Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

राैतहट पुगेर ज्यावेल चलाउँदै खानेपानीमन्त्री मगरले यसो भनिन्

\"\"रौतहट । खानेपानीमन्त्री बीना मगरले वर्तमान सरकार नेपाली जनताको अधिकार सुनिश्चित गर्ने लक्ष्यतिर अग्रसर भएको बताएकि छिन् । रौतहटको कटहरिया नगरपालिकामा आयोजित कटहरिया साना सहरी खानेपानी तथा सरसफाई संस्थाको शिलान्यास गर्दै मन्त्री मगरले नेपाली जनताले वाम गठबन्धनलाई आर्थिक रुपमा समृद्ध बनाउन दुईतिहाइ मत दिएको बताएकि हुन् । उनले भनिन्-\'जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत समृद्ध र आर्थिक रुपमा सक्षम नेपाल बनाउन दिएको छ । हामीले हिजो चुनावका क्रममा पेश गरेको घोषणापत्रमा नेपाललाई समृद्ध बनाउने कुरो समान हक अधिकारको कुरो सुनिश्चित गर्दै नेपाली युवाहरूलाई नेपाल फर्काउँदै सुन्दर नेपालको परिकल्पना गरिराखेका छौँ ।\' उनले भनिन्-\'हामी समाजवादको लक्ष्यतिर अगाडि बढिराखेका छौँ ।\' शिलान्यास कार्यक्रममा उनले स्वच्छ खानेपानी संविधानमा नै नेपाली जनताको मौलिक हकमा समावेश भएकाले आफूले सोही अनुसार काम गरिरहेको बताइन् । \'नेपालमा अहिले स्वच्छ खानेपानी जनताको सर्वसुलभ पहुँचमा राख्नुपर्ने विषय अहिलेको संविधानमा मौलिक अधिकारका रुपमा राखिएको छ ।\' उनले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानी पुर्‍याउनका लागि मन्त्रालय दीर्घकालिन कार्ययोजनासहित काम गरिरहेको बताइन् । खानेपानी र सरसफाई नेपालको पहिचानसँग जोडिएको मन्त्री मगरको भनाइ थियो । उनले भनिन्-\'गाउँघर नगर जिल्लाको सरसफाइलाई निकै महत्वका साथ लिइएको छ। जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएको सरसफाइ राष्ट्रको मर्यदासँग जोडिएको हुन्छ ।\' उनले थपिन्-\'राष्ट्रको पहिचान सरसफाई र स्वच्छ खानेपानीसँग जोडिएको हुन्छ। राष्ट्र कस्तो छ भन्ने कुरा त्यहाँको वातावरण, समाजले इंगित गरेको हुन्छ ।\' उनले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानीको कार्यक्रम अभियानका रुपमा अगाडि बढाउने बताइन् । उनले भनिन् \'खानेपानी मन्त्रालयको लक्ष्य भनेको नेपाली जनता, चाहे पूर्वका होउन् चाहे पश्चिमका, चाहे तराईका होउन् चाहे हिमालका होउन्, सबै जनताले स्वच्छ खानेपानी पिउने अधिकार पूर्ति हो ।\' उनले मन्त्रालयले राष्ट्रलाई नयाँ दिशा दिने क्रममा स्वच्छ खानेपानीको आधारभूत भुमिका रहेको बताइन् । तराईका २२ ओटै जिल्लाहरूमा सरसफाइ र स्वच्छ खानेपानीको कार्यक्रम सुरु हुन गइरहेको उनको भनाइ थियो । त्यसैगरी हिमाली र पहाडी क्षेत्रमा पनि स्वच्छ वातावरण बनाउने कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने उहाँले घोषणा गर्नुभयो। सिलान्यास कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु शाह लगायतको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending