Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

रोकिएन एअरपोर्टमा सेटिङ, भिजिट भिषामा यूएई आएका १० नेपाली अलपत्र

\"\"यूएई । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट सेटिङ मिलाइ भिजिट भिषामा युएई आएका १० जना नेपाली अलपत्र परेका छन । काठमाडौमा रहेको फोर स्टार ट्राभल्स एण्ड टुरिजम एल एल सि र रस्बिआ इन्टरनेनेसनल ट्राभल एण्ड टुर्स प्रालि बाट भिजिट भिषा लिएर रोजगारीका लागि युएईको राजधानी अबुधाबी आएका उनीहरु काम लगाउने एजेन्ट पैसा लिएर फरार भएपछी बिगत २ महिना देखि अलपत्र परेका हुन । जनही १ लाख ६० हजार नेपालमा र युएई आएपछी काम लगाउने चितवन घर भएका एजेन्ट सालिक बहादुर केसी लाई प्रतिब्यक्ति १ हजार अमेरिकि डलर बुझाएका उनिहरुलाइ नेपाल बाट चितवनका स्याम केसी र सल्यानका धनलाल खत्रीले एअरपोर्टको अध्यागमन बिभागमा सेटिङ मिलाइ पठाएको पीडितले बताएका छन । आफुलाइ एजेन्टले कामदार भिषामा जादा धेरै समय पर्खनु पर्न र भने जस्तो काम नहुने भन्दै भिजिट भिषामा जादा मासिक २५ सय दिराम तलब सुबिधा सहितको काम लगाउने प्रलोभन देखाएर ल्याएको पीडित मध्यका एक कंचनपुरका वीर बहादुर देउवाको भनाइ छ । यसरी अलपत्र पर्नहरुमा कंचनपुरका,बिर बहादुर देउवा जय बहादुर बोहरा ,बिरेन्द्र बोहरा,किसन गुरुङ डोटिका भिम बहादुर बोहरा ,सल्यानका कमल खत्री ,कृष्ण प्रसाद ओलि ,झमन सिह डागी लगायत रहेका छन भने दुई जनाको भिषा अबधी सकिएर अबैधानिक बनेको देउवाले जानकारी दिएका छन । सुरुमा ल्याउने बितिक्कै खान र बस्न दिएपनि युएई आएको १५ दिन पछी एजेन्ट सम्पर्क बिहिन बनेको र खान बस्न समेत समस्यामा परेपछि केहि दिन अघि मात्रै एजेन्ट्को खोजी गरि कारबाहीको माग सहित आफुहरुलाइ नेपाल फर्काउन अनुरोध गर्दै पीडितहरुले नेपाली दूतावासमा निवेदन समेत दिएका थिए । सेटिङ रोक्न सरकारले चासो नदिदा समस्या बढ्दोः नेपाली दूतावास युएई नेपाली दूतावास युएईले सरकारलाई बारम्बार अध्यागमन बाट हुने सेटिङ लाई रोक्न अनुरोध सहितको पत्र पठाउदा समेत ब्यवास्ता गरेकै कारण समस्या बढ्दै गएको बताएको छ । नेपालमा दलालहरुलाइ प्रशासन बाटै संरक्षण भए जस्तो देखिन्छ ,अध्यागमनमा एक दिन छड्के चेक गरेर समस्या समाधान हुदैन ।दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारले प्रसासन लाई चुस्त बनाउन आबस्यक छ यहाँ आएर रोइकराइ गर्दैमा दूतावास मात्रैले सबैलाई उद्दार गर्न सक्दैन दूतावासका श्रम कान्सुलर भेषराज कार्किको भनाइ छ । अलपत्र परेका पीडितको निवेदन पछी दूतावासले एजेन्टको खोजी गरिरहेको बताउदै एजेन्टलाइ दूतावासमा बोलाइ पीडित लाई स्वदेश फर्काउन पहल गरिने कार्कीले जानकारी दिएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending