Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

माओवादीहरुलाई आपसमा लडाउने षडयन्त्र भयो, कुनै पनि व्यवसायीसँग कमिशन मागेका छैनौं – प्रकाण्ड

\"\"काठमाडौं ।  निर्माण व्यवसायीसँग कमिशन मागेको भ्रम सिर्जना गरिएकोमा विप्लव नेतृत्वको नेकपाले कडा आपत्ती जनाएको छ । “विप्लव कार्यकर्तालाई मोटो रकम नबुझाएसम्म काम अघि बढ्न नसक्ने भएकोले इनकाउण्टरमा उत्रिन प्रचण्ड र ओलीसँग माग गर्ने” आशयको समाचार प्रकाशित भएपछि पार्टीले आपत्ती व्यक्त गरेको हो । “हामीमाथि दमन गर्ने षडयन्त्रस्वरुप यस्तो प्रचार गरिएको छ ।” नेकपाका प्रवक्ता प्रकाण्डले खबरडबली डटकमसँग भने, “हामी राज्यसत्ता र त्यसका अंगहरुलाई अस्वीकार गर्छौं तर हामीले आतंक मच्चाएर कुनै पनि व्यवसायीसँग कमिशन मागेका छैनौ र त्यो हाम्रो नीति पनि होइन ।” प्रवक्ता प्रकाण्डले नेकपाका गतिविधिबाट अत्तालिएकाहरुले माओवादीहरुलाई नै आपसमा लडाएर दमनको श्रृंखला शुरु गर्न खोजेको बताए । “हामी राष्ट्रिय पूँजिको विकास हुनुपर्छ भन्ने मान्यताको वकालत गर्दै आएका छौं । हामीले कुनै पनि राष्ट्रिय व्यवसायीलाई हतोत्साही पार्ने काम गरेका छैनौं । हामीले कमिशन मागेको कुरा विल्कूल भ्रम हो र पार्टीका विरुद्ध दमन गर्न गरिएको षड्यन्त्र मात्र हो ।” व्यवसायीबीच छलफल भएको भनेर नेकपाका नेता तथा कार्यकर्तामाथि दमन गर्ने र राज्यआतंक मच्चाउने षडयन्त्रस्वरुप यसप्रकारको समाचार सार्वजनिक भएको उनले बताए ।

कपोकल्पित र भ्रामक समाचार विरुद्ध कानूनी उपचार खोज्ने – निर्माण व्यवसायी अधिकारी

यता विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले लाखौं रकम मागेको विषयमा कुनै पनि छलफल नभएको ‘क’ वर्गका निर्माण व्यवसायी शारदा अधिकारीले  बताए । हुँदै नभएको छलफलको विषयलाई समाचार बनाएर भ्रम छर्न खोजिएको उनको भनाई थियो । “व्यवसायीबीच न विप्लव माओवादीबाट चन्दा मागेको कुरा उठेको छ न त दमनका लागि आग्रह गर्ने कुरा नै । म आफै सहीद परिवारबाट हुँ । हिजो मैले पनि माओवादी आन्दोलनमा योगदान दिएको छु । मेरै नाम जोडेर यसरी समाचार आउनु म र माओवादी आन्दोलन विरुद्धकै षडयन्त्र हो । यसको म जोडदार खण्डन गर्दछु ।” निर्माण व्यवसायी शारदा अधिकारीले भने, “अहिले पार्टी एकता भइरहेको बेला ओली र प्रचण्डबीच फाटो हाल्ने र विगतमा एउटै आन्दोलनका सहयात्रीलाई एक अर्काका विरुद्ध उचाल्ने षडयन्त्रस्वरुप यस्तो भ्रम छरिएको छ ।” निर्माण व्यवसायी अधिकारीले कपोकल्पित र भ्रामक प्रचारले आफू र निर्माण व्यवसायीहरुमाथि नै आँच आएको भन्दै कानुनी कार्वाहीमा अघि बढने बताए । अभिव्यक्ति स्वतन्त्रताको नाममा नियोजित तवरले भ्रामक सूचना सार्वजनिक गर्ने कुरा कुनै पनि कानुनले छूट नदिएको उनको भनाई थियो । “हामी निर्माण व्यवसायीलाई बदनाम गर्ने र हाम्रो पेशागत मर्यादालाई नै असर पार्ने यस्ता प्रचारविरुद्ध कानुनी उपचारमा जान्छौं ।” विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका शीर्ष तहका नेताहरुलाई भीडन्तमा मार्नुपर्ने माग व्यवसायीले गरेको भन्ने आशयको समाचार प्रकाशित गरेपछि विप्लव र निर्माण व्यवसायी दुबै पक्षबाट त्यसको खण्डन भएको हो । शहीद परिवारका निर्माण व्यवसायी अधिकारी आफै माओवादी आन्दोलनमा सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending