Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

तात्यो क्रान्तिकारीः अस्थायी शिक्षकको परिक्षा बिथोल्ने, विश्वविद्यालय र क्याम्पस प्रमुखहरुलाइ बहिस्कार गर्ने

\"\"काठमाडाैं । अखिल (क्रान्तिकारी) का उपाध्यक्षद्वय सुरेन्द्र बस्नेत र तिलकराज भण्डारीले छुट्टाछुट्टै कार्यक्रममा बोल्दै कडा चेतावनी दिएका छन् । बस्नेतले अस्थायी शिक्षकको परिक्षा स्थगित नगरे बिथोल्ने चेतावनी दिएका छन् । त्यस्तै भण्डारीले राजनीतिक भागबण्डामा नियुक्त भएका विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरू शैक्षिक गुणस्तर कायम गर्न नसकेको अारोप लगाएका छन् । उपाध्यक्ष बस्नेतले आगामी चैत्र २३ गते हुने भनिएको शिक्षा सेवा आयोगको परीक्षा स्थगित नगरिए विथोल्ने चेतावनी दिएका छन् । शिक्षा ऐनको नवौं संशोधनका विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुको तर्फबाट बस्नेतले सो चेतावनी दिएका हुन्।बस्नेतले भने-\'हामीले शिक्षा ऐनको नवौं संशोधन खारेजीको माग गरिरहेको बेला त्यही आधारमा आउंदो चैत्र २३ गते जवरजस्ती गर्न खोजिए परिक्षा विथोल्छौं ।\' आज शिक्षा शास्त्र संकायको सानोठिमी क्याम्पसमा अखिल(क्रान्तिकारी)द्वारा आयोजित खुल्ला विरोध सभामा बोल्दै बस्नेतले भने- \'शिक्षक लाइसेन्स लिएका लाखौं विद्यार्थीलाई प्रतिस्पर्धावाट वञ्चित गरिए शिक्षा क्षेत्रमा भयावह स्थिति आउनेछ ।\' बस्नेतले माइतीघर मण्डलामा आमरण अनसन बसेका शिक्षा शास्त्र संकायका विद्यार्थीको न्यायपुर्ण माग तत्काल पूरा गर्न शिक्षा मन्त्रालयसंग माग गरे । विरोध कार्यक्रममा सानोठिमी क्याम्पसका स्ववियु सभापति रमेश खड्का र क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष प्रकाश केसिले शिक्षा ऐनको नवौं संशोधन खारेज नहुंदासम्म आन्दोलन जारी राख्ने बताए। मंगलबार प्रमुख तीन विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई उक्त परिक्षा स्थगित गराउन माग गरेका थिए । लगत्तै शिक्षा मन्त्रीले शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको थियोे । त्यस्तै अर्का केन्द्रीय उपाध्यक्ष तथा शैक्षिक विभाग प्रमुख तिलकराज भण्डारीले राजनीतिक भागबण्डामा नियुक्त भएका विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरू शैक्षिक गुणस्तर कायम गर्न हाेइन कि राजनीतिक उद्देश्य प्राप्त गर्न उद्धत भएकाे ठाेकुवा गरेका छन् । बुधबार अखिल (क्रान्तिकारी) महेन्द्ररत्न क्याम्पस ताहाचल क्याम्पस समितिद्वारा अायाेजित सप्ताहव्यापी सरसफाई कार्यक्रम समापन कार्यक्रममा बाेल्दै उपाध्यक्ष भण्डारीले अब क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयकाे विकृति र विसंगतिहरू बढार्ने उद्घघाेष गरेका छन् । ०७४ कार्तिक २६ गते त्रिभुवन विश्वविद्यालयका संगठनकाे तर्फबाट पेश गरिएकाे मागपत्रलाई विश्वविद्यालयले कुनै सम्बाेधन नगरेकाेले अाज नै त्रिभुवन विश्वविद्यालय उपकुलपतिकाे कार्यालय र परीक्षा नियन्त्रण कार्यलाय घेराउ गरिने उल्लेख गर्दै अब घेराउ, प्रदर्शन, पदाधिकारी बहिस्कारलगायतका कडा अान्दाेलनकाे स्वरुप तय गरिने उद्घघाेष गरे । त्रिभुवन विश्वविद्यालयले भर्खरमात्रै सहिद परिवार र द्धन्दपीडित बिद्यार्थीकाे काेटा कटाैति गरेकाेमा अाक्राेश व्यक्त गर्दै जनक्रान्तिका शहीद र द्वन्दपीडित विद्यार्थीरूलाई अपमान गर्न खाेज्ने जाे काेहीलाई पनि अखिल (क्रान्तिकारी) नछाेडने बताए । शिक्षा एेनकाे नवाैं संशाेधन र चैत्र २३ गते ताेकिएकाे परीक्षा राेक्न संयुक्त विद्यार्थी नै अान्दाेलनमा रहेकाे बताउँदै अान्दाेलनलाई वेवास्था गरे त्यसकाे परिणाम राम्राे नहुने उपाध्यक्ष भण्डारीले चुनाैति दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending