Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

सरकारकोे कार्ययोजनाः एक परिवार एक रोजगार, छोरी जन्मिए बीमा

 

\"\"जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश बनाउन प्रदेश सरकारको १०० दिने कार्ययोजना आज सार्वजनिक गरेका छन् । कार्ययोजनाअन्तर्गत प्रदेशलाई लगानीमैत्री प्रदेशका रूपमा विकास गर्ने, लगानीकर्ता प्रोत्साहित हुने खालका नीति निर्माण गर्ने, प्रदेशस्तरीय बोर्ड स्थापना गर्ने, धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गर्न लगानीकर्तालाई सहज तरिकाले जग्गा उपलब्ध गराउने उल्लेख छ । आर्थिक क्षेत्रमा बन्द, हडताल, चक्काजाम, अवरोधमुक्त क्षेत्र बनाउने, अन्न उत्पादन, तरकारीखेती, माछापालन, फलफूलखेतीलाई प्रोत्साहित गर्दै हरित प्रदेशका रूपमा विकास गर्ने, किसानलाई अन्न भण्डारणका लागि पायक पर्ने स्थानमा चिस्यान घरको निर्माण, साना सिँचाइ तथा ट्युबवेल सिँचाई आयोजनामार्फत सिँचाइतर्फ जोड दिने पनि कार्ययोजनामा उल्लेख छ । कार्ययोजनामा माछा उत्पादनमा विशिष्टीकरण गर्दै अर्गानिक माछा जोनका रूपमा विकास गर्ने, कृषि प्रणालीमा आधुनिकीकरण गर्ने, भूमि उपयोगिताका लागि चक्लाबन्दी, चुरे संरक्षण तथा बजार व्यवस्थापन गर्ने, किसानलाई प्राङ्गारिक मल प्रयोगका लागि प्रोत्साहन गर्ने, डेरी, गोलभेँडा क्यापचेप, तरकारी प्रशोधन, जुस प्रशोधनजस्ता उद्योग स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ । कार्ययोजनामा सार्वजनिक अरिद प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने कानूनको निर्माण, खरिद प्रणाली तथा भ्रष्टाचार नियन्त्रण गर्न मुख्यमन्त्रीको मातहतमा एक छुट्टै अनुगमन निकाय स्थापना गरिने उल्लेख छ । छोरी बचाउ– छोरी पढाउ अभियान सञ्चालन, दाइजो उन्मूलन, बालविवाह, बोक्सी तथा छुवाछूत निर्मूल गर्ने कानून निर्माण, डोम, चमार, दुसाध र मुसहर शिक्षा योजना कार्यान्वयन, महिला सुरक्षा डेस्क स्थापना, धार्मिक, पर्यटकीयस्थलको व्यवस्थापन र प्रवद्र्धन, मुख्यमन्त्री सडक योजना कार्यान्वयन गरिनेलगायतका कुरा कार्ययोजनामा छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending