Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

माओवादीहरुलाई आपसमा लडाउने षडयन्त्र भयो, कुनै पनि व्यवसायीसँग कमिशन मागेका छैनौं – प्रकाण्ड

\"\"काठमाडौं ।  निर्माण व्यवसायीसँग कमिशन मागेको भ्रम सिर्जना गरिएकोमा विप्लव नेतृत्वको नेकपाले कडा आपत्ती जनाएको छ । “विप्लव कार्यकर्तालाई मोटो रकम नबुझाएसम्म काम अघि बढ्न नसक्ने भएकोले इनकाउण्टरमा उत्रिन प्रचण्ड र ओलीसँग माग गर्ने” आशयको समाचार प्रकाशित भएपछि पार्टीले आपत्ती व्यक्त गरेको हो । “हामीमाथि दमन गर्ने षडयन्त्रस्वरुप यस्तो प्रचार गरिएको छ ।” नेकपाका प्रवक्ता प्रकाण्डले खबरडबली डटकमसँग भने, “हामी राज्यसत्ता र त्यसका अंगहरुलाई अस्वीकार गर्छौं तर हामीले आतंक मच्चाएर कुनै पनि व्यवसायीसँग कमिशन मागेका छैनौ र त्यो हाम्रो नीति पनि होइन ।” प्रवक्ता प्रकाण्डले नेकपाका गतिविधिबाट अत्तालिएकाहरुले माओवादीहरुलाई नै आपसमा लडाएर दमनको श्रृंखला शुरु गर्न खोजेको बताए । “हामी राष्ट्रिय पूँजिको विकास हुनुपर्छ भन्ने मान्यताको वकालत गर्दै आएका छौं । हामीले कुनै पनि राष्ट्रिय व्यवसायीलाई हतोत्साही पार्ने काम गरेका छैनौं । हामीले कमिशन मागेको कुरा विल्कूल भ्रम हो र पार्टीका विरुद्ध दमन गर्न गरिएको षड्यन्त्र मात्र हो ।” व्यवसायीबीच छलफल भएको भनेर नेकपाका नेता तथा कार्यकर्तामाथि दमन गर्ने र राज्यआतंक मच्चाउने षडयन्त्रस्वरुप यसप्रकारको समाचार सार्वजनिक भएको उनले बताए ।

कपोकल्पित र भ्रामक समाचार विरुद्ध कानूनी उपचार खोज्ने – निर्माण व्यवसायी अधिकारी

यता विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले लाखौं रकम मागेको विषयमा कुनै पनि छलफल नभएको ‘क’ वर्गका निर्माण व्यवसायी शारदा अधिकारीले  बताए । हुँदै नभएको छलफलको विषयलाई समाचार बनाएर भ्रम छर्न खोजिएको उनको भनाई थियो । “व्यवसायीबीच न विप्लव माओवादीबाट चन्दा मागेको कुरा उठेको छ न त दमनका लागि आग्रह गर्ने कुरा नै । म आफै सहीद परिवारबाट हुँ । हिजो मैले पनि माओवादी आन्दोलनमा योगदान दिएको छु । मेरै नाम जोडेर यसरी समाचार आउनु म र माओवादी आन्दोलन विरुद्धकै षडयन्त्र हो । यसको म जोडदार खण्डन गर्दछु ।” निर्माण व्यवसायी शारदा अधिकारीले भने, “अहिले पार्टी एकता भइरहेको बेला ओली र प्रचण्डबीच फाटो हाल्ने र विगतमा एउटै आन्दोलनका सहयात्रीलाई एक अर्काका विरुद्ध उचाल्ने षडयन्त्रस्वरुप यस्तो भ्रम छरिएको छ ।” निर्माण व्यवसायी अधिकारीले कपोकल्पित र भ्रामक प्रचारले आफू र निर्माण व्यवसायीहरुमाथि नै आँच आएको भन्दै कानुनी कार्वाहीमा अघि बढने बताए । अभिव्यक्ति स्वतन्त्रताको नाममा नियोजित तवरले भ्रामक सूचना सार्वजनिक गर्ने कुरा कुनै पनि कानुनले छूट नदिएको उनको भनाई थियो । “हामी निर्माण व्यवसायीलाई बदनाम गर्ने र हाम्रो पेशागत मर्यादालाई नै असर पार्ने यस्ता प्रचारविरुद्ध कानुनी उपचारमा जान्छौं ।” विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका शीर्ष तहका नेताहरुलाई भीडन्तमा मार्नुपर्ने माग व्यवसायीले गरेको भन्ने आशयको समाचार प्रकाशित गरेपछि विप्लव र निर्माण व्यवसायी दुबै पक्षबाट त्यसको खण्डन भएको हो । शहीद परिवारका निर्माण व्यवसायी अधिकारी आफै माओवादी आन्दोलनमा सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending