Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

श्रीमतीबाट पीडित चिकित्सक श्रीमानका पीडा

\"\"ललितपुर । केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे । ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको संगतका कारण पैसा उडाउने र घरभन्दा बाहिर बढी समय बिताउने गरेको उनका श्रीमान्को आरोप छ । झट्ट सुन्दा होला जस्तो लागे पनि अहिले काठमाडौँ उपत्यकालगायतका देशका शहरी क्षेत्रमा यस्ता घटना बढिरहेका छन् । बढ्दो शहरीकरणसँगै पारिवारिक विचलनका घटना बढ्नु स्वभाविक हो । परम्परागत रुपमा श्रीमान्–श्रीमतीको झगडा परालको आगो मानिन्थ्यो । विस्तारै महिलाले कानूनी र सामाजिक रुपमा अधिकार पाउन थालेपछि श्रीमान्सँग सम्बन्ध नराम्रो भएपछि श्रीमती प्रहरीसम्म जाने क्रम बढ्न थालेको छ । घरेलु हिंसा, श्रीमान्ले अर्काे विवाह गरेको, खान–लाउन नदिएको भन्दै महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिँदै आएका छन् । पछिल्लो सामाजिक परिवर्तनसँगै भने पुरुषले पनि श्रीमतीबाट आफू पीडित भएको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिने क्रम बढ्न थालेको छ । ललितपुर महानगरपालिकामा नै आएको अर्काे घटनामा एक जना नेपाली पुरुषले विदेशी श्रीमतीले बेवास्ता गरेको भन्दै सम्बन्धविच्छेद गर्न चाहेका छन् । डेढ वर्ष पहिले अमेरिकन नागरिकसँग विवाह गरेका ती व्यक्ति उनीसँग मुस्किलले १० दिन मात्रै सँगै बसे । आफू गएपछि प्रक्रिया मिलाएर उनलाई समेत अमेरिका लाने श्रीमतीले आश्वासन दिएकी थिइन् । उता गएपछि फर्किएर पनि नआएको र उनलाई उता लैजान बेवास्ता गरेको भन्दै उनले कानूनीरुपमै समेत अलग्गिन चाहेका हुन् । प्रहरी र स्थानीय निकाय दुवैमा पुरुषले सम्बन्धविच्छेद गर्न चाहेका मुद्दा आउन थालेका छन् । पहिले श्रीमान्ले सोझै सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिन पाउने व्यवस्था थिएन । त्यसैले पनि यस्ता मुद्दा पहिले स्थानीय निकायमा जाने गरेका थिए । ललितपुर महानगरपालिकाका न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले श्रीमतीबाट विभिन्न कारणले पीडित भएर सम्बन्धविच्छेद गर्नका लागि उजुरी कानून शाखामा धेरै आएको बताए । समितिले भने आएका मुद्दामा पहिले मेलमिलापका लागि प्रयास गर्छ । मेलमिलापको चरण पार गरेर पनि मिल्न नसकेका मुद्दा मात्रै अदालतमा जान्छ । उनी भन्छन् \'हामीले सकेसम्म र मिल्नेसम्मका मुद्दा मेलमिलापमार्फत यहिँ टुंगाउन प्रयास गर्छाैं ।\' आपसमा मिलेर बस्न नै नमिल्ने दुवैले भन्दा मात्रै समितिले मुद्दा अदालत पठाउने गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका कार्यालयकी प्रमुख चञ्चला श्रेष्ठ महिलाका तुलनामा पुरुष घरभित्र पीडित भएका घटना कम भए पनि बढ्ने क्रममा रहेको बताउछन् । एक दशकसम्म होला जस्तो लागे पनि प्रहरीसम्म यी घटना आउन थालेका छन् । पुरुष खुलेर महिला जसरी म पीडित भएँ भनेर कम मात्रै आउने गरेको बताउछन् । अधिकांश घटनामा उनीहरु सल्लाहका लागि आउँछन् । उनी भन्छन्, “अझै पनि म त केटा मान्छे हो श्रीमतीबाट पीडित भएँ भनेर कसरी भनेर खुल्न नसक्ने छन् ।” गैरसरकारी संस्थाले पनि महिला मात्रै पीडित हुन्छ भन्ने सोच्ने गर्छ । श्रीमतीबाट पीडित हुने घटना वैदेशिक रोजगारीमा गएका पुरुषको बढी आउने गरेको बताउछन् । श्रीमतीलाई शहरी क्षेत्रमा छोडेर गएका पुरुष फर्कदा श्रीमती र सम्पत्ति दुवै गुमाएका छन् । श्रीमतीले भने महँगीले गर्दा पैसा सकिएको बताउने गर्छन् । प्रहरी कहाँ खोजतलासमा धेरै महिला हराएका मुद्दा छन् । तीमध्ये धेरैमा वैदेशिक रोजगारबाट फर्किएका श्रीमान्ले श्रीमती हराएको भन्दै दिएका मुद्दा छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending