Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

शेखरको देउवालार्इ प्रश्नः चितवनका जनतालार्इ के जवाफ दिने ? (मन्तव्यसहित)

\"\"काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको बैठक जारी छ । तीनै तहका निर्वाचनको चुनावी समीक्षा र अगामी दिनमा कांग्रेसले लिने रणनीतिका बारेमा शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठक अहिले पनि जारी छ । बैठकमा बोल्दै नेता शेखर कोइरालाले चितवनका जनताले गरेका प्रश्नको उत्तर के दिने भन्दै पार्टी सभापति देउवालाई सोधेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माअोवादीसँग तालमेल गरेको कांग्रेसले अहिले त्यहाँको जनताले सोधेको प्रश्नको जवाफ नभएको कोइरालाको भनाइ छ । मन्तव्यमा कोइरालाले भनेका छन्  \'सभापतिज्यू, यसभन्दा अगाडिका सभापतिहरु–सुशील कोईराला, गिरिजा प्रसाद कोईराला र किसुनजीले पनि प्रायः आफु निकटकालाई जिम्मेवारी र अवसर दिनुहुन्थ्यो । त्यसका लागि एउटा मापदण्ड थियो । त्यो के भने–कम्तीमा कांग्रेस हुनुपर्थ्यो । तर अहिले तपाँईको पालामा अवसर लिन काग्रेंस नभएपनि हुने रहेछ । केवल गूट र व्यक्ति निकट भए हुने रहेछ भन्ने कुरा दुरदराजका कार्यकर्ता माझ फैलिएको छ । यसमा के भन्नुहुन्छ ?\' कोईरालाले पार्टीको केन्द्रीय समिति बैठकमा दिएको मन्तब्यको अंश: श्रदेय सभापतिज्यू, पदाधिकारी एवं सदस्य साथीहरु । सर्बप्रथम, स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएर दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराईरहनूभएका केन्द्रीय सदस्य खूमबहादुर खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र उपचारका निम्ति उहाँलाई आर्थिक समस्या परेकाले सहयोगका निम्ति पार्टीको ध्यानाकर्षण गराउँदछू। पार्टी र लोकतन्त्रका निम्ति आफ्नो सम्पुर्ण जीवन बिताउँनु भएका खड्काको बारेमा पार्टी बेखबर हुनु दुर्भाग्य हो । संबिधानसभाबाट जारी गरिएको संबिधानलाई नै च्यालेन्ज गर्ने गरी यूरोपियन यूनियनले गम्भिर र आपत्तीजनक प्रतिवेदन सार्बजनिक गरेर नेपाललाई जातिय द्घन्दमा लैजान लागेको छ । यसले कतै नेपाल अन्तराष्ट्रिय शक्तीहरूको खेल मैदान त बन्दै छैन भनेर हामीलाई झस्काएको छ । १. प्रचण्ड प्रधानमन्त्री हुने बितिकै मैले सभापतिज्यूलाई भनेको थिएँ–पार्टी त कब्जा गर्नुभयो तर देश कम्युनिष्टले कब्जा गर्छ । हो आज हामी त्यही बिन्दुमा आईपुगेका छौं । २. पार्टी सभापतिज्यू सायद स्थानीय निर्वाचनपछि चितवन जानुभएको छैन होला । यदि गएको भएपनि कार्यकर्तालाई भेट्नुभएको छैन होला । महामन्त्रीजी धेरै पटक जानुभयो तर कार्याकर्तासँग राम्ररी संवाद भएको छैन होला । चितवनका कार्याकर्ताले हामीलाई सोध्न थालेका छन् –एकपटक हसिँया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा । अब आउँने निर्वाचनमा हामीले के मा भोट हाल्ने ? सभापतिजी हामीले कार्यकतालाई के जवाफ दिने ? ३. जुन पार्टीभित्र आज सम्म पनि कम्युनिष्टहरुसँगको सहकार्यको परिणामले देश र जनतालाई हित गर्यो कि गरेन भन्ने बहस छ । त्यही पार्टीको केन्द्रीय सभापतिले माओवादीको आमसभामा गएर हसिँया हथौडामा भोट माग्दा अन्य ठाउँमा माओवादीसँगै प्रतिस्पर्धा गरिरहेका काग्रेंसका उम्मेद्वारहरुको मनोबल कहाँ पुग्यो होला ? ४. नेपाली काग्रेंस, जुन पार्टीले सबै क्रान्तिहरुको नेतृत्व गर्यो, जसले सबै प्रकारका निरकुंशतालाई परास्त गर्यो, गणतन्त्र ल्यायो, संविधानसभाबाट संविधान जारी गर्यो, २० वर्षसम्म हुन नसकेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्यो तर पनि आज नेपाली काग्रेंस ईतिहाँसमै कमजोर भएको छ यसको कारण खोजिन जरुरी छ । ५. कम्युनिष्टहरुको प्रचण्ड बहुमतको नेतृत्व गरेका ओली सरकारका प्रारम्भिक क्रियाकलापहरुले नै मुलुकमा अधिनायकवाद निम्त्याउँने संकेत देखिइसकेको छ । यो सरकार राज्यसत्ता कब्जाको गर्ने तर्फ अगाडी बढ्दैछ । न्यायपरिषदको सचिवले प्रधानन्यायधिसलाई बर्खास्त गर्नू अधिनायकबादको प्रवेशको पहिलो खूड्किलो हो । ओली सरकारले अब बिस्तारै थाहा नपाउँने तरिकाले मिडिया सेन्सरसिप लगाउँछ । त्यसपछी सूरक्षा निकाय कब्जा गर्छ । काग्रेंसले अधिनायकवादका विरुद्ध लड्न नसक्ने होइन तर अहिलेको यस्तो काग्रेंसले अधिनायकवादका विरुद्ध लड्न सक्दैन । ६. केन्द्र र सातवटै प्रदेशमा कागेंसको न्युन उपस्थिति छ । अझ भन्नुपर्दा सबै ठाउँमा हामीले प्रतिपक्षको हैसियत पनि गुमाएका छौं । यस्तो अवस्थामा समानुपातिक र पपुलर भोटको आधारमा हामी हारेका छैनौं भन्नु लज्जास्पद हो । नेतृत्वले हार स्विकार गर्न सक्नुपर्छ । तब मात्र सुधार सम्भव छ । ७. सभापतिजीको व्यक्तिवादी चरित्र, सत्ता र शक्तिलाइ मात्रै सर्वेसर्वा मान्ने प्रवृति छ, जसका कारण उहाँ संगठनप्रति त्यति संवेदनशील देखिनुभएको छैन । ८. व्यक्ति हारेको हो, पार्टी हारेको होइन भनेर सभापतिजीले जुन अभिव्यक्ति दिनुभयो त्यो अत्यन्तै आपतिजनक छ । निर्वाचनमा हारका कारणहरुः १. नेकपा एमाले र माओवादीले एउटै घोषणापत्र र स्थिर सरकारको नारा लिएर गए । २. माओवादी हाम्रो सत्ता साझेदार थियो । गठबन्धन छाड्दै छ भन्ने कुराको अनुमान सभापतिजीलाई किन भएन ? तरपनि सभापतिजीले माओवादीप्रति किन पुरै भरोसा गर्नुभयो ? ३. जहाँसम्म लोकतान्त्रिक गठबन्धनको कुरा छ, किन र कसका लागि थियो लोकतान्त्रिक गठबन्धन ? अमुख व्यक्तिहरुलाई जिताउँन ? कि काग्रेंसी कार्याकर्ताहरुको आँखामा छारो हाल्ने काम त भएको होइन ? लोकतान्त्रिक गठबन्धन केवल मधेसी मोर्चाका लागी मात्रै थियो । निर्वाचन लगतै मधेसी मोर्चाकै २ जना व्यक्तिलाई किन प्रदेश प्रमुख बनाउन पर्यो ? नेपाली काग्रेंसमा मधेसी समुदायभित्र योग्य मान्छे थिएनन् ? मधेसी समुदायलाई पार्टीबाट किन टाढा पार्न खोजिदैंछ । मधेस काग्रेंसको उर्वर भूमि हो किन यसलाई कमजोर पारिदैंछ । ४. प्रहरी प्रमुखको नियुक्ति प्रकरण, महाअभियोग प्रकरण अनि राजदुत नियुक्तिमा आर्थिक चलखेल –पुष्टि भएरै होला सायद आशा लामाको नाम हटाइयो । यी विषयले निर्वाचनमा काग्रेंसलाई पराजयका लागि मद्दत गर्यो । ५. पछिल्ला निर्वाचनमा पार्टी परिचालन पटक्कै भएन । अर्कोतर्फ पार्टीका भातृ एवं शुभेच्छुक संस्थाहरुको कुनै भूमिका र अस्तित्व देखिएन । सबैभन्दा दुर्भाग्य हामीले मतदातालाई क्रियाशिल सदस्य बनाएका रहेछौं । ६. भागबन्डा र गुट उपगुटको आधारमा राम्रोलाई भन्दा हाम्रोलाई उम्मेद्वार बनाइयो । स्थानीय निर्वाचन र समानुपातिकमा उम्मेद्वार छनौट गर्दा आर्थिक चलखेल भयो भन्ने कुरा व्यापक रुपमा बाहिर आएको छ । जसका कारण पार्टीमा लामो समयसम्म काम गरेका इमान्दार र योग्य व्यक्तिहरुलाई पाखा लगाइयो । यसैको प्रतिफल स्वरुप पार्टीको जग भत्किन पुग्यो । प्रत्यक्ष तर्फ उम्मेद्वार छनौट गर्दा हामीबाट पनि गल्ती र कमीकमजोरी भएका छन् त्यसको जिम्मेवारी संसदीय बोर्डमा बस्ने सबैले लिनुपर्छ । ७. नाकाबन्दीलाई हामीले नाकाबन्दी भन्न सकेनौं । राष्ट्रियताको सवालमा हामीलाई भारत परस्त बनाइयो । जब कि हामी न भारतपरस्त हौ न चीन परस्त हौ, हामी नेपाल परस्त हौं । मेरो विषयमा कुरा गर्दा म आफ्नै कारणले हारेको हो । आफू हारेकोमा मलाई केही चिन्ता छैन । मेरो चिन्ता पार्टी हारेकोमा छ । मेरो चिन्ता निरुत्साहित कार्यकर्तालाई कसरी उत्साह भर्ने भन्नेमा छ ।म एक्लो प्रतिनिधिसभा सदस्य हुँ जो ६७५ मतले हारेको छु तर प्रदेशसभाका दुवै उम्मेद्वारहरुलाई क्रमश २२ सय र ३२ सय भन्दा बढी मतले जिताएको छु । अब के गर्ने ? १. क्षेत्र र जिल्लाले निर्वाचनको समिक्षा गर्दा विभेद र मनमुटाव हुनसक्छ । त्यसकारण १६५ क्षेत्रमै केन्द्रले प्रतिनिधि पठाएर सुक्ष्म ढंगले समिक्षा गरिनुपर्छ । २. पदाधिकारीहरु थपेर समस्या समाधान गर्ने सोच राखिएको छ भने त्यो कुनै हालतमा स्विकार गर्न सकिदैन । अनि टालटुले नितिले पनि समस्या समाधान हुदैंन । ३. २ महिनामा गर्ने काम २ वर्षसम्म पनि गर्न सक्नुभएको छैन, त्यसकारण अब पदाधिकारीको मनोनयन र विभाग गठनको कुनै अर्थ छैन् । अब यसलाई मानिदैंन । ४. यही केन्द्रीय कार्यसमितिको बैठकबाट बैशाख महिनाभित्र महासमितिको बैठकको मिति तोकियोस । ५. संघीय र प्रादेशिक संरचना अनुसार पार्टीको विधान व्यापक संशोधन गरिनुपर्छ । विधान संशोधनका लागि यही बैठकबाट समिति गठन गरियोस् । ६. र २०७५ चैत्र या २०७६ बैशाखभित्र पार्टीको १४औं महाधिवेशन गरिनुपर्छ । सभापतिज्यू, यसभन्दा अगाडिका सभापतिहरु–सुशील कोईराला, गिरिजा प्रसाद कोईराला र किसुनजीले पनि प्रायः आफु निकटकालाई जिम्मेवारी र अवसर दिनुहुन्थ्यो। त्यसका लागि एउटा मापदण्ड थियो। त्यो के भने– कम्तीमा कांग्रेस हुनुपर्थ्यो। तर अहिले तपाँईको पालामा अवसर लिन काग्रेंस नभएपनि हुने रहेछ। केवल गूट र व्यक्ति निकट भए हुने रहेछ भन्ने कुरा दुरदराजका कार्याकर्ता माझ फैलिएको छ। यसमा के भन्नुहुन्छ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending