Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

उर्जामन्त्री बर्षमानको मन छुने सम्बोधन (पूर्णपाठसहित)

\"\"काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन अनन्तले बूढीगण्डकी सरोकार समितिको ज्ञापनपत्र बुझेका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री पुनले मन छुने सम्बोधन गरेका छन् । बूढीगण्डकी सरोकार समितिको ज्ञापनपत्र बुझेपछि उर्जामन्त्री बर्षमान पुनले गरेको सम्बोधनको सम्पादित अंश बुढिगण्डकी जलबिद्युत आयोजना यो हाम्रो राष्ट्रिय गौरवको आयोजना हो । र त्यही तदरुकताका साथ हामी सम्पन्न पनि गर्छौे । विचमा राजनितिक संक्रमणका कारण केहि समस्या परेको छ भन्ने कुरा तपाईहरुको यो प्रस्तुतीले पनि देखिएको छ । काठमाडौँ, पोखरा लगायतका असाध्यै बिद्युतको माग हुने, खपत हुने लोड सेण्टरदेखि नजिक यो परियोजना निकै महत्वको छ । यस्तो आयोजना गर्नुपर्छ भन्ने यहाँहरुको एकप्रकारको स्पिड छ सरकारको पनी त्यही छ । सबैको कुरा मिलेपछि त्यतिबेला यसको सुरुवात भएको हो । तर यो विचमा धैरे कारणहरुले काम अगाडी बढेको छैन भन्ने यहाँहरुको प्रस्तृतीबाट पनि देखियो । अहिले आयोजना प्रमुखलले पनि भन्नुभयो केहि कोसिस पनि भईरहेको छ तर यसमा केहि अफ्ठेरा पनि छन् भन्ने नै देखियो । यो समस्यालाई कसरी हल गरेर जाने भन्ने विषयमा हामी छलफलमै छौ । यो आयोजना कुन मोडालिटिमा लैजाने भन्ने कुरा हामी सरोकारवाला, सरकार र सम्बन्धित क्षेत्र भएर छिट्टै टुंगो लगाउंछौ । सुरुमा हामीले यो परियोजनालाई विकास समिति मोडेलमा लगेका थियौ । सबै जोश जागर पनि थियो । हाम्रो चाँही नियमित भन्दा चाँडै हुन्छ भनेर हामी यो मोडेलमा गएका थियौैं । तर यो विचमा बनेका धेरै सरकारले गरेका निर्णयले केही समस्या भने सिर्जना भएको छ । तपाईहरुको कुरा सुन्दा यो आयोजना नै अलपत्र पर्छ कि भनेर तपाईहरुमा अबिश्वास बढेको रहेछ । जुनसुकै मोडालिटिमा भएपनि यो आयोजना छिटो हुने मोडालिटिमा हामी जान्छौ । आायोजना जसरी पनि बनाउछौँ । तपाईहरु ढुक्क भए हुन्छ । विचमा यो आयोजना हामी छाड्दैनौ भनेर म सरकारको तर्फबाट प्रतिबद्धता ब्यक्त गर्छु । राज्य जहिले पनि जनताप्रती उत्तरदायी हुनुपर्छ । विगतका सरकारले गरेका राम्रा कामको म निरन्तरता दिन्छु । विगतका सरकार र मन्त्रीले गरेका काम पुरा नभएको भए पुरा गर्ने काम मेरो पनि हो । म त्यसलाई पुरा गर्ने पुरा कोशिस गर्नेछु । राज्यले सम्पति लिएपछि घर घर पुगेर मुआब्जा दिनुपर्ने हो । तपाईहरु यसरी धाउनै पर्ने थिएन । सरकारलाई सहयोग गर्नुस । मुअब्जा निर्धारण नभएको ठांउमा निर्धारण गर्ने, अरु संरचना, बोटविरुवा लगायतका सबै कुराको मूल्याङ्क न गुर्नपर्ने हो । के कारणले भएन म त्यसको अध्ययन गर्दैछु । राज्य जिम्मेवारी तरिकाले जान्छ, तपाईहरुलाई सुकुम्बासी बनाएर हामी आयोजना छोड्दैनौ । २८ गतेबाट जिल्ला स्थित सरकारी कार्यालय खारेज भयो भने गोरखा र धादिङका ८ वटा गाउँपालिकाका जाने हुदाँ २ जिल्लाबाट हुने काम ८ वटाले गर्ने व्यवस्था हुन्छ । स्थानिय जनताको लाभका लागि पनि यो आयोजना निर्माण हुन्छ । तपाईहरुले सौझै लाभ पाउने गरी हामी यो आयोजना निमार्ण गर्छौ । हामी जुनसुकै मोडालिटिमा गएपनि यो आयोजना सम्पन्न भएपछि जनताले लाभ पाउनेछन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending