Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

अर्बौ मुल्यको सार्वजनिक जग्गा यसरी फिर्ता आयो

\"\"पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ । व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको साविक छिनेडाँडा गाविस वडा नं. ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना तीन पैसा एक दाम जग्गा सरकारी स्वामित्वमा आएको हो ।

पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कास्की र प्रहरीको सक्रियतामा अर्बौं रुपैयाँ पर्ने उक्त जग्गा सरकारी स्वामित्वमा ल्याउन सफल भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

सरकारी जग्गा व्यक्तिले हडप्ने क्रम बढ्दै गएपछि उक्त ठाउँमा निर्मित केही टहरा हटाइएको थियो । “यस जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०७२ साल फागुन २३ गते जग्गा कुनै पनि व्यक्ति विशेषको नभएको ठहर गरेको थियो” अध्यक्ष पौडेलले भने । “सर्वोच्चको निर्णय पछि वडा कार्यालयले जग्गा संरक्षणको पहल शुरु गरेसँगै अन्ततः जग्गा सरकारी स्वामित्वमा आएको हो ।” “यस जग्गामा नेपाल प्रहरी प्रदेश नं ४ को तालीम केन्द्रसहितको मुख्यालय बनाउने चर्चाका साथै खेलकूद विश्वविद्यालय बनाउने चर्चा पनि छ” पौडेलले थपे । “प्रदेशस्तरीय संग्रहालय र नमुना पार्कलगायतका संरचना निर्माण गर्ने विषयमा पनि हामीले छलफल शुरु गरिसकेका छौं ।” जग्गा सरकारी स्वामित्वमा ल्याउन सहयोग गर्ने स्थानीयवासी, प्रहरी प्रशासन, महानगरपालिका, पत्रकारलगायत सम्पूर्ण सरोकारवालालाई अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending