Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

‘मन्त्री ज्यु, श्रीमान् भन्नलायक न्यायाधीश चाहियो’

\"\"नेपालगन्ज । कानुन तथा न्यायमन्त्री शेरबहादुर तामाङले न्यायपालिकालाई एनजीओ र बाह्य नियन्त्रणबाट मुक्त गरिने उद्घोष गरेका छन्। नेपाल बार एसोसिएसनको सम्मेलन समापनमा मन्त्री तामाङले यस्तो उद्घोष गरेका हुन्। न्यायपालिका आईएनजीओ र एनजीओको प्रभावमा परेको भन्दै जनगुनासा बढिरहेका बेला मन्त्री तामाङबाट यस्तो भनाइ आएको हो। उनले न्यायाधीशहरू विदेशी कार्यक्रममा जाँदा सरकारको अनुमति लिएर मात्र जानुपर्नेसमेत बताए। उनले न्यायपालिकालाई सक्षम र प्रभावकारी बानाउन पर्याप्त स्रोत साधन सरकारबाट उपलब्ध हुने बताए । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ– बाहिरबाट आएका कुरामा न्यायाधीश चल्ने अवस्था रहन नहुनेसमेत भनाइ राखे। ‘अब कोही न्यायाधीश पनि विदेश जाँदा राष्ट्रलाई जानकारी दिएर जानेछन्, एनजीओ र कसैको नियन्त्रणमा जाने छैनन्’, मन्त्री तामाङले भने, ‘उहाँहरूलाई स(सम्मान रूपमा दूत बनाएर राज्यले विदेशमा पठाउने नीति तय गर्छ, न्यायाधीशलाई चाहिने पर्याप्त स्रोतसाधन सरकारले उपलब्ध गराउन चाहन्छ। तर, बाहिरबाट आएका चिजबाट चल्नुपर्ने अवस्था रहनु हुँदैन।’ उनले न्यायपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताए।न्यायाधीश नियुक्तिमा आर्थिक चलखेल भएका गुनासा आएको बताउँदै तामाङले परिषद्का सदस्यले पनि पारदर्शी हुन सम्पत्ति सार्वजनिक गर्नुपर्ने भनाइ राखेका हुन्। ‘न्यायाधीश नियुक्तिमा आर्थिक चलखेल भयो भन्ने छ, तीन पुस्ताको सबै सम्पत्ति सार्वजनिक गर्न तयार छु’, उनले भने, ‘परिषद्मा रहेका प्रधानन्यायाधीशदेखि सबै सदस्यको सम्पत्ति सार्वजनिक हुन्छ, सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति गोप्य भन्ने हुँदैन, सार्वजनिक नै हुन्छ।’ उनले न्यायाधीश र परिषद् सदस्य मात्र नभई प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्मको सम्पत्ति बाहिर आउनुपर्ने पनि बताए। मन्त्री तामाङले सम्पत्ति सार्वजनिक र छानबिन हुने गरी कानुन बनाउने तयारी रहेको जानकारीसमेत दिए। उनले सिंगो बजेटभन्दा ठूलो भ्रष्टाचार भइरहेको समाचार आएको प्रसंग सुनाउँदै सरकार न्यायालयलगायत सबै निकायको पारदर्शीताको पक्षमा रहेको बताए। प्रधानन्यायाधीश र न्यायाधीशको उमेर विवाद सम्बन्धमा न्यायपरिषद्ले सबैको फाइल पल्टाएर जन्ममिति हेर्ने भनाइ राखे। ‘सबैको फाइल पल्टाएर हेरिनेछ, उमेर विवादमा अवकाश मिति कुन पहिले हो भनेर निर्णय गर्नेछौं’ उनले भने, ‘परिषद् यत्तिकै बस्दैन, उमेरको विवाद अब बाँकी राख्दैन।’ एक प्रसंगमा मन्त्री तामाङले न्यायाधीश हुन कतैबाट टीका लगाउन पाइन्छ कि भनेर कानुन व्यवयासी अलग–अलग धारमा विभाजित भएकोसमेत बताए। उनले जिल्ला न्यायाधीशको जाँचमा एक जना कानुन व्यवसायी पनि उत्तीर्ण हुन नसकेको भन्दै दुःखसमेत व्यक्त गरे। ‘कानुन व्यवसायी उत्तीर्ण हुन नसक्दा आवश्यक संख्याभन्दा कम न्यायाधीश नियुक्ति निर्णय गर्नुपर्ने अवस्था आयो, सबैतिर खुला प्रतिस्पर्धा भनिएको भए के अवस्था आउँथ्यो होला ? ’ उनले भने। सम्मेलनमा मन्त्रीले बोल्नुअगाडि वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, माधव बास्कोटा, विजयकान्त मैनाली, विजयप्रसाद मिश्र, यदुनाथ खनाललगायतले न्यायालयको पारदर्शीता र उत्तरदायित्वको विषयमा गम्भीर बन्न सम्मेलनको ध्यानाकर्षण गराएका थिए। पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले न्यायालयको भ्रष्टाचार राष्ट्रिय रूपमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय रूप लिएको बताए। ‘अहिले नेपालभित्र नभएर रकम विदेशमा बुझिन्छ भन्ने सुनिन्छ, तीन वर्षको बीचमा भ्रष्टाचार झन् अन्तर्राष्ट्रियकरण भयो’ उनले भने।अर्का वरिष्ठ अधिवक्ता बास्कोटाले ‘ श्रीमान्’ भन्नलायक न्यायाधीश दिन परिषद्सँग आग्रह गरे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending