Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

किर्ते विवरण तयार पारी दुर्इवटा नागरिकता

\"\"काठमाडाै । एक व्यक्ती एक देशकाे दुर्इवटा नागरिक हुन सक्देन । त्याे कानुनले पनि दिदैन । तर दैलेखमा यस्तै भेटिएकाे छ । किर्ते विवरण तयार पारी दुर्इवटा नागरिकता लिएका एक व्यक्ति कानूनकै फन्दामा परेका छन् । दैलेखकाे दुल्लू नगरपालिका ८ का २६ वर्षीय जगतबहादुर कार्कीले किर्ते विवरण पेश गरी दोश्रो नागरिकता लिएको पाइएपछि उनी प्रहरी हिरासतमा परेका छन् । २०४८ माघ २५ गते जन्ममिति उल्लेख गरी २०६७ भदौ ५ गते प्राप्त गरेको नागरिकता भए पनि उनले गत भदौ २७ गते मदनबहादुर कार्कीकाे नाममा २०५४ भदौ २५ गते जन्म मिति खुलाएर किर्ते नागरिकता लिएको खुलेकाे हाे । अनुसन्धान गरी कारवाही चलाउन  जिप्रकाले प्रहरी हिरासतमा पठाएको छ । सेना, प्रहरीमा भर्ती हुन प्रयास गर्ने उद्देश्यले किर्ते विवरण पेश गरी उनले दोस्रो नागरिकता लिएको बयानमा कार्कीले बताएका छन् । दाेस्राे नागरिक्ता लिएका उनी असोजमा नेपाली सेनाको जवान पदको खुला प्रतिस्पर्धामा सहभागी भई मेडिकलमा फालिएका थिए । मतदाता परिचयपत्र पहिलाे नागरिकताबाट लिएका छन् । पछिल्लाे समय प्रधानन्यायाधिस गोपाल पराजुलीको नागरिकतामा जन्ममिति फरक परेको प्रकरणले व्यापक चर्चा पाएकाे बेला आफूले लिएको दोस्रो नागरिकताले पनि अप्ठ्यारो पर्न सक्ने भन्दै उनले दोस्रो नागरिकता रद्द गरिदिन जिल्ला प्रशासन कार्यालयमा आफैँले निवेदन दिए । किर्ते विवरण दिई दोस्रोे नागरिकता लिएको यहि निवेदनबाट खुलेको हो । गरिकता ऐन २०६३ अनुसार किर्ते विवरण खडा गरी नागरिकता लिएमा ६ महिनादेखि ३ वर्षसम्म कैद वा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । एेनमा किर्ते विवरण सिफारिस गर्ने र सनाखत बस्ने समेतलाई आधा सजाय हुने उल्लेख छ । किर्ते विवरणका आधारमा लिएको नागरिकता रद्द गरिदिन आफैँले लिखित निवेदन दिएकोले सुधारात्मक दण्ड गर्ने गरी कानुनी कारवाही अघि बढाउन लागिएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए । घटनाबारे प्रहरीले अनुसन्धान थालिसकेको र किर्ते विवरण बनाई दोस्रो नागरिकता लिएको विषयमा दैलेख जिल्ला अदालतमा मुद्दा लिने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालय दैलेखका सहायक न्यायधिवक्ता कौशल ढुंगानाले बताए । कुरा यही निर छ उनले किर्ते विवरण तयार पारी नागरिक्ता लिदा समेत त्याे नागरिक्ता दिने अधिकारी र कर्मचारीकाे पनि दाेषी छन् । नागरिक्ता दिदा किन जाँचवुझ गरिएन ? स्थानीयले गुनासाे गरेका छन् । उनिहरूले तीनथरी कारवाही हुनुपर्ने वताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending