Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

श्रीमतीबाट पीडित चिकित्सक श्रीमानका पीडा

\"\"ललितपुर । केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे । ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको संगतका कारण पैसा उडाउने र घरभन्दा बाहिर बढी समय बिताउने गरेको उनका श्रीमान्को आरोप छ । झट्ट सुन्दा होला जस्तो लागे पनि अहिले काठमाडौँ उपत्यकालगायतका देशका शहरी क्षेत्रमा यस्ता घटना बढिरहेका छन् । बढ्दो शहरीकरणसँगै पारिवारिक विचलनका घटना बढ्नु स्वभाविक हो । परम्परागत रुपमा श्रीमान्–श्रीमतीको झगडा परालको आगो मानिन्थ्यो । विस्तारै महिलाले कानूनी र सामाजिक रुपमा अधिकार पाउन थालेपछि श्रीमान्सँग सम्बन्ध नराम्रो भएपछि श्रीमती प्रहरीसम्म जाने क्रम बढ्न थालेको छ । घरेलु हिंसा, श्रीमान्ले अर्काे विवाह गरेको, खान–लाउन नदिएको भन्दै महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिँदै आएका छन् । पछिल्लो सामाजिक परिवर्तनसँगै भने पुरुषले पनि श्रीमतीबाट आफू पीडित भएको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिने क्रम बढ्न थालेको छ । ललितपुर महानगरपालिकामा नै आएको अर्काे घटनामा एक जना नेपाली पुरुषले विदेशी श्रीमतीले बेवास्ता गरेको भन्दै सम्बन्धविच्छेद गर्न चाहेका छन् । डेढ वर्ष पहिले अमेरिकन नागरिकसँग विवाह गरेका ती व्यक्ति उनीसँग मुस्किलले १० दिन मात्रै सँगै बसे । आफू गएपछि प्रक्रिया मिलाएर उनलाई समेत अमेरिका लाने श्रीमतीले आश्वासन दिएकी थिइन् । उता गएपछि फर्किएर पनि नआएको र उनलाई उता लैजान बेवास्ता गरेको भन्दै उनले कानूनीरुपमै समेत अलग्गिन चाहेका हुन् । प्रहरी र स्थानीय निकाय दुवैमा पुरुषले सम्बन्धविच्छेद गर्न चाहेका मुद्दा आउन थालेका छन् । पहिले श्रीमान्ले सोझै सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिन पाउने व्यवस्था थिएन । त्यसैले पनि यस्ता मुद्दा पहिले स्थानीय निकायमा जाने गरेका थिए । ललितपुर महानगरपालिकाका न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले श्रीमतीबाट विभिन्न कारणले पीडित भएर सम्बन्धविच्छेद गर्नका लागि उजुरी कानून शाखामा धेरै आएको बताए । समितिले भने आएका मुद्दामा पहिले मेलमिलापका लागि प्रयास गर्छ । मेलमिलापको चरण पार गरेर पनि मिल्न नसकेका मुद्दा मात्रै अदालतमा जान्छ । उनी भन्छन् \'हामीले सकेसम्म र मिल्नेसम्मका मुद्दा मेलमिलापमार्फत यहिँ टुंगाउन प्रयास गर्छाैं ।\' आपसमा मिलेर बस्न नै नमिल्ने दुवैले भन्दा मात्रै समितिले मुद्दा अदालत पठाउने गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका कार्यालयकी प्रमुख चञ्चला श्रेष्ठ महिलाका तुलनामा पुरुष घरभित्र पीडित भएका घटना कम भए पनि बढ्ने क्रममा रहेको बताउछन् । एक दशकसम्म होला जस्तो लागे पनि प्रहरीसम्म यी घटना आउन थालेका छन् । पुरुष खुलेर महिला जसरी म पीडित भएँ भनेर कम मात्रै आउने गरेको बताउछन् । अधिकांश घटनामा उनीहरु सल्लाहका लागि आउँछन् । उनी भन्छन्, “अझै पनि म त केटा मान्छे हो श्रीमतीबाट पीडित भएँ भनेर कसरी भनेर खुल्न नसक्ने छन् ।” गैरसरकारी संस्थाले पनि महिला मात्रै पीडित हुन्छ भन्ने सोच्ने गर्छ । श्रीमतीबाट पीडित हुने घटना वैदेशिक रोजगारीमा गएका पुरुषको बढी आउने गरेको बताउछन् । श्रीमतीलाई शहरी क्षेत्रमा छोडेर गएका पुरुष फर्कदा श्रीमती र सम्पत्ति दुवै गुमाएका छन् । श्रीमतीले भने महँगीले गर्दा पैसा सकिएको बताउने गर्छन् । प्रहरी कहाँ खोजतलासमा धेरै महिला हराएका मुद्दा छन् । तीमध्ये धेरैमा वैदेशिक रोजगारबाट फर्किएका श्रीमान्ले श्रीमती हराएको भन्दै दिएका मुद्दा छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending