Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

यी कम्पनीको रक्सि खाँदै हुनुहुन्छ भने सावधान ! ज्यान जानसक्छ

\"\"काठमाडौं । आन्तरिक राजस्व विभागको अनुगमन टोलीले रक्सी उत्पादक कम्पनीले नक्कली अन्त:शुल्क स्टिकर प्रयोग छ्यापछ्याप्ति फेला पारेको छ । टोलीले बढी शंकास्पद भेटिएका करिब दुई दर्जनभन्दा बढी उद्योग/डिलरहरूमा सिलबन्दी गरेको छ । अनुगमनमा गएको टोलीले नक्कली अन्त:शुल्क स्टिकरमात्र नभइ रक्सी पनि नक्कली हुन सक्ने शंका गरेको छ । विभागका अनुसार भैरहवा, जनकपुर, झापा, सुनसरी क्षेत्रमा रहेका उद्योग र डिलरहरू बन्द गरिएको हो  । विभागका महानिर्देशक किशोरजंग कार्कीका अनुसार राजधानीको चाबहिल र बानेश्वर क्षेत्रको डिलरमा पनि सिलबन्दी गरिएको छ । ‘जसको रक्सी शंकास्पद छ, त्यसलाई तत्काल सिलबन्दी गरेका छौं ’ कार्किले भने \'रक्सी पनि नक्कली हुन सक्ने हुँदा विज्ञहरूबाट परीक्षण भइरहेको उनले बताए । ‘पहिलो चरणमा स्टिकर हेरेका छौं, ‘त्यसपश्चात् रक्सीको पनि परीक्षण हुन्छ ।’ नक्कली रक्सीले मानिसको ज्यान नै जानसक्ने भन्दै विभागले अनुगमन तिब्र पारेको छ । यी हुन नक्कली धन्दा मच्चाउनेहरू
  • रसुवा डिस्टिलरी एन्ड फ्रुट्स इन्डस्ट्रिज प्रालिले ५० यूपी शक्ति १८० एमएल साइजको मदिरामा ७० यूपी शक्ति ३०० एमएल साइजको मदिरामा प्रयोग हुने अन्त:शुल्क स्टिकर टाँसेको, मदिराको बिगो २२ लाख १६ हजार ५ सय ४४ रुपैयाँ जफत गरी विभागले जरिवाना गराएको छ ।
  • नारायणी डिस्टिलरीबाट उत्पादित जिक ज्याक, सनसाइन, सनसाइन एप्पल नामक मदिराको बोतलमा टाँस भएको अन्त:शुल्क स्टिकर पनि शंकास्पद भेटिएको, करदाताको कारोबारस्थल सिलबन्दी गरी थप अनुसन्धान भइरहेको ।
  • ब्रदर्स एन्ड बजरंग नामको मदिरा डिलर सिलबन्दी गरिएको व्यक्ति फरार रहेकाले दास मदिरा स्टोर्सले भोले बाबा डिस्टिलरीबाट उत्पादित मदिरा नक्कली स्टिकर टाँसेको विभागको टोलीले आशंकामा मदिरा बरामद गरी कारोबारस्थल बन्द गरिएको । मदिराको बिक्रेता दास मदिरा पसलमा रहेका भोलेबाबा लिकर्स प्रालि, युनाइटेड लिकर्स प्रालि तथा हाइलेन्ड डिस्टिलरी प्रालिबाट उत्पादित मदिरामा टाँसेको अन्त:शुल्क स्टिकर पनि शंकास्पद पाइएको  ।
  • अभिनव डिस्टिलरी प्रालिले उत्पादन गरी बजारमा पठाएको मदिरामा टाँसेको अन्त:शुल्क स्टिकर शंकास्पद देखिएकाले सिलबन्दी गरी छानबिन सुरु
  • भक्तपुरअन्तर्गतको शिखर डिस्टिलरी एन्ड लिकर्स काभ्रेबाट उत्पादित मदिरामा टाँस भएको अन्त:शुल्क स्टिकर पनि शंकास्पद देखिएको
  • इटहरीमा रहेको हिमालयन ट्रेडर्स, हलेसी डिस्ट्रिब्युटर्स एन्ड सप्लायर्समा बिक्रीमा राखिएको मदिरामा प्रयोग भएका अन्त:शुल्क स्टिकर पनि शंकास्पद भेटिएको
  • चन्द्रसूर्य सप्लायर्स, प्रतिमा कोल्ड स्टोर, टु फोर फिफ्टी फोर मदिरा पसलमा बिक्रीका लागि राखिएको मदिराको अन्त:शुल्क स्टिकर पनि शंकास्पद भेटिएको
  • नयाँबनोश्वर बुद्धनगरस्थित करदाता शिव भैरव टेडर्स, अभिनव डिस्टिलरीबाट उत्पादित गोल्डेन बार, शिखर डिस्टिलरीबाट उत्पादित भेगान, नारायणी डिस्टिलरीबाट उत्पादित सनसाइन र सुनछहारी डिस्टिलरीबाट उत्पादित मदिरा ब्रान्ड शंकास्पद देखिएकाले गोदाममा सिलबन्दी गरिएको
विभागले कसलाइ के गर्याे ?
  • भद्रपुरअन्तर्गतको भोलेबाबा डिस्टिलरी प्रालिको उत्पादन र निकासी पनि बन्द गराइएको
  • दृष्टि इन्टरप्राइजेज दमकमा स्थलगत निरीक्षण गर्दा एउटा गोदाम, कार्यालय र गाडी सिल गरिएको
  • बिर्तामोडको प्रकृति कोल्ड स्टोरमा निरीक्षण गर्दा शंकास्पद स्टिकर लगाएको देखिएकाले कारोबारस्थल बन्द गरी मदिराको नमुना कब्जामा लिएको
  • बिनर्स लिकर्स प्रालिबाट उत्पादित मदिरामा, गौरादहको थापा ब्रदर्समा पनि सोही प्रकृतिको स्टिकर फेला परेकाले मदिराको गोदाम बन्द गरी नमुनाको छानबिन भइरहेको
  • धरानअन्तर्गतको पूर्वाञ्चल डिस्टिलरीबाट उत्पादित मदिरामा प्रयोग भएको अन्त:शुल्क स्टिकर पनि शंकास्पद रहेको अनुगमनमा फेला परेको
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending