Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

कामपाले दियो व्यवसायीलाई कारबाही गर्ने चेतावनी

\"\"काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियम बाहिर रही राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ । एक वर्षअघि नै अभियानका रुपमा जथाभावी रुपमा राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाइसकेको कामपामा पुनः जथाभावी विज्ञापन देखिएकाले सुन्दर शहरको परिकल्पनासहित उक्त कार्य शुरु गरेको कामपाले जनाएको छ । यदि कसैको भरोसामा उक्त कार्य गरिएको प्रमाण फेला परे कानुनीरुपमा नै कारबाही गरिने पनि कामपाका निर्देशक नवराज ढकालले प्रष्ट पारे । कामपाका राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रधानले भने, ‘नियमसंगत राखिएका बाहेक सबै विज्ञापन हटाउने र राख्ने व्यक्ति वा संस्थालाई कारबाही गरिन्छ कुनै पनि बहानामा छुट पाउने अवस्था छैन ।’ स्वीकृति दिएभन्दा बढीले विज्ञापन र बोर्ड बढेकाले महानगरले विशेषरुपमा निगरानी गर्न शुरु गरेको प्रधानले बताए । पहिलो चरणमा विज्ञापन तथा होर्डिङबोर्ड व्यवस्थित गर्न बोर्ड फाल्ने र सम्पर्कमा एजेन्सी नआए कम्पनीलाई नै उक्त विज्ञापन निकाल्दा लाग्ने खर्च र अन्य जरीवानासहित कारबाही गरिने बताए । तीस वर्ग फुटभन्दा माथिका, झ्याल छोपेर तथा कौशिमा फ्लेक्स बोर्ड राख्न नपाइने प्रावधान रहेको छ । त्यस्तै, छिमेकीको सहमति विना पनि त्यस किसिमका बोर्ड राख्न पाइँदैन । तर सुपर मार्केट तथा सपिङ कम्प्लेक्समा डिजिटल बोर्ड भने राख्न पाइन्छ । काठमाडौँ महानगरको कानुनी व्यवस्थाअनुसार विज्ञापन तथा होर्डिङबोर्ड नियमन गर्न विज्ञापन कर नीति—२०७१, विज्ञापन कर निर्देशिका—२०६४ र सर्वोच्च अदालतको आदेशसमेत रहेको छ जसमा विज्ञापनलाई शून्य गर्नु नभई नियमन गर्नपर्ने कुरा उल्लेख छ । हाल कलङ्की, त्रिपुरेश्वर, माइतीघर, सुन्धारालगायत स्थानमा नियमबाहिर रही विज्ञापन राखिएका छन् । तीनलाई हटाउनका लागि दैनिकरुपमा कामपाबाट पाँचजनाको नगर प्रहरीसहितको टोली खटिनेगरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending