पनि जनताप्रती उत्तरदायी हुनुपर्छ । विगतका सरकारले गरेका राम्रा कामको म निरन्तरता दिन्छु । विगतका सरकार र मन्त्रीले गरेका काम पुरा नभएको भए पुरा गर्ने काम मेरो पनि हो । म त्यसलाई पुरा गर्ने पुरा कोशिस गर्नेछु । राज्यले सम्पति लिएपछि घर घर पुगेर मुआब्जा दिनुपर्ने हो । तपाईहरु यसरी धाउनै पर्ने थिएन । सरकारलाई सहयोग गर्नुस । मुअब्जा निर्धारण नभएको ठांउमा निर्धारण गर्ने, अरु संरचना, बोटविरुवा लगायतका सबै कुराको मूल्याङ्क न गुर्नपर्ने हो । के कारणले भएन म त्यसको अध्ययन गर्दैछु । राज्य जिम्मेवारी तरिकाले जान्छ, तपाईहरुलाई सुकुम्बासी बनाएर हामी आयोजना छोड्दैनौ । २८ गतेबाट जिल्ला स्थित सरकारी कार्यालय खारेज भयो भने गोरखा र धादिङका ८ वटा गाउँपालिकाका जाने हुदाँ २ जिल्लाबाट हुने काम ८ वटाले गर्ने व्यवस्था हुन्छ । स्थानिय जनताको लाभका लागि पनि यो आयोजना निर्माण हुन्छ । तपाईहरुले सौझै लाभ पाउने गरी हामी यो आयोजना निमार्ण गर्छौ । हामी जुनसुकै मोडालिटिमा गएपनि यो आयोजना सम्पन्न भएपछि जनताले लाभ पाउनेछन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending