Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

राष्ट्रिय खेलाडी विमलकी बहिनीको हत्या आरोपी चौधरीलाई सफाई

\"\"नवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन् । मनिषाको मृत्युको कारण झुण्डिएर भएको पृष्टि भएको छ । विसं २०७३ जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको भन्दै नवलपरासी जिल्ला अदालतलमा मुद्दा दायर भएको थियो । उक्त अदालतले गरेको फैसलामा दोषी भनिएका आशिषलाई सफाइ दिइएको छ भने मनिषाको मृत्यु झुण्डिएर भएको उल्लेख गरिएको छ । शव परीक्षण प्रतिवेदनमा पनि चिकित्सकले उनको उनको मृत्यु झुण्डिएरै भएको उल्लेख गरेका थिए । मनिषा हत्यामा आशिष नै संलग्न भएको भन्दै नवलपरासी प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आशिषविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरेको थियो । मनिषाको मृत्यु भएपछि पक्राउ परेका आशिषसँग २१ दिन लामो अनुसन्धान र घटनास्थलमा फेला परेका प्रमाणका आधारमा जिल्ला प्रहरी कार्यालयले आशिषले नै प्रेम सम्बन्धमा आएको गतिरोधका कारण मनिषाको हत्या गरेको निष्कर्ष निकालेको थियो। मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानी, कलरेकर्ड र मोबाइल म्यासेसमार्फत भएको कुराकानीलगायतका विषयमा अनुसन्धान गर्दा उनीहरुबीच प्रेम सम्बन्धको विषयलाई लिएर झगडा भएको प्रहरीले बताएको थियो । जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले गरेको फैसलामा आशिषमाथि लगाइएको हत्याको आरोप प्रमाणित हुन नसकेको र मनिषाको मृत्युको कारण झुण्डिएर नै भएको उल्लेख गरिएको छ । अदालतले पुर्पक्षका लागि कारागारमा रहेका आशिषलाई थुनामुक्त गर्न आदेश पनि दिएको जिल्ला अदालतका कर्मचारी काशीराम ज्ञवालीले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending