Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

आलुको बीउ बेचेर वार्षिक नौ लाख आम्दानी

 

\"\"धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४, उग्रचण्डी नालाका किरण श्रेष्ठले आलुको बीउ बेचेर वार्षिक रु नौ लाखको आम्दानी गरिरहेका छन् । विसं २०६६ बाट प्रगतिशील युवा कृषक समूह खोलेर आलुको बीउ उत्पादन गर्दै आउनुभएका श्रेष्ठले अहिले वार्षिक एक लाख १० हजारवटा आलुको बीउ बिक्री गर्दै आइरहनुभएको छ । शुरुमा सानो लगानीबाट बाँस र काठको ग्रिन हाउस बनाएर शुरु गर्नुभएको उहाँले अहिले एक रोपनी जग्गामा बीउ उत्पादन गरिएको बताउनुभयो । पहिला त सानो आकारमा मात्रै बीउ उत्पादन गर्दै आइरहेको थिएँ, अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन एकाई (आलु) काभ्रेपलाञ्चोकको टिस्युकल्चर प्रयोगशाला स्थापना तथा सहयोग सञ्चालन कार्यक्रमअन्तर्गत सहयोगमा अनुदान पाएपछि व्यवसायीलाई थय विस्तार गरेको हुँ । श्रेष्ठले भन्नुभयो, “आफ्नै रु ४५ लाख र सुरपजोन (आलु)को रु ४५ लाख गरी कूल रु ९० लाख लगानीमा आलुको बीउ उत्पादन गरिहेको छु ।” आठवटा जातको आलुको बीउ उत्पादन गरी बिक्री गर्दै आउनुभएका श्रेष्ठले पहिला १०÷१२ वटा जिल्लामा बीउ बिक्री गर्दै आएकामा अहिले मागअनुसार जहाँसुकै पनि पु¥याउने तयारी गरिरहेको बताउनुभयो । वर्षमा दुई सिजन गरी उत्पादन गर्ने गरेको आलुको बीउ बेचेर रु चार लाख ५० हजार त नाफामात्रै कमाउने गरेको उहाँले बताउनुभयो । उहाँको समूहमा जनकदेव, कार्डिनर, डेजिरे, खुमल रातो, कुफ्रिज्योति, खुमललक्ष्मी, खुमल उज्ज्वल, खुमल सेता र एमएस–४२ लगायत जातका बीउ उत्पादन गरिरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन एकाइ (आलु) अन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत दीपक पौडेलले गुणस्तरीय बीउको अभाव र जसमा पनि भाइरसका समस्याका कारणले गर्दा किसानसमक्ष भाइरसमुक्त गुणस्तरीय बीउ पु¥याउनका लागि यसरी सहयोग गरेको बताउनुभयो । “हामीले किसानसमक्ष गुणस्तरीय बीउ पु¥याउन सक्यो भने अहिले उत्पादन गरिरहेको भन्दा २० देखि ३० प्रतिशतसम्म उत्पादन बढाउन सकिन्छ ।” पौडेलले भन्नुभयो, “त्यसका लागि किसानले भाइरसमुक्त बीउ नै प्रयोग गर्न पाउनुपर्छ ।” त्यसका लागि टिस्यूकल्चर विधिबाट निकालिएको प्रिवेशिक सिड नै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending