Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

चरित्र हत्या गर्न खोजेको भन्दै प्रचण्डका घरबेटीले निकाले वक्तव्य

\"\"काठमाडौं । निर्माण व्यवसायी शारदा अधिकारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसंग नाम जोडेर आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ती प्रकट गरेका छन् । केही साप्ताहिक पत्रिका र अनलाइन मिडियामा ‘विप्लवलाई इन्काउन्टर गर्न गृहमन्त्री रामबहादुर थापा बादलमाथि दबाव’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि अधिकारीले उक्त समाचारको खण्डन गरेका हुन् । उनले आफुले पत्रिकाले दावी गरेजस्तो यो बारेमा कुनै बैठक नगरेको र कुनै नेता विशेषसंग एक शब्द छलफल समेत नगरेको स्पष्ट पारेका छन् । माओवादी निकट व्यवसायी अधिकारीले बुधवार सांझ वक्तव्य जारी गर्दै अनलाइन र साप्ताहिकमा प्रकाशित समाचार आफ्नो चरित्र हत्या गर्ने उदेश्यले आएको भन्दै भ्रममा नपर्न सवैमा आग्रह गरेका छन् । अधिकारीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘म जहिले व्यवसायीक पत्रकारिता र मर्यादित पत्रकारीताको पक्षमा छु,तर हुंदै नभएको घटनामा मेरो नाम जोडेर गरिएको गलत प्रचारप्रती भने मेरो आपत्ती छ र यसको म कडा शव्दमा खण्डन गर्न चाहन्छु । ’ नेकपाका महासचिव विप्लवलाई इन्काण्टर गर्नुपर्छ भनेर नेताहरुलाई दबाव दिएको भन्नेबारेमा प्रकाशित भएको समाचारमा कुनै सत्यता नभएको भन्दै अधिकारीले त्यसविरुद्धमा आफुले कानुनी उपचार खोज्ने बताएका छन् । अधिकारी शैलुङ कन्स्ट्रक्सन कम्पनीका संचालक हुन् । उनि माओवादी शहिद परिवारका सदस्य समेत हुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल बसिरहेको घर खुमलटारको घर समेत उनै व्यवसायी अधिकारीको हो । नुवाकोट स्थायी घर भएका अधिकारी स्थापीत व्यवसायी हुन् । उनलाई माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी भनिएपनि अधिकारी भने व्यवसायीक रुपमा काम गर्ने निर्माण व्यवसायीका रुपमा चिनिन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending